पुनरागमन
-सुरेन्द्र कार्की
उफ !!बिहानै देखि पानी,
छि ! कस्तो दिक्क लाग्दो । मलाई यो पानी परेको उति निको लागेन । उसो त पानीमा भिजेर हिंड्न मेरो हार्मोनले मान्दैन ।
मैले सिल्भियालाई फोन गरेँ - सरि आज भेट हुदैन हाम्रो अरु कुनै दिन समय निकाल ।
हा हा हा हा ....
किन यस्तो अट्टाहस ?
ओ मुर्ख, आइ लाइक यू , तिमी मेरो ठिक बिपरीत छौ म यतिबेला पानीमा भिजी रा’की छु । मलाइ म भन्दा बिपरीत मान्छे भब्य मन पर्छ ।
उस्ले पानीमा भिजी रा’की छु भनि ऊ भिजी रा’को चित्र मैले दिमागमा कोरें मेरो मनमा एक प्रकारको करेन्ट प्रवाह भयो मन बेचैन भयो तर बाहिर पानी परेको छ ।
उताबाट- खुरुक्क आउ , सक्छौ निथ्रुक्क भिजेर
यताबाट- सरी सेक्सी लेडी, मलाई यो बिहान भिज्ने रहर छैन
उस्ले भनि- छि ! पानी मरुवा, ध्वाँको बादल ओढेर सुत
मैले भने - हैन सिरक ओढेर सुत्छु,
फेरी भनि- आज आएनौ भने तिमीले यो समयको मूल्य चुकाउनु पर्ने हुन्छ ।
मैले भन्नै नपाइ उस्ले फोन काटी म सिरक भित्र गुटुमुटु योगमा लागे ।
***
लगतार पन्ध्र दिन सम्म उ संग मेरो सम्पर्क हुन सकेन यानेकी लगतार १५ दिन सम्म मैले सम्पर्क गर्न खोजी रहें । अहो ! मलाइ यो के भइ रहेको हो किन यत्रो छटपटी म मा हुर्की रहेको छ । सायद उस्ले भनेको मूल्य म चुकाइ रहेको छु ।
शिल्भियासंग मेरो पहिलो भेट थिएटर मलको बाहिर भएको थियो । राइटर सौरभको आन्दोलन हेर्न जाँदा । म काठमाण्डु भर्खर ओर्लिएको थिएँ र राइटरले पुरानै काठमाण्डुको चित्र सफा नगरी मेरो दिमागमा सेट गरिदीएछन। म आफैंलाई लज्जा बोध भयो । म निर्धारित समय भन्दा केही पछि त्यहाँ पुगेको थिएँ तर थिएटर मल हाउस फुल ।
पुन : काठमाण्डु बाँच्ने मेरो रहर हैन। यो कथामा उभिन राइटरले मलाइ यहाँ झिकाए । जिन्दगी एउटा पात्रमा साटिए पछि र पात्र राइटरलाई मन परे पछि जहाँ सुकै जुन सुकै भुमिकामा उभिदीन आउनु पर्ने यो पात्रहरुको जिन्दगी हो ।
त्यस दिन त्यो हाउसफुल समयको भोक मेटाउन शिल्भिया पात्रलाई राइटरले त्यहाँ झिकाएको हुनु पर्छ । बहुत खुब इन्ट्रि थियो उनको । टाइट गेटअप सेक्सी लुक्स बायाँहातमा हेल्मेट दायाँहातमा सानो ब्याग । म गेट किप्परसंग केही सोध्न खोज्दै थिँए । किप्पर लक्का जवान । ला... शुरु भइ सक्यो किन त बाहिर तपाइहरु -शिल्भिया
म - हाउस फुल
किप्पर - भित्र जान मिल्दैन
शिल्भिया - मिलाउन
किप्पर - कसरी मिल्छ ?
म ट्वाँ परें के उत्पात्की केटी च्याप्पै किप्परलाई समातेर किस हान्दी - लु यसरी मिल्छ खोल ढोका
किप्पर हेरेको हेरै म हेरेको हेरै । ओ योंग् मेन भूलोकमा ओर्ल, सपना नदेख
म अर्को चकित ! किप्पर त गेट किप्पर हैन रहेछ हामी जस्तै पात्र हाउस फुलको शिकार
किसरकेटी - क्या ल्याङ गरिस ब्रो मेरो किस बालुवामा पोखियो । केटो चकित हुँदै हिंड्यो ।
थिएटरमलको बाहीर बाट भूकम्पले शिकार गरेको धरहराको अस्थिपन्जर रोइ रहेको थियो । ध्वाँ धुलोको अन्तिम किनारमा स्वयम्भू धमिलो देखिन्थ्यो । मेरा आँखा बाहिर घुमिरहेका, ध्यान किसर केटी तिर केन्द्रीकृत हुदै गइ रहेको । काठमाण्डु यति मोर्डन भइ सकेछ उ बेला मेरो एक किसले बरी .. ! उफ ! पुरै पुरना कुरा इन्स्टल भयो । उस्को त्यही शब्द सापटी लिएर म भनि रहेछु कस्तो उत्पातकी मात्तिएकी केटी ।
किसरले शिर पुच्छार सर्रै हेरी - अरे ओल्ड ब्रो कहिलेकहिं त्यस्तै हुन्छ फोगट्मा किन तिमी त्यो किसमा झुण्डिएर आत्महत्या गर्न खोजी रा’का छौ ।
म -एक्सक्युज्मी !
उ- ह्वाट ? म मान्छे हेरेर उस्को नेचर पढिदीन्छु
म- सरी, तिम्रो भ्रम हो त्यो म यति बेला तिम्रो किसमा हैन मेरै किसको इतिहास पल्टाइ रहेको छु ।
मान्छे अरु पनि आए र गए । हामी दस मिनट त्यहा बस्यौ साइक्राइस्टले भित्र फोन गरी सायद उस्को केही परिचीत हुनु पर्छ । ओए हामी दुइजना छौ यसो मिला त लु
मैले हामी दुइ भन्दा अरु त्यहाँ देखिन उस्को दुइ जना म भन्दा अरु को हुन सक्छ ? म सोच्दै थिएँ , साँच्चै उ मन पढ्दी रछे , अरे यार तिमी र म दुइ जना अरु खोज्न आँखा नपठाउ । ओएले उताबाट भनेको हुनु पर्छ - के भन्छे यो ? हैन यहाँ भनेको छिटो मिला न उस्ले फोन राखी ।
म भित्र जाँदिन एक्कासी यो शब्द कहाँबाट चुहि हाल्यो र भनें कसैलाई पर्खी बस्छु ।
किन ?
शुरु भइ सकेको नाटक अँ हँ हेर्दीन ।
कहिले हेर्छौ त ?
नाटकका पोस्टर भित्ता भरि टाँसिएका थिए म तिनै पोस्टरहरु हेर्दै अब यो नाटकै हेर्दिन,
किन ?
आज शुरुबाट हेर्न पाएको भए यस्को अन्तय सम्म हेर्न मजा आउथ्यो यो खोसेला नंग्याइ सकेको मकै पोलेर खान के को स्वाद ।
उस्ले मुन्टो हल्लाइ र भनि को साथी ?
होलान कोहि न कोही भेटिएलान एक न एक यि तिमी जस्तै ।
हा हा हा क्या फन्नि म्यान ।
ओएको फोन आयो - छिटो आइज उस्ले मलाइ हेरेर आँखीभौँ उचाली मैले मुण्टो हल्लाएँ उ गइ म त्यही रहें । मैले केही सोच्न सकि रहेको थिइँन यो केटीको बारेमा । यस्को इतिहासको चित्र दिमागमा क्रेट नगर्दै उ दुइ मिनटमा फुत्त बाहीर आइ । मैले केही सोच्नै नभ्याइ उस्ले च्याप्प मेरो हात समाती र जौँ हिड भनेर मलाइ लगी । ग्राउण्ड फ्लोरमा पुगेर म तिर हेर्दै बाइक छ ? मैले मुन्टो हल्लाएँ उस्ले पनि ओठ ट्याप्प कसेर बुझेको भावमा मुन्टो हल्लाइ ।
हामी कहाँ जाँदै छौ के गर्न जाँदै छौ के का लागी जादै छौ र किन जाँदै छौ केही थाहा छैन तर जादैँ छौ । अझ भनौ उस्ले मलाई लाँदै छे स्कुटिको पछाडी बसाएर ।
काठमाण्डौ मल बाट निस्किदा मैले भन म बसमा जान्छु उस्ले शिर पुच्छार हेरी र पुन: नजर पज गरेर मेरो जाँघमा लगेर रोपी म झस्किए उस्ले थाहा पाइ । उस्ले आफ्नो तल्लो ओठ माथ्लो ओठको मुनी हुली र स्कुटीबाटै चारै तिर नियाली ।
तिमी साथी पर्खिन्छु भन्थ्यौ हैन,
हो
अनि किन आयौ तल ,
तिमीले लिएर किन आयौ ?
उसो भए बस पछाडी
म अल्मलिएँ
अरे यार तिमी ब्रम्हाको लास्ट नमुना पिस रहेछौ मेरो हात समातेर पछाडी बस्न लगाइ ।
मैले मनमनै भनेँ म ब्रम्हाको हैन राइटरको पिस हुँ ।
यतिन्जेल हाम्रो परिचय भएको छैन म बेनाम केटीको पछाडी बसेर हिँडी रहेको छु । उ बेनाम पुरुष बोकेर कुदाइ रहेकी छे । चिन्नु जान्नु केही छैन सोध्न पनि के सोध्नु ? सोधे पनि सिदा जवाफ दिनुको साटो उस्को बेग्लै एक्टिभीटिको सामना भेग्नु पर्ने म चुपै रहेँ ।
कस्तो उत्पातकी केटी ! नमुना म हैन उस्को ब्रम्हा हो अर्थात ऊ हो । हुन त म आफ्नै लागी पनि सोझो सत्य र अशल छैन । मैले मेरो बारेमा भनि रहनु केही जरुरी छैन म कति के छु त्यो तपाइहरुले थाहा पाइ हाल्नु हुने छ ।
कति बेसोमती सिधैं तिमी भनि कम्तिमा उमेरको हेक्का राखेर त बोल्नु पर्छ म भन्दा झण्डै बिस बर्ष कान्छी केटीले नानाभाती सम्बोधन गर्दै तिमी भन्छे । तपाइँलाई यादै होला मलाई केटीको उमेर पत्ता लगाउन कुनै नौलो कुरो हैन । तर जे होस यो केटीमा अपनत्व भने डेन्जर झल्किन्छ । हाउभाउ र रुखो सम्बोधनमा बेग्लै मिठासको गन्ध महकाइ रहेको छ ।
साँच्चै उत्पातकै केटी हो, चिन्नु न जान्नुको मान्छेलाई सिदै समाएर किस गर्छे चिन्नु न जान्नुको मान्छेलाई पछाडी राखेर कुदी रहेकी छे । ऊ आन्दोलन हेर्न आएकी म आन्दोलन हेर्न आएको । आन्दोलन हेर्न पाएको भए यो केटीसंग भेट हुनेनै थिएन । आन्दोलन हेर्न पाएको भए हेरी सकेर हामी आ-आफ्नो गन्तब्य तिर हुने थियौ। तर त्यसो भएन र योजनाहरु निष्क्रिय भए । अहिले सोच्दै नसोचेको कुरा यो सेक्सी हट केटी संग पछी बसेर कुदि रहेको छु । कहाँ कुदेको छु किन कुदेको छु केटी नै जानोस ।
यो हटकेकका पनि त योजना हुँदा हुन योजना भन्दा बाहिर कसरी बाँची रहेकी छे म अचम्मको फर्सी दिमागमा उसिनी रहेको छु । एउटा उन्मुक्त सिपाहीको जस्तो यो केटीको स्वभाव किन छ ? अहिले नेपाली नारीको विकास यति तिब्र भइ सक्यो ? राइटर क्या हरामी यो वर्तमान परिस्थिती मेरो भेजामा डाउनलोडै नगरी मिस हटको सामुन्ने राखिदीयो । उस्ले मुन्टो पछाडी मर्कार भनि ओ नमुना मनमा धेरै कुरा नखेलाउ मन बिग्रेर गनहाउछ ।
उस्ले मेन रोडबाट स्वाट्ट स्कुटी भित्र छिराई । म झरें उ पार्किंग तिर गई । ओरपरी घुमेर हेरे अहिले हामी ब्लुबर्ड मलमा आइ पुगेछौ । एउटा मल बाट अर्को मलमा । उसै गरि हातमा हेल्मेट बोकेर आइ र हिंड जौ भनि । म उसैका पछी लागे । हिमालयन जाभा भित्र पसी म पनि । टेबल सफा चट बेग्लै मदहोसी टाइपको वातबरण । शान्दार लाग्यो उस्ले दुइ कप कफि मगाइ म कफि खान्न भने । उस्ले आँखा ठुला पारी र भनि ह्वाट ? कहिल्यै नखाने ? त्यस्तो त हैन, त्यसो भए अहिले खाउ । खाँदिन
के को भाउ खान्छौ हौ खाउ न खाउ यदि कफि खाएर मरेछौ भने म मलामी जाउला
मैले उ तिर हेरें बल्ल खिस्स हाँसी जोक गरेको क्या फन्नि मेन । कातील हाँसो हाँसोले भित्र कतै आनन्दको सारंगी रेट्यो ।
म कफि खान्न भन्दै थिएँ तर यस्तो सुन्दर कफि मैले जीवनमा देखेकै थिएन । तरल पदार्थलाई पनि सजाउन मिल्ने रहेछ क्या खुब त्यस माथी यति बिघ्न सुन्दरीले पिउन फोर्स गरिरहेकी छ । एउटा सर्तमा मैले कफि पिउने भएँ उस्ले सहजै स्विकार गरी । कफिको स्वाद यति तितो पहिलो पल्ट थाहा पाएँ त्यसो त पहिलो पल्ट यस्ती केटीको फेला परि रहेको छु ।
उ कफिकी अम्ली नै रहिछे बडो मस्तिले सुरुप्प पारी । आफ्ना सेता खिरीला दुई औँलाले चुरोट समाती र मुख भरी ध्वाँ भरेर बडो स्टाइलले ध्वाँको सिक्री बनाउदै हावामा छोडीदी । एउटी सुन्दर केटी र ध्वाँको सिक्री । उत्पाते केटी चुरोट पनि खाँदी रछे कस्तो पुरै बरीको झल्को दिलाई यो मोरीले कि मान्छे नै उहि हो ! तर अं हँ यो सिदै किस गर्न झम्टिन्छे उ यस्ति छदैं थिइन ।
उ ढंगले फिलमा चुरट र कफि पिउदै थिइ । म अलमल्लको भुमरी तापेर बसेको छु कम्तिमा परिचय त गर्नु पर्छ । उसैले जोड गरेर ल्याइ मलाई, उसैको पछि आएको हुँ म अब उसैले शुरु गर्नु पर्दैन ? म आफु गरौँ भने प्याच्चै केही भन्ली भन्ने डर । मलाइ यो कुराको राम्रै अनुभव छ म चुपै बसें ।
उस्ले एउटा चुरोट नसकिदै अर्को सल्काइ मैले उसकै बट्टा बाट एउटा चुरोट निकालेर सल्काए । उस्ले मलाइ हेरी अँ तिमी कस्लाई पर्खि बसेका थियौ ए पहिला सुन ! मलाइ यो औपचारिकता उच्च आधार मन पर्दैन नाटक जस्तो लाग्छ त्यसैले सिधै बोल्छु बिना सम्बोधन । तिमी रिसाए रिसाउ तर म तपाइ हजुर सके सम्म कसैलाई भन्दिन । अँ भन ? को थियो भित्र ?
यो पछिल्लो पटक सहर प्रबेश पश्चात यति धेरै सम्पर्क भएको पहिलो ब्यक्ति तिमी हौ । मेरो अहिले सहरमा कोहि साथी छैन र त्यहा पनि कोही थिएन । बस म जस्तैको खोजीमा थिए कोही भेटिन पनि सक्थे तर तिमीले मलाई भेट्यौ ।
म किन नाटक नहेरी निस्के अनुमान गर्छौ ?
यो बिषयमा म कम्जोर छु तिमी आफैं भन,
पहिलो कुरा बिना साथी तिमी साथी पर्खीरहेका थियौ दोस्रो कुरा शुरु भइ सकेको नाटक नहेर्ने तिम्रो बानी र तेस्रो कुरा तिमी बिना सिफारिस नाटक हेर्न आएका थियौ । यो सहरमा अर्थात यो जमनामा बिना सिफारीस यसरी नाटक हेर्न हिड्नु या कुनै प्रोगाममा जानु कस्तो इन्ट्रेस्टिंग् कुरा । यहाँ हरेक काम सिफारिसमा हुन्छ र म पनि सिफारिसमै आएकी थिएँ । त्यस माथी म जस्तो हट केटीले संगै भित्र जाँउ भन्दा पनि गएनौ । करिब दुइ मिनट नाटक हेरी रहँदा मलाइ नाटक र नाटकमा आउने पात्र भन्दा तिम्रो इन्ट्रेस्टिङ क्यारेक्टरले खिचेर तिमी तिर तान्यो ।
म न्यालीरहेछु तिम्रो मनमा केही न केही उकुस मुकुस छ र मेरो यो अशिष्ट धृष्टताले तिमीलाई खल्बल्याइ रहेको छ । हँ ! तिमीलाई कसरी थाहा भयो कि म खल्बलिएको छु ?
तिम्रो डुबाइले भनि रहेछ तिमी मलाई कोही संग कम्प्यारिजन गर्दै छौ र तिम्रो नजर छट्पटी रहेका छन मेरो ब्रेस्टको आक्रमणले । यदि म राइट छु भने तिमी मलाई जान्न चाही रहेका छौ हैन हैन म राइट नै छु तिमी परिचय गर्न आतुर देखिन्छौ ठिक छ गेस गर मेरो बारेमा कति कुरा मिलाउछौ तिमी र म पनि ।
आज यस्लाई गेम ठान जस्ले जित्यो उस्कै मर्जी ।
मर्जी ?
हो मर्जी ।
हैन हैन यस्तो आत्मघाती प्रस्ताव अगाडी नराख म मा हिम्मत पलाउँछ कि यो खेल हारिदीउँ ।
चाख्लाग्दो मान्छे ! एउटी जवान केटीका सामू प्राय सबै लोग्ने मानीसको धारणा उस्तै उस्तै हुन्छ र यस बाट तिमी चै कसरी टाढा रहन सक्छौ ? ए हिंस्रक मान्छे म मा दया देखाउन नखोज यस्ता पुरुष मलाइ मन पर्दैन ।
सुन, तिमी हक्की स्वभावकी लागी रहेकी छेउ आफ्नो मर्जीको मालीक आफैं मलाइ तिमी संग गफि रहन रमाइलो लाग्दै गइ रहेको छ । तिमी यही सहरकी बासीन्दा हौ र एक अबिबाहीत सेक्सी स्वास्नी मानीस । तिमी अरु जो हौ त्यो मेरो चासोको बिषय हैन तर तिम्रो बारेमा केही जानौ भन्ने उत्सुकुता पलाइ रहेको छ र तिमी एक नेवार समुदायकी सदस्य झल्की रहेकी छ्यौ ।
उस्ले बिल तिरी मैले अर्को चुरोट सल्काएँ र हामी तल झर्यौँ । उस्ले मेरो शर्त मुताबिक जाने ठाउँ सोधी मैले वानेश्वर आसपास जहाँ गए पनि हुने कुरा राखे । यो स्वास्नी मानीसले एक अपरिचीत अधबैंशे पुरुषलाई आफ्नो स्कुटीमा बोकेर कुनै भट्टी पसल पुर्याउने छे र मेरो बारेमा मन लाग्दी बोल्ने छे ।
प्रसुती हस्पिटलको बाटो हुँदै उस्ले बबरमहल निकाली । आक्कल झुक्कल उस्को शरिर र मेरो शरिर बिचबाट हावा बाइपास हुने बाटो रोकिन्छ । शरीरमा एक प्रकारको तरंग फैलावट हुन्छ म बुझ्दीन किन ऊ बिना प्रसंग ब्रेक दबाइ रहन्छे म फाइदा उठाउन सकि रहेको छैन ।
अहिले यो शिरिष फुल्ने याम हैन शिरिषका निला फूलहरु छैनन उसोत शिरिषका रुखहरुनै बचेका छन र कहाँ ? त्यसैले निलो आकाश छैन सफा सडक छैन सफा हावापानी छैन बाक्लो सवारी चाप छ सबैका चेहरामा माक्स छ यो सहर एउटा अशिष्ट जिन्दगी जस्तो यो सहर एउटा बिग्रीदै गएको फर्सी जस्तो ।
बुद्धनगरमा उस्ले स्कुटी साइड लगाइ र फोन उठाइ । सम्भवत: त्यो फोन ओएको हुनु पर्छ । भो नकरा बिचबाट हेर्न मजा आएन र निस्कीएँ अँ सुन स्कुटी पानीट्यांकी अगाडी हुन्छ लैजा है । उताको संवाद सुन्न सकिएन उस्ले फोन राखी ।
महोदय जाबो स्कुटीमा पनि अलग्गै बस्न मिल्दो रहेछ है ? अलि अगाडी सरेर पनि तिमी शान्त बस्न सक्छौ बुझ्यौ नी ? ओहो चलाउन अफ्ट्यारो भएछ म उस्को कुममा हात राखेर अगाडी सरे । कुमबाट हात निकाली हाल्न पनि मन भएन राखी राख्न पनि अफ्टारो । कस्तो महकता मिसीएको यो स्वास्नी मानिसको शरिरमा म हात मन नलागी नलागी निकाल्छु ।
एउटी सुन्दर महिला साथैमा हुँदा जे जस्तो सोंच र भावना पुरुषमा आउनु पर्ने थियो त्यो सबै ममा स्व: स्फुर्त आइ रहेछ । यो केटीको यस प्रकारको सामिप्यताले म खनिओप्पालाई सम्झिन्छु । ऊ मेरा निम्ती आफुलाई सुम्पिन्थी । म हेड हन्टरकी छोरी र भैँसी गोठाल्नीलाई पनि सम्झिन्छु । त्यो कत्रो भोक थियो शरिरको जबर्जस्ती गरि गरि परिपुर्ती गर्नु पर्ने । यो केटी यती नजिक हुँदा पनि छुनलाई मनमा बिभिन्न धारणाहरुको ठेलाम्ठेल हुन्छ । निकै अफ्टायारो मुल्यवान मृत्यु बरण गरि बरिले र मलाइ निस्सार अँध्यारो छोडेर गइ । म यो केटीमा मुजुरा पनि देख्छु प्रेम बिहीन स्वास्नी भित्तामा टाँगिएकी । अब यो स्वास्नी मानिसको अर्को रुप कस्तो हुनेछ मनमा प्रश्नवाचक चिन्ह उभिएको छ ।
वानेश्वर नबिल बैंकको आँगनमा पुगेर स्कुटर रोकियो उस्ले यहाँ चै हेल्मेट सिट खोलेर डिक्कीमा हाली र पानी पुरी भैयालाई चाबी दिदै भनि भैया स्मिता आउँछे है मेरो नामको एक प्लेट देउ त्यसलाई । उ निकै ब्यस्त थियो मान्छेको बाक्लो भिँडले उस्लाई पुरि रहेका थिए र पनि उस्को आवाज भिँड छिचोल्दै बाहिर निस्कीयो हवस । हामी त्याँह बाट चोक तिर फर्क्यौ उस्ले उस्को ठेगना बताइ स्मिताकै घरमा रुम छ यस्को तर मैले सोधिन स्मिताको घर चाहीँ कहाँ छ । उस्ले बताकि नै कहाँ छ र आफु कहाँ बस्छे ।
सहर आजको दिन निलेर अध्याँरो भित्र्याउने तरखरमा छ निष्क्रिय ल्यम्पोष्टहरुको सजिबता झल्किन शुरु गरि सकेको छ । सहर भरि सडक भरि जताततै मेलाम्चीको डोब गनाइ रहेको छ । गाडीहरु प्यासेन्जर भन्दा ज्यादा धुलो र ध्वाँ बोकेर गुडि रहेका छन । यो काकाकूल सहर मुर्दा मेलाम्चीको कात्रो ओढेर धुलो र ध्वाँको चिहानमा पल्टि रहेको छ भेइकलहरु निरन्तर शंख फुकि रहेका छन भेइकलहरु निरन्तर मलामी बगि रहेका छन र कति बिघ्न मान्छे सल्बलाई रहेका हुन यो बानेश्वरमा ? यो काकाकूल सहरको सन्ध्याकालिन समयमा धिप्धिपे ल्याम्पोष्ट, मेलाम्चीको गन्ध, ठेलाम्ठेल गाडी, धुलो र ध्वाँ अनि संग संगै सल्बलाई रहेका मानिसहरु ।
मध्य सडकमा उस्ले चुरोटको प्याकेट निकाली बट्टा म तिर फर्काइ एक खिल्ली मैले निकाले लाइटर म संगै थियो लाइटर उ संगै थियो । धुवाँको साम्राज्यमा फेरि अरु धुवाँ । कति बेप्रबहा हो यो केटी चुरोट बुगं बुंग् तान्दै हिंडीरहेकी छे मान्छेहरु एक तमासले उस्लाई हेरिरहेका छन उस्लाई कसैको प्रबाह छैन हामी शंखमुलको ओरालोमा छौ । उ यो सहरको दुर्गन्धित ब्यबस्थाको बयानमा छे । आज भोली प्राय सबै मान्छे यहि खेतीमा छन ।
छिनेको कम्मर कस्सिएको खिरीलो शरिर पोइन्टेड हिप अलि अस्वभाविक उठेका आक्रशक छाती र झण्डै साँढे पाँच फिट हाइटकी यो स्वास्नी मानिसलाई हेरेर थुक ननिल्ने लोग्नेमानिस सडकमा कोहि देखिन । ऊ भनि रहेकी छे य सहरका नजरले दिनदिनै दिनरातै बिहान देखी साँझ सम्म साँझ देखी बिहान सम्म जहाँ जहाँ म पुग्छु त्यही त्यही बल्तकार गरि रहन्छ । यो बल्तकारी सहर र यि बलत्कारी नजरहरु ।
म भन्छु यो सहर बलत्कारी हुन यि नजरहरु बलत्कारी हुन तिमी छौ नै त्यस्ती खतरनाक जो कोहि पनि मोहित भइ जाने । यस्मा मेरो के दोष त ? दोष हैन उपहार हो उपहार भन तिमी जस्तै हुने रहर कतिको हुँदो हो तिमी भने दोष खोजी बसेकी छौ ? देख्नु र भोग्नु नितान्त फरक कुरा हो मिस्टर ओल्ड मेन । उस्ले फेरी मेरो चेतनामा हिर्काइ बुढो भनेर । उस्ले बलत्कारी सहर भनि मैले हेड हनिटरकी छोरी र भैंसी गोठाल्नी देखे । उसो त मार्टिन्चीलाई पनि मैले बलत्कारै गरेको हो एक सौहार्द बलत्कार । र यो सुन्दर केटी बल्त्कारी सहर र बलत्कारी नजरहरु त्यस माथी मिसिएको छ यो बुढो मान्छे अर्थात ओल्ड मेन र पुन: बलत्कारी नजर ।
यो सन्ध्याकालीन समयले हामीलाई शंखमुलको पुल क्रस गराएर एउटा नेवारी खाजाघर भित्र प्रबेश गरायो । छरपस्ट पोखिएको थियो काँचो गन्ध खाजा घरमा जस्तो खिचापोखरी तिर कसाइखाना गनाउँछ । उस्ले सरासर भित्र सिंगल टेबल भएको क्याबिनमा लगि भित्र अलि तन्किएको ठाँउ थियो झन्डै त्यहाँ टेबल र चार कुर्सी आँटेका छ सातवटा क्याबिन थिए । मलाइ लाग्यो यो केटीको अड्डा हो यो तर शर्त त मेरो थियो । साउण्ड सिस्टमको काम चलाउ ब्यबस्था गरिएको त्यस भट्टि पसलमा पुराना हिन्दी गजल छाइ रहेको थियो ।
काम गर्ने एउटा कुमार ठिटो हाम्रो टेबलमा झुल्कियो उस्ले म तिर इसरा गरि मैले उतै इसरा मोडिदीएँ । उस्ले चारशिल सेकुवा दुइ प्लेट साँधेको भटमास र फ्रुट सलाद भनि । ठिट्टोले ड्रिंक्स भन्यो उस्ले म तिर हेरेर कुन भनि मैले प्योर लोकल छ ? भनें, ठिट्टोलाई उस्ले छ नभन्दै ऊ बोली साला सिपाहीहरु गुन्द्रुकको झोलमा जात फाल्छन । उस्ले ओल्ड दरबार हाफ मगाइ ।
कत्रो हिम्मत यो केटीको ? मेरो आत्मा सम्मानको पिरामीड गर्ल्याम् गुर्लुम्म भत्काइदी एकै झड्कामा । उस्लाई औपचारिकता मन पर्दैन भन्दैमा यति बिघ्न निकृस्ट हुन पनि के एक स्वास्नी मानिसलाई शोभा दिन्छ ? ऊ लामो जुग देखि घनिष्ठहरु संगको उठबस जस्तो गरि रहेकी छ म संग । मेरो मन यति बाक्लो सानिध्य पचाउन आनाकानी गरिरहेको छ । म संग म भित्रको पुरुषत्व क्वाँ क्वाँ रोइ रहेको छ । हाय ! यो के लिला हो म बुझी रहेको छैन एक मोर्डन युवती, असौदो भाषा शैली हार्ड ड्रिंक्स र साथमा एक अपरिचीत लोग्ने मानिस । आज किन हो बेला बेला यो समयलाई म बिस्वासै गरिरहेको छैन ।
उस्ले म तिर चुरोटको बट्टा लम्क्याई मैले एक खिल्ली निकालें । गुलाबी ओठबाट ध्वाँ उसै गरि सिलिंग् तिर धकेली ध्वाँ ब्रेक डान्स गरेझैं मर्किदै मर्किदै उकालो बग्यो। यति बाक्लो चुरोट खानु उति लाभदायिक त छैन हैन ?
के म एक छोरी मान्छे भनेर तिम्रो दिमागमा यस्तो चेतना जागृत भएको हो ? यदि हो भने भन ए पुरुष महिला जातीले चुरोट खान हुदैन भनेर कुन शास्त्रमा लेखिएको छ ?
हैन हैन यति गहिराइमा जानु पर्दैन मात्रै मेरो संकेत हो कि तिमीले चुरोटखाइ रहेको त्यती सुहाइ रहेको छैन ।
हाहाहाहा
एउटा लामो अट्टाहास पोखियो हामी पर्दा भित्र छौ बाहिरको गाइँगुइँ गाइँगुइँ एक छिन बन्द भयो ।
ऊ-तिम्रो र मेरो भेट भएको दुइ घण्टा बित्न पाएको छैन तिमी अहिलेनै मलाई आफ्नो प्रभुत्वमा पार्न खोजी रहेका छौ ।
म-यस्लाई हक जमाउनुनै भनिन्छ त ?
ऊ - अब्यस्ली, हेर यो पुरुष प्रधान समाजमा पुरुषहरु हाबी हुने प्रबृती जताततै छ । तिमी मलाइ मेरो हेल्थ या संस्कार तेर्स्याएर चुरोट नखानलाई सुझाइ रहेका छौ यो पुरुष प्रबृति हाबी हैन त ? अरे यार ! हेल्थ त तिम्रो पनि छ नी तिमी पनि नखान सक्छौ हैन ?
म- (भनि जान मन भयो जो नभने पनि हुने कुरा हो )ठिकै छ यो प्रबृतीको खोल ओढेर तिमीलाई नखाउ भन्दा तिमी के गर्छौ ?
ऊ- (खिस्स हाँस्दै )शानले यो बट्टा यही सकिदीन्छु ।
-फेरी मेरो चेतना घाइते भयो फेरी मेरो पुरानो याद ताजा भयो । ऊ भन्थी शानले दस वटा चुरोट खाइदिन्छु । यो केटी मलाई बिलकुल उही जस्तो लागी रहेकी छे । यस्मा म उस्लाई किन खोजी रहेछु?
उस्को अर्डर बमोजीम अहिले टेबलमा हरियाली छाएको छ । पहिले पुन चुरोट सल्काइ र आफ्नो लागी एक पेग बनाइ मैले गिलास भरि लोकल सारें साँधेको भटमास एक चम्ची चपाउदै भनि वाह ! भने जस्तै पिरो भएछ । गिलास उठाएर चेस भनि मैले पुरै गिलास स्वाँट्ट पारें उस्ले एक चुस्की मात्रै लिइ ।
तिमी एक भुपु सिपाही ।
कसरी थाहा भयो तिमीलाई ?
सिपाहीहरु लाउन र खानमा शौखिन हुन्छन त्यो तिमीमा देखिन्छ । कठोर नियमको पालनाले सिपाहीहरु पत्थर जस्ता हुन्छन, महिला प्रतिको हेराइ अरु मान्छेको भन्दा अलि फरक हुन्छ सायद लामो समय महिलाबाट टाढीनुको कारण पनि हो त्यो अर्थात शिकारी हेराइ ।
यो लेडी के के भन्छे भन्छे । म बुढो मान्छे भुपु सिपाही शिकारी हेराइ र लाउन खानको शौखिन वाह ! तर कसरी मलाइ पढी रहेकी छे ऊ ? म चकित छु ।
तिमी पुर्बी पहाड तिरको बुढो हुदैं गएको एक भूपु सिपाही तर किन बिहे गरेनौ ?
मैले बिहे गरेको छैन भनेर कहाँ लेखिएको छ ?
तिम्रो स्वभाव र आचरणमा’ बरु केही केटी संग राम्रै उठबस गर्यौ तिमीले र त यती खुशी छौ फकिर जस्तो आफ्नै मनको मालीक छौ ।
किन बिहे गरेका मान्छे खुशी रहदैनन र ?
खुशी त्यो पनि बिहे गरेका मान्छे यो पुरै असम्भव कुरा हो ।
कसरी तर धेरै हाँसी खुशी परिवार देखेको छु मैले ।
त्यो भ्रम हो समाजका लागी देखाइने एक नाटक ।
म - त्यसो त जिन्दगी एक भ्रम हो हैन र ?
ऊ - कसरी ? जिन्दगी एक वास्तविकता हो । जिन्दगी चलाउन सजिलो होस भनेर जति पनि मुल्य मान्यता र नियमहरुको चांग् लगाइएको छ र जुन बिस्वास को नाम रटेर हामी जिन्दगी तिर ढल्किएका छौ त्यो भ्रम हो । जिन्दगी खुद भ्रम हैन । हामी भ्रममा चाँही बाँची रहेका हुन्छौ । र जुन परिवार खुशी देखेका थियौ र त्यसलाई तिमीले बिहेको खुशी भनेर चिन्यौ भने त्यो चाँही सरासर गलत र खतारनक भ्रम हो । यो भ्रमले त तिमीलाई बिबाह तिर अग्रसर गराउँछ ।
भूपु सिपाही - अनि के बिबाहनै नगरि बस्नु ? के यो सम्भव छ ?
स्मोकर - (चुरोट सल्काउदै) मैले त्यसो भनेकी कहाँ छु र मेरो मनशाय त खुशीको भ्रम बाट बाहिर निस्क भन्ने पो हो त । तर सम्भवको नै कुरा गर्छौ भने त असम्भव केही छैन । यो सामाजीक सु ब्यबस्थाको हाउगुजी देखाएर ज जस्ले जुन जुन अबस्थामा जे जे मुल्य मानयताहरु स्थापित गरे त्यो सबै आफ्नो हित हेरेर गरे । अझ भनौ शक्तिशाली बर्गले कम शक्तिशाली माथी गरेको राजनीति हो सब । जब सम्म यो संसारमा मान्छे रहिरहन्छन तब सम्म यो प्रक्रिया कुनै न कुनै रुपले चली रहन्छ । तिम्रै आँखाले देखेको सामन्य कुरा बिचार गर न के गाइ गोरुले कहिल्यै बिहे गरेका देखेका छौ ? मान्छेको उदय काल देखिनै गाइ बस्तु थिए र अहिले पनि छन । खै बिहे त कहिल्यै भएको देखिदैन ?
मैले अर्को बोतल थपें उस्ले भटमास र चुरोट मगाइ सेकुवा पुन अघि आइ सकेको छ खाने क्रम अहिलेनै रोक्की हाल्ने अबस्था छैन । होटलमा चाप बढ्दै गइ रहेको यो रक्सीहा रात हो ।
म - यो त भयंकर असमाजिक कुरा भएन र समाज बिरोधी ?
ऊ - बस्तुगत तथ्य यानी प्रकृती प्रदक्त कुरालाई अस्विकार गरेर मान्छे भाग्छ कतिन्जेल ? सत्य जे छ त्यस्लाई त अंगिकार गर्नै पर्छ हैन र ? यो बिबाह भन्ने चिज पनि त्यस्तै हो प्रकृती प्रदक्त हैन । तिमीलाई ज्ञात हुनुपर्छ संसारमा बिबाह नगरेका पनि थुप्रै मान्छे छन जो तिमी छौ म छु । र सुन बिबाहको मत्लब भन्नु प्रजनन प्रक्रियालाई निरन्तरता दिनु हो यो कार्य सिद्धीको निम्ती त बिबाहनै आबस्यक छैन नी । यो त एउटा ब्यबस्था बनाइयो र सामाजिक संस्कार भनेर नाम भजाइयो । यस्को पछाडी पनि मत्लब छ - नारी दण्डहिनता । तिमी न्युट्रल भएर हेर यो समाजमा जति पनि संस्कारहरु छन त्यो सबै नारी थिचोमिचोका निम्ती बनाइएका छन । तर तिमी पुरुष भएर सोच्दा तिम्रो पुरुष चेतनाले यो कुरालाई स्विकारै गर्दैन । मुख्यतय पुरुषहरु महिलालाई एक स्टेप माथी भएको हेर्नै चाहदैन । स्विकार्नु नस्विकार्नु आफ्नो ठाउँमा छ तर बस्तुगत सत्य यहि हो ।
अहिले उस्को बिचारको अग्नी तेजवान भइ रहेछ म उस्को लागी एक पेग बनाइदिन्छु र म एउटा चुरोट सल्काउछु उस्को हातमा अलरेडी चुरोट छ मैले दुइ बोतल लोकल सकिसकेको छु ऊ एक्लैले आधी भन्दा बढी ओल्डदरबार सकि सकेकी छ म आफु पनि ओल्डदरबारो एक पेग बनाउछु ऊ मेरो पेग हेरीरहेकी छे ।
म- यो सुयोग, सुयोगबीर सिंह ।अब तिमीलाई तिम्रो नामले सम्बोधन गर्न चाहन्छ ।
ऊ - निकै छोटो मुस्कान उस्को चेहराको बाटो भएर गुज्रिन्छ र उ मेरै नक्कल गरेर बोल्छे म शिल्भाय, शिल्भिया शाक्य ।एक अबिबाहीत जीबित कुमारी देबी जो यो समाजका कुरितीहरुका बिरुद्धमा छे ।
हामी दुबै पहिलाकै अबस्थामा छैनौ बोतलहरु हामीमा चढेका छन ।
सुयोग - ओ शिल्भिया यदि बिबाहको पबित्र बन्धन यो समाजमा नहुँदो हो त समाज सबै कुसंस्कारको जंजालमा फसेर मान्छेको अस्तित्वनै सक्कि सक्थ्यो हैन र ?
शिल्भिया - तिमीलाई त्यस्तो लाग्दो हो तर मलाई त्यस्तो लाग्दैन । संस्कार जस्तो बसाउँदै गयो उस्तै बस्दै जाने हो । बिबाह त महिलाको भन्दा पुरुषहरुको हितमा ज्यादा छ ।
म - तिमी त बिहे भन्दा पनि बढी पुरुष बिरेधी जस्तो पो देखिन्छ्यौ ?
ऊ- त्यसो हैन । तिमीले गलत बुझ्यौ म पुरुष भोगी चैं हुँ । मेरा बिचारहरु पुरुष बिरोधी जस्ता देखिएलान तर त्यसो हैन पुरुष चै एक मानिस मात्रै नभएर संस्कारमा परिणत भएको छ म त्यो संस्कारको चै बिरोधी हुँ मान्छेको हैन ।
लोग्नेमान्छेहरु आइमइका भोगी हुन महिलालाई उपभोग्य बस्तु जस्तो प्रयोग गर्छन । घरमा बिहे गरेका स्वास्नी हुदाँ हुदै लोग्ने बाहीरी केटी संग मोज मस्ती गरि रहेका हुन्छन । त्यो छोड अझै पनि दुइटा तिन्टा स्वास्नी छरछिमेकमा कतिका प्रसस्तै देख्न सकिन्छ । यो त सरासर पक्षपात हो नि । पुरुष संस्कार कस्तो छ हेर न - एक महिला पर पुरुष संग बोल्दा समाजमा त्यो महिलाको कत्रो चर्चा हुन्छ तर पुरुषले बोल्दा तिमीले त्यस्तो भएको कहिल्यै थाहा पाएका छौ ?
म- ओ बिबाह बिरोधी सेक्सी शिल्भया अनि सेक्स सम्बन्धीको धारणा चै ? त्यो पनि बताउ ?
ऊ- तिमी लोग्नेमानीसहरु जति सुकै जेन्टलमेन भए पनि घुमिफीरि आउने ठाउँ नै त्यही हो । सुन मिस्टर सेक्सी सिपाही
हाम्रो समाजमा सेक्सलाई अतिनै गौण राखियो र यहि सेक्स परिपुर्तीको निमित्त सेक्स लाइसेन्स हो बिहे चै । त्यसैले बिहे पछी मात्रै सेक्स र एकै जनासंग मात्रै सेक्स भन्ने बुझाइले मान्छेलाई खुशी हुनै दिदैन । त्यस माथी आजको जेनेरेशन नेटमा सेक्स मुबी हेरी हेरी चालु भइ सकेकोछ । उस्को लागी एकै मात्र सेक्स पाट्नर हुनु भनेको जीवनकै सबै भन्दा ठुलो सजाय दिनु हो ।
म - ए महिला तिमी कत्रो बिरोधाभास बोलिरहेकी छौ कत्रो धृस्टता तिमीमा । भो बन्द गर यि कुरा मलाई यो रक्सी लाग्न देउ ।
उ- कसरी धृस्टता कसरी बिरोधाभास ? सिम्पल कुरा सुन, मानीस बिहान खाएको खाना बेल्का खान नपरोस भन्छ खाइ हाले पनि भोलि पल्ट खान नपरोस भन्छ सेक्सलाई त मानिसले खाना जतीको पनि महत्व दिएन अनि मान्छे कसरी खुशी हुन्छ । भित्रैबाट खुशी हुनु र खुशीभएको अभिनय गर्नु फरक कुरा हो मिस्टर सिंह ।
ऊ- मिस्टर सिंह तिम्रो फोन नम्बर टिपाउ मलाइ म तिमीलाई सेक्सको निम्तो दिने छु । त्यो दिन तिमीले थाहा पाउने छौ खुशीको परिभाषा ।
बिडम्बना म संग फोन थिएन मैले उसैको नम्बर लिएँ ।
सेक्सको निम्तो पाएको मिस्टर सिंह - तिमी जिबीत कुमारी देबी ?
होटल बन्द गर्ने बेला भएछ गेम मैले हारेको घोषणा भयो मर्जी सेक्सी लेडीको चल्यो बिल मैले तिरें ।
बाहीर निस्केर एक एक खिल्ली चुरोट तान्दै खुट्टाहरु हल्का लुलो बनाउदै तर बोली बिल्कुल ठिकमा छ दुबै जनाको ।
जिबीत कुमारी देबी - हो म जिबीत कुमारी देबी मलाइ जान्न एकदमै उत्सुक भएका छौ तिमी, हैन ?
होटल बाहीर चुरोट तान्दै एक भूपु सिपाही - हो निकै उत्सुक छु
चुरोट तान्दै हल्का मातेकी जिबीत कुमारी देबी - बेग बाट कलम र सानो कागज निकालेर केही लेखी र मलाइ दिदै भनि यो पुस्तक किनेर पढ मलाई जान्ने छौ मिस्टर सुयोग बीर सिंह ,एक नामर्द सिपाही ,एक किस किलर, अब तिमी जान सक्ने छौ भन्दै मलाइ धकेली र फेरी भनी फोन लिए पछी खबर गर तिमीलाई सेक्स गर्न सिकाउछु मिस्टर बलत्कारी सिपाही ।
अहो ! उस्ले फेरी मेरो चेतनामा घन ठोकी ।
र सोचें यस्ले शिरिषको जंगल भित्र त्यो एक चोक्टो हरियो चौरमा मलाइ पढी सकेकी रहिछे । यो रक्सीहा केटी संग शिबराजको कति पनि तालमेल छैन ऊ मलाइ रक्सी पिउँदा पनि सम्मान गर्थ्यो । डेरामा पुगेर बत्तीको उज्यालोमा चिल्कटो हेरें एक शब्द लेखिएको थियो -
‘ मिस्टीका ‘ ।
२०१८-१-१०-१४
उफ !!
बिहानै देखि पानी,

No comments:
Post a Comment