Monday, November 5, 2018

कथा सानीमा

सानीमा

-सुरेन्द्र कार्की 

यति बेला कम्पनिमा पुस माघको सिजन भित्रिएको छ  सनिबार आइतबार दुबै दिन काम छैन । यस्तो भएको यो दोस्रो महिनाको पहिलो हप्ता हो । अचानक काम कम भएको यो तिन बर्समा पहिलो पल्ट हो । युट्युबमा हेरीहाल्ने कुनै मुभी या रमाइलो प्रोगाम पनि छैन । यस्तो बेलामा बुक पढ्न पनि मन छैन । म आफ्नै रुममा फेसबुक चलाएर बसेको छु अर्को रुम बाट संगै काम गर्ने भाइ मेरो बेडमा आएर आज बियर खाऔँ भनेर फोर्स गर्दै छ । म केही गर्न नभेटेपछि फेसबुक चलाउदै केही लेखौंकी भनेर सोची रहेको अबस्था हो यो यही बेलामा ऊ बियरको कुरा गर्दै छ । हामी दुबै जना बियर लिन नजिकको पसलमा पुग्यौ दुइ बोतल ल्याउदा हुने ठाउमा चार बोतल ल्यायौँ भोलीको लागी पनि । हाम्रो भोली पनि आजैबाट प्याक भयो । फ्रिजबाट एउटा कुखुरा निकालेर पकायौ स्याउ र गाँजरको सलाद बनायौ चारवटा लेज बियरसंगै ल्याएको छ ।

हामी करिब सातबजे बाटै खान सुरु गर्दै छौ । साथी सुदुर पूर्बको मान्छे हो र ऊ खासै जीवन प्रति सिरियस छैन बरु सधैं रमाइलो सधैं फ्यान्टासी । झण्डै आदा लिटर जाने गिलासको एक गिलास घटघटी पुरै पियो मासु टिपेर क्वाप्प मुखमा हाल्यो । मुलांग्को बानीनै खराब छ मासु टिपेको औँला ल्याप ल्यापी चाट्छ । म कराउदै उता जाउ फोहोरी हात धुएर आउ भन्छु ऊ टिस्युले हात पुस्दै कुरा मोड्छ अरे यार दाइ मलाई एउटा गीत लेखिदीनु पर्यो म त्यो गीतको भिडीयो खेल्छु । कहाँ बाट यो कुरो आयो ? हैन दाइ लु त म एउटा भिडीयो खेल्छु सबै तपाइका साथीहरु यहीं छन । यो कोरियामा हुदा केही त गर्न पर्यो यार दाइ लु त । उस्को फोन आयो फोनमा एकछिन बिजी भयो र बाहीरै चुरोट पनि खाएर आयो सास ह्वास्सै गनायो ।

अँ यार बुडा तिमी के के लेखि रहन्छौ आज म तिमीलाई एउटा लेख्ने खुराक दिन्छु लेख ल । के कुरा ? तिमी बुडा चुरोट तान्दै पिछे कराइ रहन्छौ कोठामा चुरोट खान पनि दिदैनौ तिम्रो यो बानी देखेर मलाइ दाइहरुको याद आउँछ अनि सानीमाको याद आउछ । किन ? दाइहरुले थाहा पाएपछी रामधुलाई हान्थे सानीमा मलाइ बचाउनु हुन्थ्यो । सानीमा हुँदा म ढुक्कले गल्तिहरु गर्न पाउँथे । को सानीमा ? पहिला यो कुरा लेख है त ( उस्ले अर्को गिलास पनि खाइ सकेको छ ) आज सानीमाको बहुत याद आयो यार दाइ । ऊ बोल्न थालेपछी ननस्टप बोल्छ एउटै कुरा कति ठाउँमा चार पटक रिपिट गर्छ ऊ बोल्नु अगाडी म पिसाब गर्न जान्छु ऊ बाहिर गएर ध्वार्र धारो छोड्छ ।

सानिमा मेरी आमाकी सहोदार बहिनी भने हैनन । मेरी आमा ठूलाघरकी कान्छी चार दाजुहरु तलकी एक्ली बहिनी । गाँउघरमा काका बडाउकी छोरी ? अँ हँ हैन , अनि को हुन  त सानीमा ?

सम्भबत आमाहरुको भेटनै बिबाह पश्चात भएको हुनु पर्छ । सानामा संगै खाइ खेली हिंडेका दिदी बहिनी, खर्क मेला पर्म संगै गरेका दिदी बहिनी हुनुहुन्न उहाँहरु ।

मामल जाँदा आदी बाटामै आउँछ सानीमाको माइतीघर । मूलबाटो बाट झण्डै पैदल दश मिनेटको सिधै उकालो दुरीमा दुइदुइ तले घरहरु छन । त्यस मध्य कमेरोले पोतेको एउटा घर चै सानीमाको माइतीघर हो । मामल जाँद आमा देखाउनु हुन्छ ऊ त्यही हो सानीमाको माइतीघर । दाजुहरुसंग जाँदा दाजुहरु चिनाउनु हुन्छ ऊ त्यो कमेरो पोतेको घर हो कारीगाउँ मामाको घर यानेकी सानीमाको माइती घर ।

मैले सानैमा एक पटक देखेको हुँ कारीगाउँका मामालाई । मैले दिमागलाई अराएँ मामाको तश्विर खोज्न तर दिमागले मामाको तश्विर फेला पारेन ।

मलाई सानीमाको जन्मघर देखेपछि आमाको प्रौढ शिक्षाको एउटा ठगको कथा दिमागमा तैरिन्छ । एउटा सोझो किसानको गोरुलाई कमेरो धसेर किसानकी घरबेटी मार्फत ठगले पैसा ठगेर लान्छ । त्यो कमेरो पोतेको घर देखेपछि एउटा निर्जीब पात्र दिमागमा सजिब उत्रिन्छ ।

यो भन्दा पहिले सानीमाको याद मेरो मस्तिषकमा यति बाक्लो संग बगेको थिएन । सम्भबत: आमाहरुको भेट बिहे पछाडी भएको हुनु पर्छ । किनकी आमाको बाल्यकाल र बिबाहपूर्बको जीवनगीतमा सानीमाको धुन कहिं सुनिएन ।

सानीमा सानीमा मात्रै नभएर भाउजू पनि हुनुहुन्थ्यो तर सानीमालाई सानीमै र दाइलाई दाइनै भन्थ्यौ ।

दाइ मेरा बुबा भन्दा चार साल जती जेठा । दाइ मेरा बुबालाई काका र तपाइँ भनेर सम्बोधन गर्थे बुबाचै माइला र तँ भनेर बोलाउनु हुन्थ्यो । दाइको नाम थियो तर नाम नागरिकता छोडेर हम्मेसी बाहिर आउदैन थियो । दाई वालाका माइलाले नै चर्चित हुनुहुन्थ्यो । हामी भुराभरी उहाँलाई वालाका माल्दाई भन्थ्यौ र सानीमा वालाकी सानीमा ।

त्यतीबेला त्यो बाल दिमागले सम्बन्ध र सम्बोधनमा पहिले सम्बोधन सिकेको रहेछ । सानो दिमागमा यो कुरा बहुत मडारिन्थ्यो कि मेरो बुबाले आफु भन्दा जेठो मान्छेलाई किन तँ भन्नु हुन्छ र जेठो दाइले किन तपाइँ भन्नु हुन्छ । सानामा बुबासंग खुब डराइन्थ्यो र आमालाई सोद्धा नाताले बुबा ठुलो हो भन्नु हुन्थ्यो तर दिमागमा लागेको छापले यो कुरा बुझ्नै मानेन । पछी बुझ्यो र यो कुरा स्वत: सुल्झियो ।

दाइलाई शुरु देखिनै बाल सुझले अशल भेटेन । जुवा तास खेल्नु पर्ने जाँड रक्सी खाइ रहनु पर्ने शिबजीको बुटी हरदम हरबखत लिइ रहनु पर्ने । गाउमा शिबजीको बुटी प्रिय तिन जना हुनुहुन्थ्यो । उसो त हल्का फुल्का भक्त थुप्रै थिए तर तिन जना चाही नामी । त्यस मध्य वालाका माल्दाई दोस्रो नम्बर ।

मलाई सानोमा माल्दाई सानीमाका लोग्ने हुन जस्तो लाग्दैन थियो । सानीमा बडेमा र कान्छा दाइ ( सानीमाकी सासू र देवर ) संग बस्नु हुन्थ्यो मैले थाहा पाउदा देखिनै । बरु मलाई कान्छा दाइपो सानीमाका लोग्नेमानीस हुन जस्तो लाग्थ्यो तर त्यो मेरो भ्रम पछी टुट्यो ।

मैले जानेको त्यतीबेलाको सत्य लोग्ने स्वास्नी संगै बस्नु हो त्यहा त माल्दाई संगै थिएनन माल्दाई त अर्कै भउजू संग बस्थे । संयोगले उनी पनि सानीमानै पर्न आउने भए पनि  हामी भाउजू नै भन्थ्यौ ।  भउजु र माल्दाई दुबैजनाको दोस्रो बिहे भएको रहेछ । गाउमै खड्कासंग बिहे गरेर आएकी भाउजू पछी माल्दाई संग पोइल हिंडेकी हुन । खड्का गाउँकै सोझो मान्छे उता पटी एक छोरी र दुइ छोरा थिए भाउजूका । ति छोरा उनका हुन भन्ने थाहा पाएको दिन भाउजु साह्रै नराम्री लागेको हो मलाई । र माल्दाई उतिकै नराम्रा लागेका हुन उनले सानीमा छोडेर भाउजु बिहे गरे ।

आखिर माल्दाईले त्यस्तो के देखेर ल्याए भाउजू ? र भाउजू के देखेर आइन दाइ संग । आफ्नो हुँदा छँदाको घर अशल लोग्ने र चिचीला बचेरा छोडेर एक रसरंगी ब्यक्तीसंग किन हाम फालेर आकी होलीन भाउजू यो कुराको वास्तविकता बोध हुने समयमा जब म पुगें तब भाउजूलाईनै गाली गर्न मन लाग्यो । दाजुले पहिलेनै आफ्नो नामको खेतीपाती सबै सकेका हुन त्यसमाथी तिनवटी छोरी हुदा हुदै सानीमा माथी सौता हालेको कति पनि मन परेन मलाई । दाजु मनै परेनन मलाई । त्यस पछी हो सानीमालाई घरै छोडेर दाइले भाउजू संग आफैले मासेको खेतमा कमाइ गरी बस्न थालेका । यि सबै घटनाहरु म जन्मिनु अगाडीनै घटी सकेका थिए ।

त्यस पछि हुनुपर्छ कान्छादाई काठमाण्डु जानु भएको । कान्छादाई त्यही भएको घटनाहरु खासै सम्झनमा छैनन । काठमाण्डु जाने आउनेलाई बडेमा कान्छादाइको बारेमा सोधपुछ गरीरहनु हुन्थ्यो । कान्छा दाइ निकै पछी आउनु भयो गाउँ । कान्छा दाइ आएपछी बडेमाको खुशी आयो संसार आयो । दाइ र दाइकै दामलका अरु हराइ रहेका गाउले पनि काठमाण्डौमा गलैँचा बुनीरहेको पक्का खबर छ महिना हराउनु भएका मेरा बाले लिएर आउनु भएको थियो । बा ले खबर मात्रै हैन प्रमाणनै लिएर आउनु भयो । सबै संग बसेको खाएको घुमेको फोटाहरुले भरिएका दुइटा एलबम थिए बुबा संग । कान्छा दाइको सुकिलो फोटो देखेर बडेमाको अनुहारमा खुशीको घाम झुल्किन्थ्यो । नानी अर्को पल्ट चाही फोटो हैन मान्छेनै लिएर आउनुस है भन्नु हुन्थ्यो बडेमा । पछि कान्छा दाइ आउनु भयो बडेमाको घरमा खुसी आयो ।

सानीमाका जम्मा पाँच छोरी एक छोरा भए । घरको जहान ठूलो खान लाउन उति सहज थिएन । दाइ भाउजू संग झगडा गरेका बेला मात्रै सानीमा तिर आउने र दुइचार दिन पछी भउजू तिरै सर्ने । दाइ भउजूको झगडा बाक्लै हुने । दाइ र सानीमाको बसाइ पाँचै मिनटको फरकमा छ । एउटै कुवाको पानी हो खाने एउटै बारीको अन्न हो खाने । दाइ मन लागेको बेला तल माथी दुइ तिरकै बारी जोत्न सघाउने बाकी समय खाइ खेलीमै बिताउने । दाइको घरमा पुगेको कहिल्यै देखिएन नपुगेको त्यत्रो असन्तुष्टी पनि कहिल्यै देखिएन ।

हाम्रो घर गाँउमा र खेती बेसीमा पनि थियो । हाम्रो गाउ बेसी बसाइ बराबर हुन्थ्यो । हाम्रो बेसी त्यही वालामा पर्थ्यो अर्थात वालाबेसी । वालाबेसीमा जम्मा १२-१५ धुरी घर छन र सिरानकै घर वालाको घर हो । वालाका कान्दाई वालाका माल्दाइ वालाकी बडेमा वालाकी सानीमा । पछी छोरीहरुका नामको अगाडी पनि वाला जोडीनै रहयो जोडिनै रहेको छ ।

सानीमा बिहान रिमरिमे देखीनै मेलामा पुगी सक्नु हुन्थ्यो र साँझ झमक्कै हुदा पनि मेलो छोड्नु हुन्न थियो । बडेमा कराइ रहनु हुन्थ्यो यती साँझ सम्म काम नगर भनेर । सानीमा हत्तपत्त खेतला लगाउनु हुन्न थियो । खेतबारी जोत्ने काममा मात्रै हली लगाउने बाकी सबै काम एक्लैले गर्नु हुन्थ्यो । बडेमा मेलोमा खासै देखिनु हुन्न थियो उहाँ बुहारी नातिनातीनालाई काम अरइपराइ गर्ने र घर भित्रको कामबाटै फुर्सद पाउनु हुन्न थियो । मेलोको काम सबै सानीमा घरको काम सबै बडेमा ।

सानीमाले हाटबजार कहिल्यै गर्नु भएन । बडेमा बिरामी पर्दा पनि उहाले हाटबजार गर्नु भएन बरु साँइली छोरी यि कुरामा धेरै अगाडी थिइ । उस्को नाम तारा, वालाकी तारा उत्पात बाठी । घरमा अन्न पात भन्दा खाने मुख बढ्न थाले पछी वालाकी ताराले बाउलाई घरमा बस्ननै रोक लगाउन थाली । वालाकी तारा एकदमै कडा छुच्ची पनि उस्तै मन नपरेको र मन नलागेको कुरा मनमै नराख्ने । ठुलो सानो जे सुकै होस जो सुकै होस भनि हाल्थी । बडेमा पछी ताराको शासन चल्थ्यो घरमा । पछी पछी त मेलापातको खटनपटन सबै ताराले नै लिइ बडेमा घर भित्रकै काममा सिमीत ।

सानीमा हाम्रो सबै मेलामा आइपुग्नु हुन्थ्यो । उहाँको एउटै मात्र रहर हो मैले थाहा पाएको आमाले बोलाएको मेलामा आउनु । आफ्नो घरको काम हुदा पनि सानिमा हाम्रो मेलामै आउनु हुन्थ्यो । मेरा दाजुहरुलाई जोत्न बोलाएर पनि उहाँचै हाम्रो मेलो आउनु भएको धेरै याद छ मलाइ । पुतली सानीमाकी जेठी छोरी ऊ आमा जतीकै सोझी सिदा । आमा गाइ थिइन छोरी उस्तै गाइ निस्की । सानीमा दाजुलाई काम अह्राएर मेला हिड्नु हुन्थ्यो ।

मेरो आँखाले सानीमाको आंगमा सुकिलो लुगा कहिल्यै देखेन । मेरो आँखाले सानीमाले मिठो मसिनो खाएको कहिल्यै भेटेन । सायदै सानीमाका रहरहरु के थिए कसैलाई थाहा छ,गुनासो के थिए त्यो पनि कसैलाई थाहै भएन । मेरा आँखाले सानीमाको चेहरामा आएर हाँसो अल्झिएको कहिल्यै भेटेन । सानीमा रुएको एक पल्ट देंखे त्यतीबेला साँच्चै नमिठो लागेको हो । जति बेला बटुवाले सुर्ती सल्काएर फालेको काँटीले लागेको जंगलको डढेलो गाउँ बेसी पसेर सबै सिरीखुरी निखारेर लग्यो । सानीमाको घर कटेरो अन्नपात केही बचेन । गाइ बाख्रा भने दिउसै भएकाले बचे अरु केही बाकी रहेन । त्यतीबेलै हो कान्दाई पनि रुएको देखें मैले । मान्छे रुएको साँच्चै कति नराम्रो लाग्ने मलाई नराम्रो लाग्यो । त्यतीबेला कान्दाइको बिहेको कुरा चल्दै थियो त्यो पनि डढेलोले खायो । यो डढेलोमा खुलालका खम्मेमामाको ठूलो योगदान रहयो मामा नभएको भए टारीका दुइ घर नबच्ने कुरा गाँउ भरि छरिएको हो । मामा घाइते भएको कुरा पनि सुनियो ।

घर जलेर नष्ट हुनु  सायद जीवनको एक रंग जलेर खरानी हुनु हो । त्यतीबेला वालाको घरमा ठूलो संकट आएको थियो । जसो तसो एउटा अस्थाई घर बन्यो बस्दै गर्नको लागी ।  घर के भन्नु कटेरो तयार भयो कटेरो तयार भएको दिन सानीमाको चेहेरा पहिलेकै स्थितीमा फर्कियो । साना छोरा छोरी बुढी सासु के खाउँ के लाउँ कहाँ राखौँ कहाँ बसाउँ देवरको पनि हिम्मतनै खोसिदीयो सानीमालाई ठुलो चोट थियो कटेरो बनेको दिन मनलाई केही रहात मिलेको हुनु पर्छ ।

सानीमाकी माइली छोरी पार्बती ऊ मामल बस्थी । मामलबाट घर आइ र घरबाट ठुलेमाको घरबस्न आइ । दुइ बर्ष जती बसी म त्यतीबेला सानै थिएँ हामी संग संगै ओच्छ्यान लाएर सुत्थौ। म पढ्दा पढ्दै ऊ निदाइ सक्थी । ऊ खैनी खाँदी रछे मैले थाहा पाएँ तर नभन भनेर कसम ख्वाइ मैले कसैलाई भनिन । पछी ऊ बाउका घर झरी र गाउकै केटा संग बिहे गरी । त्यस पछी काली आइ हाम्रो घरमा काली सानै थिई । कालीको नाम सिता राखिदीनु भयो । काली र मेरो उमेर उस्तै उस्तै हो । सानीमा मेलामा आउँदा र आमा नहुँदा मलाइ आफ्नो दुध चुसाउनु हुन्थ्यो अरे । कालीले पनि आमाको दुध खाकी छे अरे । सिता बहुत कामकरी केटी हो पढ्न पटक्कै मानीन । स्कूल घिसारेर लाँदा पनि गइन आमाको छोरी पढाउने धोको  पुरा भएन ऊ हाम्रो घरको एक प्रमुख सदस्य थिइ । तर हाम्रो घरबाट बिहे हुन सकेन सिता पनि ठुली भए पछी बाउका घर झरी र अन्तै बिहे गरी । सिताले पनि आमाको सपनामा पानी छिटीदी । एउटी छोरीको राम्रो संग बिहे गर्ने आमाको धोको पुरा भएन । आमाबाट कुनै छोरीको जायजन्म भएको थिएन ।

ऊ धाराप्रबाह बगिरहेको छ र यो तेस्रो बोतल चल्दै छ । बनाएको सितन सक्कि सक्यो र लेजको उपस्थिती हुनेवाला छ । ऊ निकै गम्भिर देखिदै छ यति गम्भिर पहिले कहिल्यै थिएन । म फेरी बियर फाल्न गएँ ऊ अगरबात्ती सल्काउन गयो । ऊ भित्र छिर्दै अरे यार दाइ यो भोटेको कम्पनीमा काम सकियो । कामै छैन पैसा कस्तो चाहिएको थियो मलाइ यो महिनाको तलब देउन यार बुडा म अर्को महिना दिइ जान्छु । ऊ आफ्नै धुनमा छ म आफ्नै सुरमा छु ऊ पुन कथामा फर्किन्छ ।

सानीमा मागेर कहिल्यै नखाने जानेर दिनु पर्ने । भोक लाग्छकी लाग्दैन त्यो पनि थाहा नहुने । सानीमाको खानामा प्राय मकैको ढिँडो हुन्थ्यो । थोर बहुत कोदो र गहुँको पनि । बडेमा कान्छादाइ र काखमा हुनेले मात्रै हो मकैको भात खान पाउने नभए सानीमा र ठूली छोरीहरुको खाना सधैं ढिडो र रामभेडाको अचार । घरमा दुहुना भैँसी प्राय भइ रहने । सानीमा मेरा दाजुहरुलाई बहुत माया गर्नु हुन्थ्यो आफ्नै छोरालाई जस्तो दाजुहरु मेला जानु भएको दिन सानीमाको चुल्होबाट मिठो सुगन्ध बाहीर छरिन्थ्यो । मलाई ढिडो सानामा कहिल्यै मन परेन त्यो प्राय गाउँका धेरै घरमा पाक्ने भएर हुनु पर्छ । ढिडो खाने सबै गरिब जस्तो लाग्थ्यो त्यो हाम्रो घरमा पनि पाक्थ्यो तर सधैँ जसो हैन । आमा ढिडोको सौखिन सानीमा आएको दिन त झन पाक्थ्यो पाक्थ्यो सानीमालाई एक गाँस सम्म ढिडो नभए खाना खाएको चित्तै नबुझ्ने । दाजुहरुले ढिँडो माग्दा सानीमा दिनु हुन्न थियो यो दुखीले खाने चिज बो नखाओ तिमरु भात खाओ भन्नु हुन्थ्यो ।

सानीमा सासूलाई बहुत मान्ने। आफ्नै छोरीहरुले पनि त्यती सम्मान गरेनन बडेमालाई । बडेमा उस्तै दुख मान्ने सानीमाको । घर जलेकाबेला दाइले सानीमालाई लान खोज्नु भयो सानीमा सासूलाई छोडेर जानु भएन । पहिला पनि लान खोज्नु भएको हो दाइले तर बडेमाले लान दिनु भएन । बडेमाको मान्नु थियो कि यो सोझी छे कान्छीले काम गराएरै मार्छे । भाउजू बाठी थिइन सौतालाई फकाइ फकाइ काम लगाउथिन । हामी सानामा भाउजू संग खुब बाज्थ्यौ तर गोठालामा उनका घर नगइ चित्तै नबुझ्ने । कहिले कहिँ माल्दाइ रातीको काम दिउँसै भ्याइ रहेका हुन्थे बुडा रंगिलाहुन । ठूलो केटो सारै अशल त्यस्मा त सानीमाको गुणपो देखिन्थे । वाला भरिमै त्यतीको अशल मान्छे कोही निस्किएन । ऊ वालाभरिकै एक मिसाइल हो अशल मान्छेको । बस् उस्ले पढ्न पाएन र अक्षेरी ज्ञानको पखेटा हालेर उड्न पाएन । यदी पढ्न पाएको भए उस्को उडान बेग्लै हुने थियो । माल्दाइ सारै फटाहा मान्छे सदाबहार अभावै अभाव बाचेको मौषममा दुइ गुँडबाट भटाभट दर्जन चल्ला काढिदीए । गाउँमा उनको अभाव कहानी अफ्ठ्याराको ढुंगामाटोले पनि बताइ दिन्थ्यो तर थिए त दाइ बिन्दास । जो अभावको सामना गर्न दुखका दुइ पहाड सानीमा र भाउजू छँदै थिए ।

सानीमा सधैं सौम्य सधैं शान्त सधैं स्निग्ध सधैं अटल सधैं सबल । मोह माया लोभ लालचा द्वेष दुराचारी रिस राग घमण्ड अहंमता कुनै चिज नभएकी सधैं शुन्य सधैं स्थिर । एउटा महान तपस्विमा हुने सबै चिज सानिमामा थिए निबार्ण पछीको बुद्ध झै सधैं शान्त सानीमा । उहाँको गुणले गाउँ बेसी सबै छाएको थियो ।

बजारका पसलबाट निस्कीएर कुनै पनि कपडा कहिल्यै पनि सानीमाको तनमा लपेटीन पुगेन । कहिले कहिं कुनै काग्त्याली परेर कुनै कथाले सानीमाकै डिमाण्ड गर्यो भने सानीमाको आंगमा युग बाँचेको बिहेको सारी भूमिका निर्बाह गर्न आइपुग्थ्यो । सपांग कपडाले कहिल्यै पनि सानीमाको तन चिनेन ।

म त्यो जमनाको कुरा गर्दै छु जुन जमनामा प्रत्यक महिलासंग एउटा एउटा सुर्के थैली हुन्थ्यो । हाटबजार र कतै पूजा पर्ब तिर जाँदा कलरफुल थैलीहरु हुन्थे आमा बडेमाहरुका कम्मरमा र अरु दिन कामकाजी थैलीले पटुकी छाड्दैन थियो । तर सानीमासंग थैली थिएन थैली बिहीन सानीमा । थैली नहुनु भनेको सायद लोभलालचा इर्ष्या मोह नहुनु हो क्यार । यो क्रय बिक्रय संसारको गन्जागोल बेलय नहुनु हो क्यार ।

सायद म त्यती बेला यो गुदी नपलाएको गिदीले यि सबै कुरालाई गरिबीको प्रमाण ठान्थे हुँला तर त्यो मेरो भ्रम थियो । यो लोभलालचाको गन्जागोलबाट बाहिर निस्कीएर बाँच्न कि महाज्ञानीहरु सक्छन कि ऋषीमूनीहरु सक्छन । सानीमा यि दुइटै कोटामा नपरेपछी सानीमा जस्तै कयौं जिन्दगी संसारको मूल्यमान्यता भन्दा बाहिर बाँची रहेका छन ।

सानीमाले निसन्देह चुपचाप चुपचाप दु:खका तारेभिरहरु हिंड्नु भयो बैंशालु सप्तकोशीहरु तर्नु भयो सानीमा दु:खहरूको अन्तिम ठेगना हो जस्तो लाग्छ सानीमा हिलोमा फूलेको त्यो कमल हो जो अभावको आँगनले भरपुर प्रयोग गर्यो । चुपचाप चुपचाप कुनै होहल्ला बिना कुनै आक्षेप निक्षेप बिना कुने रोष दोष बिना सानीमा सिंगै लुम्बिनी बाँच्नु भयो ।

ति दिनहरुमा सानीमा आमा दाजुहरुका हातको पिटाइबाट मलाइ बचाउनु हुन्थ्यो र म सानीमा हुँदा साविक भन्दा ज्यादा चकचके थिएँ । यि दिनहरुमा धेरै धेरै दिन बगेर आए धेरै दिन बगेर गए । सानीमाहरु पनि भेटिदै गए जोडिदै गए तर वालाकी सानीमा जति दिलको नजिक कोही भएन ।

सानीमाको निम्ती सानीमाको आकाशले बाह्रैमास तुषारो झारी रहयो सानीमा सधैं पहाड बनेर तुषारो ओढी रहनु भयो । रहर त सानीमाका पनि थिए होलान थिए होलान इच्छा आकांछा पनि राम्रो लगाउ राम्रो खाउ छोराछोरीलाई राम्रै संग पढाउँ बढाउँ हुने खानेकै जस्तो जिन्दगी बाचुन छोराछेरीले पनि लोग्नेको संधै साथ पाइ रहुँ यो दुखको सागर तरेर सुखको संसारमा रमाउँ भन्ने रहर सबैको हुन्छ सानीमाको पनि थियो होला तर कसैले सुइँको पनि पाएनन इन्द्रेणी रहरहरु थिएकी थिएनन भनेर ।

त्यतीबेला सानीमाको कोखबाट जन्मेका पाँच छोरी पछिको छोरो काखैमा थियो करिब चार बर्षको । अहिले करिब चार बर्ष उस्ले बिहे गरेको भयो । त्यतीबेला चार बर्षको थियो ऊ अहिले करिब चार बर्ष बिदेस गएकै हुन लाग्यो । आमा गाउँबाट सानीमालाई हेर्न जानु भएको थियो तर आमाले सानीमाका अन्तिम शब्दहरु बोकेर आउनु भयो ‘ दिदी छोरो सानै छ यस्ले दुख पाउँछ होला यो तपाइकै जिम्मा है ‘ तर भाइ ताराले लिएर गइ ताराले भाइ छोरो झैं पाली ।

सानीमा यति चाडै जानुहोला भन्ने लागेकै थिएन केही सुखको स्वाद चाखेर मात्रै जानु होला भन्ने लागेको थियो । लाग्न त यो घटनानै घट्ला भन्ने लागेको थिएन तर घट्यो र एउटा दुखको कहानी धुलोमै फूलेर धुलोमै मिल्यो । जन्मनु र मर्नु शास्वत हो यो न टारेर टर्छ न त नकारेर नकार्न मिल्छ । मान्छेले आफ्नो घडी बाँची सकेपछी अरु बाँच्न छुटै छैन यो नियतीको नियम हो यो नियमबाट कोही अछुत छैन बस एउटा प्रयास सम्म गर्न नसक्नुले जो कसैको मृत्यु अलि भयाबह लाग्छ निकै अप्रिय लाग्छ । सायद यस्तो लागीरहनुनै मान्छे भित्र सम्बेदना बाँचीरहनु हो ।

कहिल्यै बिरामी नपर्ने मान्छे सानीमा बिरामी पर्नु भयो तर बिराम लागेको पनि कसैलाई नभनी एक्लै भोगि रहनु भयो । जब काम गर्नै सक्न छोडे पछी हो घरले बिराम थाहापाएको ।थाहा भएर पनि हुने केही थिएन बस थाहा हुनु थियो भयो । जब तिनचार महिना पछी यो लरतरो बिराम नभएको एकिन भयो सानीमालाई बोल्नै गाह्रो हुने अबस्था आयो । रिनपान गरेर माल्दाइको ठाउँमा कान्छादाईले घोपा लिएर जानु भयो । घोपाले घाँटीको अप्रेशन गर्ने सल्लाह दिए पनि अप्रेशन हुन पाएन । अप्रेशन नहुनुमा गरिबी अगाडी उभियो त्यो बेला बिस पच्चिस हजारको जोह गर्न नसकेर निकै कठिन रुपले सानीमाको कहानी सेलायो । सानीमाको प्राण सकियो एउटा दुखको पहाड बिलय भयो एउटा दुखको समुन्द्र सुक्यो ।

ऊ अझै केही बोल्न खोज्दै थियो तर कुराको लय जिकज्याक हुन थाल्यो भोलिको बियर आजै सकियो । दुइजनामा चारबोतल जम्बो चढे पछी दुबैजना शम्भुका भक्त भैयो अब न मैले बोलेको ऊ बुझ्छ न म उस्ले बोलेको बुझ्छु ।
अहिले कोठाको हालत बयान गर्न लायकको छ । जुठा भाँडा वरिपरी छन बियरका खाली बोतल चारै दिसामा छन मुख र हात पुछेको टिस्यु यत्र तत्र छ जुठा भाँडा मुनिको पत्रीकाले पनि रुमको शोभा खल्बल्याएको छ त्यसो त कम्पनिको लुगा खोलेर त्यत्तिकै मिल्काइ रहेका छन जुरफहरु डल्लो परेर बसेकाछन निकै अस्तब्यस्त छ कपडा स्टेण्ड र भित्तामा झुण्डिएको छ शा को गिटार यो गिटार अशोकले ल्याएको हो अशोक अहिले नेपालमा छ । हल्का पिसाब लागे जस्तो भएको छ ऊ त्यही घुरेनको एकछेउमा घुर्न थालि सक्यो मलाइ पिसाब गर्न जान अल्छी लागीरहेछ म पनि त्यही घुरेनको अर्को छेउमा तातो भुइँ माथी पल्टी रहेको छु । अहिले कुनै लाज सरम घिन होस हवास केही छैन ।

२०१८/१/२६

कथा एउटा नमिलेको सपना

 एउटा नमिलेको सपना

सुरेन्द्र कार्की

त्यो दिन तिमी प्रती मेरो किन त्यत्त्रो लगाब मैले बुझ्नै सकिन । तिमीलाई थाहा छैन अँ त्यो त मलाई पनि थाहा छैन यदि तिमी त्यो दिन त्यहाँ आएको भए म के गर्थे भनेर ।

मेरो अन्तस्करणले भनि रहेको थियो तिमी त्यो दिन त्यो समारोहमा आउनु पर्थ्यो ।

हा हा हा हा हा हा हा हा हा, एउटा लामो अट्टाहस !

म पनि बेहोसीको जस्तो कुरा गर्छु । तिमी कसरी आउन सक्थ्यौ त्यो समारोहमा । मैले यो कुराको पटक्कै हेक्का राखिनछु । म त्यो दिन आफ्नो पक्ष भन्दा एक इन्च  पनि हैन हैन एक केस बराबर पनि डगमग नभइ सोची रहेँ। सायद त्यो मेरो भयंकर गल्ती थियो ।

मुख्यत: हामीलाई हाम्रा समस्याहरु मात्रै समस्या हुन जस्तो लाग्छ मानौ हाम्रा समस्याहरुको मानक सगरमाथा हो । म पनि बेवकुफ छु यहाँ हामी कहाँ बाट आयो । सिर्फ म र मेरा ब्यक्तिगत कुराहरु हुन यि । अर्थात मेरा समस्याहरुको मानक सगरमाथा हो । मैले त्यो दिन उस्को पक्ष बाट किन सोचीन यो कुराको बोध मलाइ निकै समय पछी अबगत भयो ।

कुनै न कुनै कुराहरुले हामीलाई छुन पर्छ तब मात्रै मस्तिष्कको तार सहि ठाउमा जोडिन पुग्छ । त्यतिन्जेल कि हामी धेरै पछाडी छुटि सकेका हुन्छौ या हाम्रा समस्याहरु उठाउन नमिल्ने गरि पोखी सकेका हुन्छन । अक्सर कुनै कुरा ठिक समयमा नबुझ्दाको गल्ति साँच्चै महंगो पर्छ । म एक महंगो गल्ति बाँची रहेकी पात्र ।

म यतिबेला मेरो मन भन्दा ठिक बिपक्षमा बाँची रहेकी छु । बाच्नुको के कुरा मलाइ हासीदिउ लाग्छ यहि नेर एउटा लामो अट्टाहस हा हा हा हा हा .....। म आफैँ बाचेकी हैन वास्तवमा बाँच्नै पर्ने केहि कुराले गर्दा म बाँची रहेकी छु । अहो म कस्तो पात्र हुँ आफैँ माथी आफैँलाई दया लागेर आउँछ । म आफु खुशी मर्न पनि नसक्ने एक पात्र । कथाकारले कस्तो निरिह पात्रको भुमिकामा मलाई उतारे अहिले म कथाकार प्रती खेद प्रकट गर्दै छु ।

उ संग कुनै पनि खाले अप्रिय घटनाहरु केही भएनन त्यसैले मलाई उ प्रिय छ । केही अप्रिय अबस्थाहरु सामुन्नेनै नआएका भने हैनन तर घट्ना नघट्नुले म उस्लाई प्रिय ठान्छु । ओ प्रिय मान्छे म तिम्रो प्रेमको गहिराइमा हराइ रहेकी छु अहिले । मैले माथीनै भने नी कुनै गल्तिहरु साँच्चै महंगा हुन्छन जो बाचुन्जेल त्यो कहिल्यै सस्तो हुदैन । उ मेरो महंगो प्रेमी हो जुन बेला मैले उस्को प्रेम स्विकार गर्नै सकिन ।

मैले उसलाई अस्विकार गरिरहे तर उस्ले मलाइ प्रेम गरि रहयो । मैले अस्विकार गर्नु पर्ने केहि कारणहरु थिए त्यो बेला तर अहिले सम्झिन्छु ति कारणहरु नाघ्न सकेकी भए एउटा आनन्दमय जीवनको अभ्यासमा हुन्थे । ति कारणहरु नाघ्दा पनि खासै फरक नपर्ने बोध यति बेला भैदिन्छ । मेरा बिपक्षका ति कारणहरु प्रति म कहिल्यै उद्धार हुन सक्दिन सायद ।
उस्को धेरै लामो प्रयास पछी म साथी सम्म बन्न तयार भएँ तर उस्ले मलाइ प्रेमिका भन्दा कुनै दोस्रो सम्बन्धमा स्विकार गर्नै चाहेन । उ स्पस्ट थियो आफ्नो पक्षमा म अस्पस्ट थिए आफ्नो पक्षमा । वास्तबमा म अझै पनि अस्पस्ट छु मेरो आफ्नै भुमिका प्रति ।

मेरो मन उ पढ्न सक्थ्यो । म दोधारमा अल्झिएको कुरा उ पत्तो पाउथ्यो म के के कारणले उ संग प्रेम गर्न सक्दिन त्यो पनि उ बुझ्थ्यो सायद उ सबै बुझेर नै म संग प्रेम गरि रहेथ्यो । म समझिन्छु त्यो मान्छे किन समय भन्दा पहिल्यै परिपक्व कुरा गर्थ्यो ? उसमा भाबुकता चाहिने भन्दा ज्यादै थियो त्यसैले मलाइ उस्को भावुकता संग डर थियो । कोहि कोही मान्छेहरु साँच्चै सरल हुन्छन तर सरल मात्रै ठानी रहन मन मान्दैन । उ त्यही मन नमान्ने भित्र पर्छ ।

आज मलाइ के भइ रहेको छ किन म उस्लाई सम्झि रहेकी छु । उस्लाई सम्झिनु पर्ने अबस्थात अहिले केही पनि छैन तर किन सम्झि रहेछु म उस्लाई । हुन त एक्लो समय जस्लाई सम्झे पनि केही फरक छैन । फेरी किन उसैलाई चाहीँ नसम्झिउ त म ?

उ दुखको ऐना भोगेर आएको मान्छे । एक कलिलो पहाडी ठिटो साँच्चै कति स्वच्छ कति निर्मल । उ यो कलेज र सहरको लागी पटक्कै सुहाउदिलो मान्छे छदैं थिएन । यो राजधानी राजधानी भन्नु मात्रै हो यहाँको हावा पानी ढुंगा माटो खोला नाला सडक सहर सबै प्रदुषित छन यिनै चिज उपभोग गर्ने मान्छेहरु झनै प्रदुषीत छन झनै खतरनाक छन उ यो सहरको लागी सुहाउदिलो मान्छे थिएन । तर उ यो सहरको गन्धमा मिसीदै थियो । मिसिन जान्नु कला हो कला नै त हो एउटा सुन्दर जीवन उ जीवन बाँच्ने प्राणी हो म बाँच्नकै लागी बाँची रहेकी ।

भित्ताको घडीमा आखा पुग्यो १२ बज्नै लागेछ । उस्को याद मात्रैले पनि मन संगीतमय छ । म छोरा छोरीको लागी पुरीतरकारी टिफीन बनाएर नजिकैको स्कूल लैजान्छु । छोरी अहिले तेह्र लागी उ आठमा पढ्छे छोरो पाँचमा हिडँदै छ उ एकमा पढ्छ । दुबैजना ज्ञानी छन जसो गरो उसै ठिक छ उनिहरुलाई ।

म कोठा फर्किए,  स्कुल सकिए पछी दिदी भाइ संगै आउछन । केटाकेटीका बा डिपार्टमेन्ट स्टोरका मेनेजर । उनको जीवनको घडी बिहान सात बाट बेलुका दस सम्म घरमा हुदैन । मलाई बाहिर फेर काम गर्ने अनुमती छैन म चुपचाप चुपचाप घर भित्रै सिमित छु । छोरी जन्मिएदेखी नै सासूसंग पनि त्यती राम्रो ट्युनिंग छैन । तर छोरी जन्मनु पहिले परिवारमा सुगन्धै नभए पनि यति बिघ्न दुर्गन्ध थिएन ।

ओहो उस्को याद आज कति बिघ्न हावी । म फेरी जीवनको कारागार भित्रबाट उ संगका ति मनोरम दिनहरुको आकाशमा छलाङ  मार्न थाल्छु । त्यसो त यो पहिलो पटक हैन म उस्का यादहरुमा रमाउन थालेको । छ न त उ मेरो सम्पर्कको घेरा भित्रै छ तर उस्लाई म कुनै पनि कुरा भन्न सक्दिन या भन्न चाहदिन । भनेर पनि कुनै फाइदा देख्दिन म । अहिले हामी समयको बिपरित धुर्वमा जो छौ ।

पहिले खिर खाएर पछाडी निस्तो भात खानु साँच्चै त्यो एउटा नमिठो अभ्यास हो । म यो एक अर्कालाई तुलनात्मक रुपमा नहेरौँ भन्छु तर समय आफैं तराजुमा नापिन आइ पुग्छ ।

हामी दुवैजना टुडिखेलमा बसेर बदाम खादै गफिदै थियौं । त्यो दिन खै किन हो मलाइ उ संग भेट्न मन भयो र मैले उस्को घरबेटीको फोनमा फोन गरेर टुँडिखेल बोलाए । त्यो बेला अहिलेको जस्तो हातहातमा मोबाइल थिएन साइबर क्याफेहरु थिएनन यो स्मार्टनेस जमना थिएन हामी संग कुनै डिजीटल आइडीहरु थिएनन त्यो बेला साँच्चै शङ्लो वातवरण थियो शङ्लो प्रेम हुन्थ्यो उस्ले शङ्लो पानामा आफ्नो शङ्लो मन राखेर प्रेम पत्र लेख्थ्यो त्यो आफ्नै हातले लेख्ने प्रेम पत्रको जमना थियो  ति पत्रहरुमा ति अर्ग्यानिक अक्षरहरुमा बेग्लै मादकता थियो । तर मैले उस्को प्रेम कहिल्यै स्विकारिन उस्ले लेखेका ति कयौं प्रेम पत्रहरु अझै सुरक्षित छन म संग । म  यिनै अक्षरहरुमा उस्को मन भेट्छु र जो प्रेमले जतन गर्छु । उस्मा के छ के छ ! उस्को प्रेम ममा अझै जतन छ ।
 त्यो पुसक दिनमा हामी जस्तै जोडीका अनेकन झुण्ड थिए टुडिखेलमा । हामी नजिकै एउटा परिवार जहाँ सानो बच्चा सारै खेलाउ खेलाउ लाग्ने । हामी बिचमा एउटा मौनता थियो । छ नत अहिले जीन्दगीनै मौन छ । तर त्यो मौनता र यो मौनताको अन्तर आकाश झैं बिशाल छ । हाम्रा आँखाहरु बात मार्थे हाम्रा मनहरु बात गर्थे तर हामी चुपचाप रहन्थ्यौ तर त्यो चुपचाप मौनता स्वर्गिय पल थियो ।

मैले उस्लाई सोधें - हेर कति राम्रो बच्चा, तिमीलाई छोरा या छोरी के मन पर्छ भन त ?
उ - तिमी म संग प्रेम चै नगर्ने फेरी भेट्न पनि मन लाग्ने र यो मन पर्ने नपर्ने कुरा आयो कहाँ बाट कतै प्रेमनै नस्वकारी बिहे नै गर्ने मन त हैन तिम्रो ?
मैले भने जे पायो त्यही भनन जे सोधेको त्यो चाहीँ ।
उ- मलाई सबै बच्चा उतिकै मन पर्छ खासमा मलाइ बच्चा मन पर्छ छोरा या छोरी हैन ।
म - सिधा सिधा कुरा गर न जे सेधेको त्यो चाहीँ म अलि प्यारको स्वर तन्काएर लाडे पारामा भन्छु ।
उ मलाइ हेरी रहन्छ र भन्छ तिमी जस्तै तिम्रो फोटोकपी मन पर्छ मलाई
मलाई उस्को यो कुरा मन पर्छ तर पुरानै अवस्थामा उस्लाई भन्छु हाम्रो मिलन असम्भव छ तर किन छोरी नै मन पर्छ भन त ?
यस्को बारेमा धेरै लामो बहस हुन सक्छ तर म छोटै मा भन्छु
म - आज मलाई कुनै हतार छैन यो दिन तिम्रै नाम हो

-आहा यो दिन झै त्यो मन र तन पनि मेरै नाम गरिदीए तिम्रो के जान्छ ? फेरी उस्को कुराले मलाइ छोयो फेरी तन नभनेर पहिले मन भन्यो साँच्चै यो मान्छे मलाइ प्रेम गर्छ । समाजले माथ्लो दर्जामा राखेको आफ्नै जात देखी मलाइ खुब पछुतो लागी रहेछ जो पन्छाएर म उस्लाई अगांल्न सक्दिन । उ छेत्रीकै छोरो भए पनि मान्छे जातपात बिरोधी हो । उ सारा जगतमै दुइ जातीका मान्छे मात्रै देख्थ्यो देख्न त म पनि त्यही देख्थें तर हाम्रो समाजको संरचना, सामाजिक परिस्थिती र त्यो पनि महिला पात्रले एक मध्यम स्तरको घरपरिवार बाट क्रान्तिकारी कदम चाल्न निकै ठूलो सहास गर्नु पर्थ्यो त्यो हिम्मत उस्ले दिए पनि म आफैं भित्र थिएन । अरु बाट हम्मेसी हिम्मत निकै कमैले पाउँछन तर मैले त्यो सदुपयोग गर्न सकिन ।

छोरी मान्छे मेरो बिचारमा संसारकै सबै भन्दा सुन्दर आर्ट हो प्रकृतीको । छोरी मान्छे स्वभावैले नरम सहनशिल लजालु हुन्छन । छोरी मान्छेको भुमिका र जीवन शैलीनै समय अनुसार भिन्दा भिन्दा मोडहरुमा परिवर्तन भएर जान्छ । यदि संस्कार राम्रो छ भने छोरीहुनु भनेको राम्रो संस्कारको बिकास पनि हो जो माइति घर परिवार र समाजतिर उन्मूख हस्तान्तरण र स्थान्तरण हुदै जान्छ । छोरी शुभ लक्षण हो छोरी ज्ञान हुन छोरी धन हुन छोरी सम्बन्धहरुको सुरुवात पनि हुन बिस्तार पनि हुन उ अझै लामो बेल्दै थियो म आजलाई यति सम्झिन्छु ।

यता म बिगत १३ बर्षदेखी छोरी जन्मिएकै कारण परिवार द्वारा निकृष्ट र तिरष्कृत वातवरणको सामना गरिरेकी छु । आमा छोराद्वारा म माथी भइ रहने हातपात र दुरब्यबहारले छोरी निकै त्रसित छे उ आमा र बाबालाई मन पराउदिन । छोरो जन्मनु पुर्बमात्रै मैले तिनचोटी छोरी भ्रुणको हत्या गरें एक आमाको मन कति रुयो होला कति तड्पियो होला त्यस्को हिसाब किताब यि शब्दहरुमा कहाँ यि सम्झनाहरुमा कहाँ ।
म तिन स्त्री भ्रुणको हत्यरा हुँ छोराको बा तिन स्त्री भ्रुणको हत्यरा हुन छोराकी हजुरआमा तिन स्त्री भ्रुणको हत्यरा हुन  म अहिले हत्यरा परिवारमा छु जो छोरीलाई सन्तानको रुपमा स्विकार गर्न सक्दैनन म यो संस्कार हिन परिवारमा संस्कार बिहीन भएर बसेकी छु ।

यो डर भन्ने कुरो पनि कति कति के के चिजमा भइ रहने । एउटा आवाज उठाएर बोल्न नसक्नु आफुले चाहेको जीवन शैली प्रयोग गर्न नसक्नु ठाउँ ठाँउमा अड्चन र सिमंकन के सारो निर्माण भएका हुन छोरीमान्छेका निम्ती सम्झिदै जाँदा आजभोली मन उग्रबादी भएझैँ लाग्छ आफैंलाई ।

छोरी ठुली हुदै छ उस्का बा प्रती उस्लाई नकरात्मक छाप परेको छ । आफ्नै बा प्रती नकरात्मक छाप पर्नु कस्तो दयनिय अबस्था छ यहाँ । त्यस माथी यो घरको चौघेरा भित्र मात्रै हैन पुरै समाजमा महिला हिंसा फस्टाइरहेको कुरा प्रसारित भइ रहेको छ समाचारमा सामाजिक संजालहरुमा ।
यता छोरी ठुली हुदै छे, मलाई भने छोरी हिंड्ने गल्लि र बाटोहरुसंग डर लाग्न थालेको छ, छोरी पुग्ने गन्तव्यहरु संग डर लाग्न थालेको छ, उस्का नजिक हुने चिरपरिचीत पुरूष प्रबृतीहरु संग डर लाग्न थालेको छ आफ्नै बाबुद्वारा ....भन्ने समाचार सुन्दा र पढ्दा त झन मलाई घर भित्रै पनि नानाथरी शंकाहरु डरको रुपमा मडारिरहेझैं लाग्छ  ।

ओहो ! म पनि के सोची रहेकी छु म त त्यो प्रिय मान्छेलाई पो सम्झि रहेको थिएँ । हुन त नराम्रा काम र कुराहरुले नै बिगतका राम्रा काम र कुराहरुको याद दिलाउछ क्यारे । ओ प्रिय मान्छे भन तिमी  किन मेरो मनको सुन्दर स्थानमा बास गरेका छौ जो अफ्ठ्यारा मोडहरुमा पनि तिमीलाई सम्झिदा जीवनका रिदमहरु मिले झै लाग्छन ।

अहिले उ संग सम्पर्क नभएको निकै लामो समय भयो । म सम्झि रहेछु उ खै के गरि रहेछ । उ सामाजिक संजालमा पनि सक्रिय छ लाग्छ सामाजिक संजालमा पनि उस्ले आफ्नो एउटा दायरा तयार पारेको छ । म उस्लाई उस्कै डिजीटल गाँउहरुमा पढ्छु देख्छु र उस्का तश्विरहरु भेला गरेर हेर्छु मन निकै आनन्दित हुन्छ अशान्त हुन्छ । दुख्छ पोल्छ रम्छ रमाउछ मन जे पनि भैदिन्छ जे पनि गर्दिन्छ म मनकै पछी लागिदीन्छु ।

समयले मलाइ फरक मोडमा उभ्यायो । यो मोडसंग पनि मेरो कुनै गुनासो छैन यि सबै मैले सिर्जेका मोडहरु हुन मैले नै भोग्नु पर्छ । यि सबै कर्मका बन्धन हुन र जे जे आउछन ति सहर्ष स्विकार्नै पर्छ त्यो भन्दा अर्को बिकल्प नै छैन । तर त्यो बेला उस्को हातमा हात मिलाएर एक कदम चालेको भए म कर्मका रेखाहरुमा नाची रहेकी हुन्थे यसरी बाँधि रहेकी हैन ।

जब तेस्रो पल्ट पनि भ्रुण चेक गरिएर डिस्पोज गरियो म एक हिसाबले मरे तुल्य भएको थिएँ । त्यो बेला कसरी कल्पना शक्ती म भित्र प्रवेश गर्यो पत्तै पाइन । म भ्रुण भएर हेरे पटक पटक मरेर हेरे मलाइ बाच्नु देखी घिन लाग्यो तर मर्न पनि कहाँ सकिन्छ र ? म आफु खुशी मर्न पनि नसक्ने त्यो चरित्र हुँ कथाकारको । मैले नचाहेर पनि ति तिन टुसा पलाउदै गरेका कोपिलाको इहलिला मेटिदीए । म, मैले नजन्माएका छोरीहरुको हत्यारा हुँ उनिहरुका बाउ उनिहरुकी आमै र यो देशको कानून पनि मेरा छोरीहरुको हत्यारा हो । म यो हत्यारा कानूनमा टेकेर बाँची रहेकी छु । कानूनले दिनदिनै छोरीहरु मारी रहेछ कहिले भ्रुणमै त कहिले विभत्स बल्तकार द्वारा ।

अहिले फेरी नयाँ मुलुकी ऐन कार्यन्वयनमा आएको छ । एउटा लामो अट्टाहास छेडिदीउ लाग्छ हा हा हा हा हा गरेर । अहिलेको नयाँ कानूनलाई आधार मान्ने हो भने त हिजो बेलुका मात्रै हैन बिगत १५ बर्ष देखी म बलात्कृत भएको क्षतिपुर्ती के यो कानूनले दिन्छ ? सरकार एकातिर कानून बनाएर जनता झुक्याउछ अर्को तिर बलात्कार गरेर कर्फ्यू लगाउछ । यहा कस्तो जात्राको मन्चन भइ रहेछ छोरीहरु माथी ।
ए प्रिय मान्छे थाहा छ तिमीले त्यो गर्दैनौ तै पनि मेरो भ्रम तिमीलेचै नतोड्नु - आफ्नी संगिनीलाई बजारको गुडिया मात्रै नसम्झिनु जुन बेला चाह्यो त्यही बेला जता चलाए पनि हुने जता पल्टाए पनि हुने ।

आज भोली छोरीहरुलाई कतै सुरक्षित देख्दिन म । ए प्रिय प्राणी यदि तिमी संग त्यो बेला एउटा गल्ति गरेकी भए तिम्रा कविता झै मेरा छोरीहरु पनि सुरक्षित हुन्थे होलान एउटा रंगिन धुन हामी बिच गुन्जी रहन्थ्यो होला यो बढ्दै गरेकी छोरीले पनि उस्को भाइले झैं  आफ्नो पिताबाट सुन्दर प्रेम र स्नह पाउथी होली ।

जब भ्रुणहरु म आफैं भएर सोचें मेरो आफनै चेतनाको दुखाइ म बताउनै सक्दिन हो त्यही बेला कल्पना शक्ती तिमी तिर पनि सोझ्याएर हेरें तब तिमी त्यो दिन किन आएनौ मैले मेरा सबै प्रश्नको उत्तर एकै साथ पाएँ । अहिले आफ्नै बिहेका फोटाहरु हेर्छु यि फोटाहरुले पनि तिमीलाई नै हेरे जस्तो लाग्छ । बरु म आफैँसंग एउटा प्रश्न उब्जिन्छ मैले के सोचेर आफ्नै प्रेमीलाई मेरो बिहेमा निम्तो गरेँ ?

२०१८/८/२८

कथा पुनरागमन

पुनरागमन

-सुरेन्द्र कार्की
उफ !!
बिहानै देखि पानी,
छि ! कस्तो दिक्क लाग्दो । मलाई यो पानी परेको उति निको लागेन । उसो त पानीमा भिजेर हिंड्न मेरो हार्मोनले मान्दैन ।

मैले सिल्भियालाई फोन गरेँ - सरि आज भेट हुदैन हाम्रो अरु कुनै दिन समय निकाल ।
हा हा हा हा ....
किन यस्तो अट्टाहस ?
ओ मुर्ख, आइ लाइक यू , तिमी मेरो ठिक बिपरीत छौ म यतिबेला पानीमा भिजी रा’की छु । मलाइ म भन्दा बिपरीत मान्छे भब्य मन पर्छ ।
उस्ले पानीमा भिजी रा’की छु भनि ऊ भिजी रा’को चित्र मैले दिमागमा कोरें मेरो मनमा एक प्रकारको करेन्ट प्रवाह भयो मन बेचैन भयो तर बाहिर पानी परेको छ ।
उताबाट- खुरुक्क आउ , सक्छौ निथ्रुक्क भिजेर
यताबाट- सरी सेक्सी लेडी, मलाई यो बिहान भिज्ने रहर छैन
उस्ले भनि- छि ! पानी मरुवा, ध्वाँको बादल ओढेर सुत
मैले भने - हैन सिरक ओढेर सुत्छु,
फेरी भनि- आज आएनौ भने तिमीले यो समयको मूल्य चुकाउनु पर्ने हुन्छ ।
मैले भन्नै नपाइ उस्ले फोन काटी म सिरक भित्र गुटुमुटु योगमा लागे ।

                     ***

लगतार पन्ध्र दिन सम्म उ संग मेरो सम्पर्क हुन सकेन यानेकी लगतार १५ दिन सम्म मैले सम्पर्क गर्न खोजी रहें । अहो ! मलाइ यो के भइ रहेको हो किन यत्रो छटपटी म मा हुर्की रहेको छ । सायद उस्ले भनेको मूल्य म चुकाइ रहेको छु ।

शिल्भियासंग मेरो पहिलो भेट थिएटर मलको बाहिर भएको थियो । राइटर सौरभको  आन्दोलन हेर्न जाँदा । म काठमाण्डु भर्खर ओर्लिएको थिएँ र राइटरले पुरानै काठमाण्डुको चित्र सफा नगरी मेरो दिमागमा सेट गरिदीएछन।  म आफैंलाई लज्जा बोध भयो । म निर्धारित समय भन्दा केही पछि त्यहाँ पुगेको थिएँ तर थिएटर मल हाउस फुल ।

पुन : काठमाण्डु बाँच्ने मेरो रहर हैन। यो कथामा उभिन राइटरले मलाइ यहाँ झिकाए । जिन्दगी एउटा पात्रमा साटिए पछि र पात्र राइटरलाई मन परे पछि जहाँ सुकै जुन सुकै भुमिकामा उभिदीन आउनु पर्ने यो पात्रहरुको जिन्दगी हो ।

त्यस दिन त्यो हाउसफुल समयको भोक मेटाउन शिल्भिया पात्रलाई राइटरले त्यहाँ झिकाएको हुनु पर्छ । बहुत खुब इन्ट्रि थियो उनको । टाइट गेटअप सेक्सी लुक्स बायाँहातमा हेल्मेट दायाँहातमा सानो ब्याग । म गेट किप्परसंग केही सोध्न खोज्दै थिँए । किप्पर लक्का जवान । ला... शुरु भइ सक्यो किन त बाहिर तपाइहरु -शिल्भिया
म - हाउस फुल
किप्पर - भित्र जान मिल्दैन
शिल्भिया - मिलाउन
किप्पर - कसरी मिल्छ ?
म ट्वाँ परें के उत्पात्की केटी च्याप्पै किप्परलाई समातेर किस हान्दी - लु यसरी मिल्छ खोल ढोका
किप्पर हेरेको हेरै म हेरेको हेरै । ओ योंग् मेन भूलोकमा ओर्ल, सपना नदेख
म अर्को चकित ! किप्पर त गेट किप्पर हैन रहेछ हामी जस्तै पात्र हाउस फुलको शिकार
किसरकेटी - क्या ल्याङ गरिस ब्रो मेरो किस बालुवामा पोखियो । केटो चकित हुँदै हिंड्यो ।

थिएटरमलको बाहीर बाट भूकम्पले शिकार गरेको धरहराको अस्थिपन्जर रोइ रहेको थियो । ध्वाँ धुलोको अन्तिम किनारमा स्वयम्भू धमिलो देखिन्थ्यो । मेरा आँखा बाहिर घुमिरहेका, ध्यान किसर केटी तिर केन्द्रीकृत हुदै गइ रहेको । काठमाण्डु यति मोर्डन भइ सकेछ उ बेला मेरो एक किसले बरी .. !  उफ ! पुरै पुरना कुरा इन्स्टल भयो । उस्को त्यही शब्द सापटी लिएर म भनि रहेछु कस्तो उत्पातकी मात्तिएकी केटी ।

किसरले शिर पुच्छार सर्रै हेरी - अरे ओल्ड ब्रो कहिलेकहिं त्यस्तै हुन्छ फोगट्मा किन तिमी त्यो किसमा झुण्डिएर आत्महत्या गर्न खोजी रा’का छौ ।
म -एक्सक्युज्मी !
उ- ह्वाट ? म मान्छे हेरेर उस्को नेचर पढिदीन्छु
म- सरी, तिम्रो भ्रम हो त्यो म यति बेला तिम्रो किसमा हैन मेरै किसको इतिहास पल्टाइ रहेको छु ।

मान्छे अरु पनि आए र गए । हामी दस मिनट त्यहा बस्यौ  साइक्राइस्टले भित्र फोन गरी सायद उस्को केही परिचीत हुनु पर्छ । ओए हामी दुइजना छौ यसो मिला त लु
मैले हामी दुइ भन्दा अरु त्यहाँ देखिन उस्को दुइ जना म भन्दा अरु को हुन सक्छ ? म सोच्दै थिएँ , साँच्चै उ मन पढ्दी रछे , अरे यार तिमी र म दुइ जना  अरु खोज्न आँखा नपठाउ । ओएले उताबाट भनेको हुनु पर्छ - के भन्छे यो ? हैन यहाँ भनेको छिटो मिला न उस्ले फोन राखी ।

म भित्र जाँदिन एक्कासी यो शब्द कहाँबाट चुहि हाल्यो र भनें कसैलाई पर्खी बस्छु ।
किन ?
शुरु भइ सकेको नाटक अँ हँ हेर्दीन ।
कहिले हेर्छौ त ?
नाटकका पोस्टर भित्ता भरि  टाँसिएका थिए म तिनै पोस्टरहरु हेर्दै अब यो नाटकै हेर्दिन,
किन ?
आज शुरुबाट हेर्न पाएको भए यस्को अन्तय सम्म हेर्न मजा आउथ्यो यो खोसेला नंग्याइ सकेको मकै पोलेर खान के को स्वाद ।
उस्ले मुन्टो हल्लाइ  र  भनि को साथी ?
होलान कोहि न कोही भेटिएलान एक न एक यि तिमी जस्तै ।
हा हा हा क्या फन्नि म्यान ।

ओएको फोन आयो - छिटो आइज उस्ले मलाइ हेरेर आँखीभौँ उचाली मैले मुण्टो हल्लाएँ उ गइ म त्यही रहें । मैले केही सोच्न सकि रहेको थिइँन यो केटीको बारेमा । यस्को इतिहासको चित्र दिमागमा क्रेट नगर्दै उ दुइ मिनटमा फुत्त बाहीर आइ । मैले केही सोच्नै नभ्याइ उस्ले च्याप्प मेरो हात समाती र जौँ हिड भनेर मलाइ लगी । ग्राउण्ड फ्लोरमा पुगेर म तिर हेर्दै बाइक छ ? मैले मुन्टो हल्लाएँ उस्ले पनि ओठ ट्याप्प कसेर बुझेको भावमा मुन्टो हल्लाइ ।

हामी कहाँ जाँदै छौ के गर्न जाँदै छौ के का लागी जादै छौ र किन जाँदै छौ केही थाहा छैन तर जादैँ छौ । अझ भनौ उस्ले मलाई लाँदै छे स्कुटिको पछाडी बसाएर ।

काठमाण्डौ मल बाट निस्किदा मैले भन म बसमा जान्छु उस्ले शिर पुच्छार हेरी र पुन: नजर पज गरेर मेरो जाँघमा लगेर रोपी म झस्किए उस्ले थाहा पाइ । उस्ले आफ्नो तल्लो ओठ माथ्लो ओठको मुनी हुली र स्कुटीबाटै चारै तिर नियाली ।
तिमी साथी पर्खिन्छु भन्थ्यौ हैन,
हो
अनि किन आयौ तल ,
तिमीले लिएर किन आयौ ?
उसो भए बस पछाडी
म अल्मलिएँ
अरे यार तिमी ब्रम्हाको लास्ट नमुना पिस रहेछौ मेरो हात समातेर पछाडी बस्न लगाइ ।
मैले मनमनै भनेँ म ब्रम्हाको हैन राइटरको पिस हुँ ।

यतिन्जेल हाम्रो परिचय भएको छैन म बेनाम केटीको पछाडी बसेर हिँडी रहेको छु । उ बेनाम पुरुष बोकेर कुदाइ रहेकी छे । चिन्नु जान्नु केही छैन सोध्न पनि के सोध्नु ? सोधे पनि सिदा जवाफ दिनुको साटो उस्को बेग्लै एक्टिभीटिको सामना भेग्नु पर्ने म चुपै रहेँ ।

कस्तो उत्पातकी केटी ! नमुना म हैन उस्को ब्रम्हा हो अर्थात ऊ हो । हुन त म आफ्नै लागी पनि सोझो सत्य र अशल छैन । मैले मेरो बारेमा भनि रहनु केही जरुरी छैन म कति के छु त्यो तपाइहरुले थाहा पाइ हाल्नु हुने छ ।

कति बेसोमती सिधैं तिमी भनि कम्तिमा उमेरको हेक्का राखेर त बोल्नु पर्छ म भन्दा झण्डै बिस बर्ष कान्छी केटीले नानाभाती सम्बोधन गर्दै तिमी भन्छे । तपाइँलाई यादै होला मलाई केटीको उमेर पत्ता लगाउन कुनै नौलो कुरो हैन । तर जे होस यो केटीमा अपनत्व भने डेन्जर झल्किन्छ । हाउभाउ र रुखो सम्बोधनमा बेग्लै मिठासको गन्ध महकाइ रहेको छ ।

साँच्चै उत्पातकै केटी हो, चिन्नु न जान्नुको मान्छेलाई सिदै समाएर किस गर्छे चिन्नु न जान्नुको मान्छेलाई पछाडी राखेर कुदी रहेकी छे । ऊ आन्दोलन हेर्न आएकी म आन्दोलन हेर्न आएको । आन्दोलन हेर्न पाएको भए यो केटीसंग भेट हुनेनै थिएन । आन्दोलन हेर्न पाएको भए हेरी सकेर हामी आ-आफ्नो गन्तब्य तिर हुने थियौ। तर त्यसो भएन र योजनाहरु निष्क्रिय भए । अहिले सोच्दै नसोचेको कुरा यो सेक्सी हट केटी संग पछी बसेर कुदि रहेको छु । कहाँ कुदेको छु किन कुदेको छु केटी नै जानोस ।

यो हटकेकका पनि त योजना हुँदा हुन योजना भन्दा बाहिर कसरी बाँची रहेकी छे म अचम्मको फर्सी दिमागमा उसिनी रहेको छु । एउटा उन्मुक्त सिपाहीको जस्तो यो केटीको स्वभाव किन छ ? अहिले नेपाली नारीको विकास यति तिब्र भइ सक्यो ? राइटर क्या हरामी यो वर्तमान परिस्थिती मेरो भेजामा डाउनलोडै नगरी मिस हटको सामुन्ने राखिदीयो । उस्ले मुन्टो पछाडी मर्कार भनि ओ नमुना मनमा धेरै कुरा नखेलाउ मन बिग्रेर गनहाउछ ।

उस्ले मेन रोडबाट स्वाट्ट स्कुटी भित्र छिराई । म झरें उ पार्किंग तिर गई । ओरपरी घुमेर हेरे अहिले हामी ब्लुबर्ड मलमा आइ पुगेछौ । एउटा मल बाट अर्को मलमा । उसै गरि हातमा हेल्मेट बोकेर आइ र हिंड जौ भनि । म उसैका पछी लागे । हिमालयन जाभा भित्र पसी म पनि । टेबल सफा चट बेग्लै मदहोसी टाइपको वातबरण । शान्दार लाग्यो उस्ले दुइ कप कफि मगाइ म कफि खान्न भने । उस्ले आँखा ठुला पारी र भनि ह्वाट ? कहिल्यै नखाने ? त्यस्तो त हैन, त्यसो भए अहिले खाउ । खाँदिन
के को भाउ खान्छौ हौ खाउ न खाउ यदि कफि खाएर मरेछौ भने म मलामी जाउला
मैले उ तिर हेरें बल्ल खिस्स हाँसी जोक गरेको क्या फन्नि मेन । कातील हाँसो हाँसोले भित्र कतै आनन्दको सारंगी रेट्यो ।

म कफि खान्न भन्दै थिएँ तर यस्तो सुन्दर कफि मैले जीवनमा देखेकै थिएन । तरल पदार्थलाई पनि सजाउन मिल्ने रहेछ क्या खुब त्यस माथी यति बिघ्न सुन्दरीले पिउन फोर्स गरिरहेकी छ । एउटा सर्तमा मैले कफि पिउने भएँ उस्ले सहजै स्विकार गरी । कफिको स्वाद यति तितो पहिलो पल्ट थाहा पाएँ त्यसो त पहिलो पल्ट यस्ती केटीको फेला परि रहेको छु ।

उ कफिकी अम्ली नै रहिछे बडो मस्तिले सुरुप्प पारी । आफ्ना सेता खिरीला दुई औँलाले चुरोट समाती र मुख भरी ध्वाँ भरेर बडो स्टाइलले ध्वाँको सिक्री बनाउदै हावामा छोडीदी । एउटी सुन्दर केटी र ध्वाँको सिक्री । उत्पाते केटी चुरोट पनि खाँदी रछे कस्तो पुरै बरीको झल्को दिलाई यो मोरीले कि मान्छे नै उहि हो ! तर अं हँ यो सिदै किस गर्न झम्टिन्छे उ यस्ति छदैं थिइन ।

उ ढंगले फिलमा चुरट र कफि पिउदै थिइ । म अलमल्लको भुमरी तापेर बसेको छु कम्तिमा परिचय त गर्नु पर्छ । उसैले जोड गरेर ल्याइ मलाई, उसैको पछि आएको हुँ म अब उसैले शुरु गर्नु पर्दैन ? म आफु गरौँ भने प्याच्चै केही भन्ली भन्ने डर । मलाइ यो कुराको राम्रै अनुभव छ म चुपै बसें ।

उस्ले एउटा चुरोट नसकिदै अर्को सल्काइ मैले उसकै बट्टा बाट एउटा चुरोट निकालेर सल्काए । उस्ले मलाइ हेरी अँ तिमी कस्लाई पर्खि बसेका थियौ ए पहिला सुन ! मलाइ यो औपचारिकता उच्च आधार मन पर्दैन नाटक जस्तो लाग्छ त्यसैले सिधै बोल्छु बिना सम्बोधन । तिमी रिसाए रिसाउ तर म तपाइ हजुर सके सम्म कसैलाई भन्दिन । अँ भन ? को थियो भित्र ?
यो पछिल्लो पटक  सहर प्रबेश पश्चात यति धेरै सम्पर्क भएको पहिलो ब्यक्ति तिमी हौ । मेरो अहिले सहरमा कोहि साथी छैन र त्यहा पनि कोही थिएन । बस म जस्तैको खोजीमा थिए कोही भेटिन पनि सक्थे तर तिमीले मलाई भेट्यौ ।

म किन नाटक नहेरी निस्के अनुमान गर्छौ ?
यो बिषयमा म  कम्जोर छु तिमी आफैं भन,
पहिलो कुरा बिना साथी तिमी साथी पर्खीरहेका थियौ दोस्रो कुरा शुरु भइ सकेको नाटक नहेर्ने तिम्रो बानी र तेस्रो कुरा तिमी बिना सिफारिस नाटक हेर्न आएका थियौ । यो सहरमा अर्थात यो जमनामा बिना सिफारीस यसरी नाटक हेर्न हिड्नु या कुनै प्रोगाममा जानु कस्तो इन्ट्रेस्टिंग् कुरा । यहाँ हरेक काम सिफारिसमा हुन्छ र म पनि सिफारिसमै आएकी थिएँ । त्यस माथी म जस्तो हट केटीले संगै भित्र जाँउ भन्दा पनि गएनौ । करिब दुइ मिनट नाटक हेरी रहँदा मलाइ नाटक र नाटकमा आउने पात्र भन्दा तिम्रो इन्ट्रेस्टिङ क्यारेक्टरले खिचेर तिमी तिर तान्यो ।

म न्यालीरहेछु तिम्रो मनमा केही न केही उकुस मुकुस छ र मेरो यो अशिष्ट धृष्टताले तिमीलाई खल्बल्याइ रहेको छ । हँ ! तिमीलाई कसरी थाहा भयो कि म खल्बलिएको छु ?
तिम्रो डुबाइले भनि रहेछ तिमी मलाई  कोही संग कम्प्यारिजन गर्दै छौ र तिम्रो नजर छट्पटी रहेका छन मेरो ब्रेस्टको आक्रमणले । यदि म राइट छु भने तिमी मलाई जान्न चाही रहेका छौ हैन हैन म राइट नै छु तिमी परिचय गर्न आतुर देखिन्छौ ठिक छ गेस गर मेरो बारेमा कति कुरा मिलाउछौ तिमी र म पनि ।

आज यस्लाई गेम ठान जस्ले जित्यो उस्कै मर्जी ।
मर्जी ?
हो मर्जी ।
हैन हैन यस्तो आत्मघाती प्रस्ताव अगाडी नराख म मा हिम्मत पलाउँछ कि यो खेल हारिदीउँ ।
चाख्लाग्दो मान्छे ! एउटी जवान केटीका सामू प्राय सबै लोग्ने मानीसको धारणा उस्तै उस्तै हुन्छ र यस बाट तिमी चै कसरी टाढा रहन सक्छौ ? ए हिंस्रक मान्छे म मा दया देखाउन नखोज यस्ता पुरुष मलाइ मन पर्दैन ।

सुन, तिमी हक्की स्वभावकी लागी रहेकी छेउ आफ्नो मर्जीको मालीक आफैं मलाइ तिमी संग गफि रहन रमाइलो लाग्दै गइ रहेको छ । तिमी यही सहरकी बासीन्दा हौ र एक अबिबाहीत सेक्सी स्वास्नी मानीस । तिमी अरु जो हौ त्यो मेरो चासोको बिषय हैन तर तिम्रो बारेमा केही जानौ भन्ने उत्सुकुता पलाइ रहेको छ र तिमी एक नेवार समुदायकी सदस्य झल्की रहेकी  छ्यौ ।

उस्ले बिल तिरी मैले अर्को चुरोट सल्काएँ र हामी तल झर्‍यौँ । उस्ले मेरो शर्त मुताबिक जाने ठाउँ सोधी मैले वानेश्वर आसपास जहाँ गए पनि हुने कुरा राखे । यो स्वास्नी मानीसले एक अपरिचीत अधबैंशे पुरुषलाई आफ्नो स्कुटीमा बोकेर कुनै भट्टी पसल पुर्‍याउने छे र मेरो बारेमा मन लाग्दी बोल्ने छे ।

प्रसुती हस्पिटलको बाटो हुँदै उस्ले बबरमहल निकाली । आक्कल झुक्कल उस्को शरिर र मेरो शरिर बिचबाट हावा बाइपास हुने बाटो रोकिन्छ । शरीरमा एक प्रकारको तरंग फैलावट हुन्छ म बुझ्दीन किन ऊ बिना प्रसंग ब्रेक दबाइ रहन्छे म फाइदा उठाउन सकि रहेको छैन ।

अहिले यो शिरिष फुल्ने याम हैन शिरिषका निला फूलहरु छैनन उसोत शिरिषका रुखहरुनै बचेका छन र कहाँ ? त्यसैले निलो आकाश छैन सफा सडक छैन सफा हावापानी छैन बाक्लो सवारी चाप छ सबैका चेहरामा माक्स छ यो सहर एउटा अशिष्ट जिन्दगी जस्तो यो सहर एउटा बिग्रीदै गएको फर्सी जस्तो ।

बुद्धनगरमा उस्ले स्कुटी साइड लगाइ र फोन उठाइ । सम्भवत: त्यो फोन ओएको हुनु पर्छ । भो नकरा बिचबाट हेर्न मजा आएन र निस्कीएँ अँ सुन स्कुटी पानीट्यांकी अगाडी हुन्छ लैजा है । उताको संवाद सुन्न सकिएन उस्ले फोन राखी ।
महोदय जाबो स्कुटीमा पनि अलग्गै बस्न मिल्दो रहेछ है ? अलि अगाडी सरेर पनि तिमी शान्त बस्न सक्छौ बुझ्यौ नी ? ओहो चलाउन अफ्ट्यारो भएछ म उस्को कुममा हात राखेर अगाडी सरे । कुमबाट हात निकाली हाल्न पनि मन भएन राखी राख्न पनि अफ्टारो । कस्तो महकता मिसीएको यो स्वास्नी मानिसको शरिरमा म हात मन नलागी नलागी निकाल्छु ।

एउटी सुन्दर महिला साथैमा हुँदा जे जस्तो सोंच र भावना पुरुषमा आउनु पर्ने थियो त्यो सबै ममा स्व: स्फुर्त आइ रहेछ । यो केटीको यस प्रकारको सामिप्यताले म खनिओप्पालाई सम्झिन्छु । ऊ मेरा निम्ती आफुलाई सुम्पिन्थी । म हेड हन्टरकी छोरी र भैँसी गोठाल्नीलाई पनि सम्झिन्छु । त्यो कत्रो भोक थियो शरिरको जबर्जस्ती गरि गरि परिपुर्ती गर्नु पर्ने । यो केटी यती नजिक हुँदा पनि छुनलाई मनमा बिभिन्न धारणाहरुको ठेलाम्ठेल हुन्छ । निकै अफ्टायारो मुल्यवान मृत्यु बरण गरि बरिले र मलाइ निस्सार अँध्यारो छोडेर गइ । म यो केटीमा मुजुरा पनि देख्छु प्रेम बिहीन स्वास्नी भित्तामा टाँगिएकी । अब यो स्वास्नी मानिसको अर्को रुप कस्तो हुनेछ मनमा प्रश्नवाचक चिन्ह उभिएको छ ।

वानेश्वर नबिल बैंकको आँगनमा पुगेर स्कुटर रोकियो उस्ले यहाँ चै हेल्मेट सिट खोलेर डिक्कीमा हाली र पानी पुरी भैयालाई चाबी दिदै भनि भैया स्मिता आउँछे है मेरो नामको एक प्लेट देउ त्यसलाई । उ निकै ब्यस्त थियो मान्छेको बाक्लो भिँडले उस्लाई पुरि रहेका थिए र पनि उस्को आवाज भिँड छिचोल्दै बाहिर निस्कीयो हवस  । हामी त्याँह बाट चोक तिर फर्क्यौ उस्ले उस्को ठेगना बताइ स्मिताकै घरमा रुम छ यस्को तर मैले सोधिन स्मिताको घर चाहीँ कहाँ छ । उस्ले बताकि नै कहाँ छ र आफु कहाँ बस्छे ।

सहर आजको दिन निलेर अध्याँरो भित्र्याउने तरखरमा छ निष्क्रिय ल्यम्पोष्टहरुको सजिबता झल्किन शुरु गरि सकेको छ । सहर भरि सडक भरि जताततै मेलाम्चीको डोब गनाइ रहेको छ । गाडीहरु प्यासेन्जर भन्दा ज्यादा धुलो र ध्वाँ बोकेर गुडि रहेका छन । यो काकाकूल सहर मुर्दा मेलाम्चीको कात्रो ओढेर धुलो र ध्वाँको चिहानमा पल्टि रहेको छ भेइकलहरु निरन्तर शंख फुकि रहेका छन  भेइकलहरु निरन्तर मलामी बगि रहेका छन र कति बिघ्न मान्छे सल्बलाई रहेका हुन यो बानेश्वरमा ?  यो काकाकूल सहरको सन्ध्याकालिन समयमा धिप्धिपे ल्याम्पोष्ट, मेलाम्चीको गन्ध, ठेलाम्ठेल गाडी, धुलो र ध्वाँ अनि संग संगै सल्बलाई रहेका मानिसहरु ।

मध्य सडकमा उस्ले चुरोटको प्याकेट निकाली बट्टा म तिर फर्काइ एक खिल्ली मैले निकाले लाइटर म संगै थियो लाइटर उ संगै थियो । धुवाँको साम्राज्यमा फेरि अरु धुवाँ । कति बेप्रबहा हो यो केटी चुरोट बुगं बुंग् तान्दै हिंडीरहेकी छे मान्छेहरु एक तमासले उस्लाई हेरिरहेका छन उस्लाई कसैको प्रबाह छैन हामी शंखमुलको ओरालोमा छौ । उ यो सहरको दुर्गन्धित ब्यबस्थाको बयानमा छे । आज भोली प्राय सबै मान्छे यहि खेतीमा छन ।

छिनेको कम्मर कस्सिएको खिरीलो शरिर पोइन्टेड हिप अलि अस्वभाविक उठेका आक्रशक छाती र झण्डै साँढे पाँच फिट हाइटकी यो स्वास्नी मानिसलाई हेरेर थुक ननिल्ने लोग्नेमानिस सडकमा कोहि देखिन । ऊ भनि रहेकी छे य सहरका नजरले दिनदिनै दिनरातै बिहान देखी साँझ सम्म साँझ देखी बिहान सम्म जहाँ जहाँ म पुग्छु त्यही त्यही बल्तकार गरि रहन्छ । यो बल्तकारी सहर र यि बलत्कारी नजरहरु ।

म भन्छु यो सहर बलत्कारी हुन यि नजरहरु बलत्कारी हुन तिमी छौ नै त्यस्ती खतरनाक जो कोहि पनि मोहित भइ जाने । यस्मा मेरो के दोष त ? दोष हैन उपहार हो उपहार भन तिमी जस्तै हुने रहर कतिको हुँदो हो तिमी भने दोष खोजी बसेकी छौ ? देख्नु र भोग्नु नितान्त फरक कुरा हो मिस्टर ओल्ड मेन । उस्ले फेरी मेरो चेतनामा हिर्काइ बुढो भनेर । उस्ले बलत्कारी सहर भनि मैले हेड हनिटरकी छोरी र भैंसी गोठाल्नी देखे । उसो त मार्टिन्चीलाई पनि मैले बलत्कारै गरेको हो एक सौहार्द बलत्कार । र यो सुन्दर केटी बल्त्कारी सहर र बलत्कारी नजरहरु त्यस माथी मिसिएको छ यो बुढो मान्छे अर्थात ओल्ड मेन र पुन: बलत्कारी नजर ।

यो सन्ध्याकालीन समयले हामीलाई शंखमुलको पुल क्रस गराएर एउटा नेवारी खाजाघर भित्र प्रबेश गरायो । छरपस्ट पोखिएको थियो काँचो गन्ध खाजा घरमा जस्तो खिचापोखरी तिर कसाइखाना गनाउँछ । उस्ले सरासर भित्र सिंगल टेबल भएको क्याबिनमा लगि भित्र अलि तन्किएको ठाँउ थियो झन्डै त्यहाँ टेबल र चार कुर्सी आँटेका छ सातवटा क्याबिन थिए । मलाइ लाग्यो यो केटीको अड्डा हो यो तर शर्त त मेरो थियो । साउण्ड सिस्टमको काम चलाउ ब्यबस्था गरिएको त्यस भट्टि पसलमा पुराना हिन्दी गजल छाइ रहेको थियो ।

काम गर्ने एउटा कुमार ठिटो हाम्रो टेबलमा झुल्कियो उस्ले म तिर इसरा गरि मैले उतै इसरा मोडिदीएँ । उस्ले चारशिल सेकुवा दुइ प्लेट साँधेको भटमास र फ्रुट सलाद भनि । ठिट्टोले ड्रिंक्स भन्यो उस्ले म तिर हेरेर कुन भनि मैले प्योर लोकल छ ? भनें, ठिट्टोलाई उस्ले छ नभन्दै ऊ बोली साला सिपाहीहरु गुन्द्रुकको झोलमा जात फाल्छन । उस्ले ओल्ड दरबार हाफ मगाइ ।

कत्रो हिम्मत यो केटीको ? मेरो आत्मा सम्मानको पिरामीड गर्‍ल्याम् गुर्लुम्म भत्काइदी एकै झड्कामा । उस्लाई औपचारिकता मन पर्दैन भन्दैमा यति बिघ्न निकृस्ट हुन पनि के एक स्वास्नी मानिसलाई शोभा दिन्छ ? ऊ लामो जुग देखि घनिष्ठहरु संगको उठबस जस्तो गरि रहेकी छ म संग । मेरो मन यति बाक्लो सानिध्य पचाउन आनाकानी गरिरहेको छ  । म संग म भित्रको पुरुषत्व क्वाँ क्वाँ रोइ रहेको छ । हाय  ! यो के लिला हो म बुझी रहेको छैन एक मोर्डन युवती, असौदो भाषा शैली हार्ड ड्रिंक्स र साथमा एक अपरिचीत लोग्ने मानिस । आज किन हो बेला बेला यो समयलाई म बिस्वासै गरिरहेको छैन ।

उस्ले म तिर चुरोटको बट्टा लम्क्याई मैले एक खिल्ली निकालें । गुलाबी ओठबाट ध्वाँ उसै गरि सिलिंग् तिर धकेली ध्वाँ ब्रेक डान्स गरेझैं मर्किदै मर्किदै उकालो बग्यो। यति बाक्लो चुरोट खानु उति लाभदायिक त छैन हैन ?
के म एक छोरी मान्छे भनेर तिम्रो दिमागमा यस्तो चेतना जागृत भएको हो ? यदि हो भने भन ए पुरुष महिला जातीले चुरोट खान हुदैन भनेर कुन शास्त्रमा लेखिएको छ ?
हैन हैन यति गहिराइमा जानु पर्दैन मात्रै मेरो संकेत हो कि तिमीले  चुरोटखाइ रहेको त्यती सुहाइ रहेको छैन ।
हाहाहाहा
एउटा लामो अट्टाहास पोखियो हामी पर्दा भित्र छौ बाहिरको गाइँगुइँ गाइँगुइँ एक छिन बन्द भयो ।

ऊ-तिम्रो र मेरो भेट भएको दुइ घण्टा बित्न पाएको छैन तिमी अहिलेनै मलाई आफ्नो प्रभुत्वमा पार्न खोजी रहेका छौ ।
म-यस्लाई हक जमाउनुनै भनिन्छ त ?
ऊ - अब्यस्ली, हेर यो पुरुष प्रधान समाजमा पुरुषहरु हाबी हुने प्रबृती जताततै छ । तिमी मलाइ मेरो हेल्थ या संस्कार तेर्स्याएर चुरोट नखानलाई सुझाइ रहेका छौ यो पुरुष प्रबृति हाबी हैन त ? अरे यार ! हेल्थ त तिम्रो पनि छ नी तिमी पनि नखान सक्छौ हैन ?
म- (भनि जान मन भयो जो नभने पनि हुने कुरा हो )ठिकै छ यो प्रबृतीको खोल ओढेर तिमीलाई नखाउ भन्दा तिमी के गर्छौ ?
ऊ- (खिस्स हाँस्दै )शानले यो बट्टा यही सकिदीन्छु ।
-फेरी मेरो चेतना घाइते भयो फेरी मेरो पुरानो याद ताजा भयो । ऊ भन्थी शानले दस वटा चुरोट खाइदिन्छु । यो केटी मलाई बिलकुल उही जस्तो लागी रहेकी छे । यस्मा म उस्लाई किन खोजी रहेछु?

उस्को अर्डर बमोजीम अहिले टेबलमा हरियाली छाएको छ । पहिले पुन चुरोट सल्काइ र आफ्नो लागी एक पेग बनाइ मैले गिलास भरि लोकल सारें साँधेको भटमास एक चम्ची चपाउदै भनि वाह ! भने जस्तै पिरो भएछ । गिलास उठाएर चेस भनि मैले पुरै गिलास स्वाँट्ट पारें उस्ले एक चुस्की मात्रै लिइ ।

तिमी एक भुपु सिपाही ।
कसरी थाहा भयो तिमीलाई ?
सिपाहीहरु लाउन र खानमा शौखिन हुन्छन त्यो तिमीमा देखिन्छ । कठोर नियमको पालनाले सिपाहीहरु पत्थर जस्ता हुन्छन, महिला प्रतिको हेराइ अरु मान्छेको भन्दा अलि फरक हुन्छ सायद लामो समय महिलाबाट टाढीनुको कारण पनि हो त्यो अर्थात शिकारी हेराइ ।
यो लेडी के के भन्छे भन्छे । म बुढो मान्छे  भुपु सिपाही शिकारी हेराइ र लाउन खानको शौखिन वाह ! तर कसरी मलाइ पढी रहेकी छे ऊ ? म चकित छु ।

तिमी पुर्बी पहाड तिरको बुढो हुदैं गएको एक भूपु सिपाही  तर किन बिहे गरेनौ ?
मैले बिहे गरेको छैन भनेर कहाँ लेखिएको छ ?
तिम्रो स्वभाव र आचरणमा’ बरु केही केटी संग राम्रै उठबस गर्‍यौ तिमीले र त यती खुशी छौ फकिर जस्तो आफ्नै मनको मालीक छौ ।
किन बिहे गरेका मान्छे खुशी रहदैनन र ?
खुशी त्यो पनि बिहे गरेका मान्छे यो पुरै असम्भव कुरा हो ।
कसरी तर धेरै हाँसी खुशी परिवार देखेको छु मैले ।
त्यो भ्रम हो समाजका लागी देखाइने एक नाटक ।
म - त्यसो त जिन्दगी एक भ्रम हो हैन र ?
ऊ - कसरी ? जिन्दगी एक वास्तविकता हो । जिन्दगी चलाउन सजिलो होस भनेर जति पनि मुल्य मान्यता र नियमहरुको चांग् लगाइएको छ र जुन बिस्वास को नाम रटेर हामी जिन्दगी तिर ढल्किएका छौ त्यो भ्रम हो । जिन्दगी खुद भ्रम हैन । हामी भ्रममा चाँही बाँची रहेका हुन्छौ ।  र जुन परिवार खुशी देखेका थियौ र त्यसलाई तिमीले बिहेको खुशी भनेर चिन्यौ भने त्यो चाँही सरासर गलत र खतारनक भ्रम हो । यो भ्रमले त तिमीलाई बिबाह तिर अग्रसर गराउँछ ।
भूपु सिपाही - अनि के बिबाहनै नगरि बस्नु ? के यो सम्भव छ ?
स्मोकर - (चुरोट सल्काउदै) मैले त्यसो भनेकी कहाँ छु र मेरो मनशाय त खुशीको भ्रम बाट बाहिर निस्क भन्ने पो हो त । तर सम्भवको नै कुरा गर्छौ भने त असम्भव केही छैन । यो सामाजीक सु ब्यबस्थाको हाउगुजी देखाएर ज जस्ले जुन जुन अबस्थामा जे जे मुल्य मानयताहरु स्थापित गरे त्यो सबै आफ्नो हित हेरेर गरे । अझ भनौ शक्तिशाली बर्गले कम शक्तिशाली माथी गरेको राजनीति हो सब । जब सम्म यो संसारमा मान्छे रहिरहन्छन तब सम्म यो प्रक्रिया कुनै न कुनै रुपले चली रहन्छ । तिम्रै आँखाले देखेको सामन्य कुरा बिचार गर न  के गाइ गोरुले कहिल्यै बिहे गरेका देखेका छौ ? मान्छेको उदय काल देखिनै गाइ बस्तु थिए र अहिले पनि छन । खै बिहे त कहिल्यै भएको देखिदैन ?

मैले अर्को बोतल थपें उस्ले भटमास र चुरोट मगाइ सेकुवा पुन अघि आइ सकेको छ खाने क्रम अहिलेनै रोक्की हाल्ने अबस्था छैन । होटलमा चाप बढ्दै गइ रहेको यो रक्सीहा  रात हो ।

म - यो त भयंकर असमाजिक कुरा भएन र समाज बिरोधी ?
ऊ - बस्तुगत तथ्य यानी प्रकृती प्रदक्त कुरालाई अस्विकार गरेर मान्छे भाग्छ कतिन्जेल ? सत्य जे छ त्यस्लाई त अंगिकार गर्नै पर्छ हैन र ? यो बिबाह भन्ने चिज पनि त्यस्तै हो प्रकृती प्रदक्त हैन । तिमीलाई ज्ञात हुनुपर्छ संसारमा बिबाह नगरेका पनि थुप्रै मान्छे छन जो तिमी छौ म छु । र सुन बिबाहको मत्लब भन्नु प्रजनन प्रक्रियालाई निरन्तरता दिनु हो यो कार्य सिद्धीको निम्ती त बिबाहनै आबस्यक छैन नी । यो त एउटा ब्यबस्था बनाइयो र सामाजिक संस्कार भनेर नाम भजाइयो । यस्को पछाडी पनि मत्लब छ - नारी दण्डहिनता । तिमी न्युट्रल भएर हेर यो समाजमा जति पनि संस्कारहरु छन त्यो सबै नारी थिचोमिचोका निम्ती बनाइएका छन । तर तिमी पुरुष भएर सोच्दा तिम्रो पुरुष चेतनाले यो कुरालाई स्विकारै गर्दैन । मुख्यतय पुरुषहरु महिलालाई एक स्टेप माथी भएको हेर्नै चाहदैन । स्विकार्नु नस्विकार्नु आफ्नो ठाउँमा छ तर बस्तुगत सत्य यहि हो ।

अहिले उस्को बिचारको अग्नी तेजवान भइ रहेछ म उस्को लागी एक पेग बनाइदिन्छु र म एउटा चुरोट सल्काउछु उस्को हातमा अलरेडी चुरोट छ मैले दुइ बोतल लोकल सकिसकेको छु ऊ एक्लैले आधी भन्दा बढी ओल्डदरबार सकि सकेकी छ म आफु पनि ओल्डदरबारो एक पेग बनाउछु ऊ मेरो पेग हेरीरहेकी छे ।
म- यो सुयोग, सुयोगबीर सिंह ।अब तिमीलाई तिम्रो नामले सम्बोधन गर्न चाहन्छ ।
ऊ - निकै छोटो मुस्कान उस्को चेहराको बाटो भएर गुज्रिन्छ र उ मेरै नक्कल गरेर बोल्छे म शिल्भाय, शिल्भिया शाक्य ।एक अबिबाहीत जीबित कुमारी देबी जो यो समाजका कुरितीहरुका बिरुद्धमा छे ।

हामी दुबै पहिलाकै अबस्थामा छैनौ बोतलहरु हामीमा चढेका छन ।

सुयोग - ओ शिल्भिया यदि बिबाहको पबित्र बन्धन यो समाजमा नहुँदो हो त समाज सबै कुसंस्कारको जंजालमा फसेर मान्छेको अस्तित्वनै सक्कि सक्थ्यो हैन र ?
शिल्भिया - तिमीलाई त्यस्तो लाग्दो हो तर मलाई त्यस्तो लाग्दैन । संस्कार जस्तो बसाउँदै गयो उस्तै बस्दै जाने हो । बिबाह त  महिलाको भन्दा पुरुषहरुको हितमा ज्यादा छ ।
म - तिमी त बिहे भन्दा पनि बढी पुरुष बिरेधी जस्तो पो देखिन्छ्यौ ?
ऊ- त्यसो हैन । तिमीले गलत बुझ्यौ म पुरुष भोगी चैं हुँ । मेरा बिचारहरु पुरुष बिरोधी जस्ता देखिएलान तर त्यसो हैन पुरुष चै एक मानिस मात्रै नभएर संस्कारमा परिणत भएको छ  म त्यो संस्कारको चै बिरोधी हुँ मान्छेको हैन ।
लोग्नेमान्छेहरु आइमइका भोगी हुन महिलालाई उपभोग्य बस्तु जस्तो प्रयोग गर्छन । घरमा बिहे गरेका स्वास्नी हुदाँ हुदै लोग्ने बाहीरी केटी संग मोज मस्ती गरि रहेका हुन्छन । त्यो छोड अझै पनि दुइटा तिन्टा स्वास्नी छरछिमेकमा कतिका प्रसस्तै देख्न सकिन्छ । यो त सरासर पक्षपात हो नि । पुरुष संस्कार कस्तो छ हेर न - एक महिला पर पुरुष संग बोल्दा समाजमा त्यो महिलाको कत्रो चर्चा हुन्छ तर पुरुषले बोल्दा तिमीले त्यस्तो भएको कहिल्यै थाहा पाएका छौ ?
म- ओ बिबाह बिरोधी सेक्सी शिल्भया अनि  सेक्स सम्बन्धीको धारणा चै ? त्यो पनि बताउ ?
ऊ- तिमी लोग्नेमानीसहरु जति सुकै जेन्टलमेन भए पनि घुमिफीरि आउने ठाउँ नै त्यही हो । सुन मिस्टर  सेक्सी सिपाही
हाम्रो समाजमा सेक्सलाई अतिनै गौण राखियो र यहि सेक्स परिपुर्तीको निमित्त सेक्स लाइसेन्स हो बिहे चै । त्यसैले बिहे पछी मात्रै सेक्स र एकै जनासंग मात्रै सेक्स भन्ने बुझाइले मान्छेलाई खुशी हुनै दिदैन । त्यस माथी आजको जेनेरेशन नेटमा सेक्स मुबी हेरी हेरी चालु भइ सकेकोछ  । उस्को लागी एकै मात्र सेक्स पाट्नर हुनु भनेको जीवनकै सबै भन्दा ठुलो सजाय दिनु हो ।

म - ए महिला तिमी कत्रो बिरोधाभास बोलिरहेकी छौ कत्रो धृस्टता तिमीमा । भो बन्द गर यि कुरा मलाई यो रक्सी लाग्न देउ ।

उ- कसरी धृस्टता कसरी बिरोधाभास ? सिम्पल कुरा सुन, मानीस बिहान खाएको खाना बेल्का खान नपरोस भन्छ खाइ हाले पनि भोलि पल्ट खान नपरोस भन्छ सेक्सलाई त मानिसले खाना जतीको पनि महत्व दिएन अनि मान्छे कसरी खुशी हुन्छ । भित्रैबाट खुशी हुनु र खुशीभएको अभिनय गर्नु फरक कुरा हो मिस्टर सिंह ।

ऊ- मिस्टर सिंह तिम्रो फोन नम्बर टिपाउ मलाइ म तिमीलाई सेक्सको निम्तो दिने छु । त्यो दिन तिमीले थाहा पाउने छौ खुशीको परिभाषा ।

बिडम्बना म संग फोन थिएन मैले उसैको नम्बर लिएँ ।

सेक्सको निम्तो पाएको मिस्टर सिंह - तिमी जिबीत कुमारी देबी ?

होटल बन्द गर्ने बेला भएछ गेम मैले हारेको घोषणा भयो मर्जी सेक्सी लेडीको चल्यो बिल मैले तिरें ।

बाहीर निस्केर एक एक खिल्ली चुरोट तान्दै खुट्टाहरु हल्का लुलो बनाउदै तर बोली बिल्कुल ठिकमा छ दुबै जनाको ।
जिबीत कुमारी देबी - हो म जिबीत कुमारी देबी मलाइ जान्न एकदमै उत्सुक भएका छौ तिमी, हैन ?
होटल बाहीर चुरोट तान्दै एक भूपु सिपाही - हो निकै उत्सुक छु
चुरोट तान्दै हल्का मातेकी जिबीत कुमारी देबी - बेग बाट कलम र सानो कागज निकालेर केही लेखी र मलाइ दिदै भनि यो पुस्तक किनेर पढ मलाई जान्ने छौ मिस्टर सुयोग बीर सिंह ,एक नामर्द सिपाही ,एक किस किलर, अब तिमी जान सक्ने छौ भन्दै मलाइ धकेली र फेरी भनी फोन लिए पछी खबर गर तिमीलाई सेक्स गर्न सिकाउछु मिस्टर बलत्कारी सिपाही ।

अहो ! उस्ले फेरी मेरो चेतनामा घन ठोकी ।
र सोचें यस्ले शिरिषको जंगल भित्र त्यो एक चोक्टो हरियो चौरमा मलाइ पढी सकेकी रहिछे । यो रक्सीहा केटी संग शिबराजको कति पनि तालमेल छैन ऊ मलाइ रक्सी पिउँदा पनि सम्मान गर्थ्यो । डेरामा पुगेर बत्तीको उज्यालोमा चिल्कटो हेरें एक शब्द लेखिएको थियो -
‘ मिस्टीका ‘ ।

२०१८-१-१०-१४

निबन्ध

मिसीन

सम्झन्छु, सानो छँदा मिसीनसंग नजिक हुने उती बाक्लो अवसर मिलेन । अहिले मिसीन नै मिसीनको जंगलमा मिसीन चलाउन पाउदा खुब आनन्द मिलेको छ ।
अहिले मटक मरुन्जेल मिसीन चलाउन पाइएको छ फरक यति हो मिसीनले बनाएको पासपोर्टमा मिसीनबाटै भिसा हानेर मिसीन नै चढेर मिसीनको जंगलमा मिसीन चलाउनु परेको छ ।

घरमा मिसीनका नाममा एकदमै कम सामाग्रीहरु थिए । बा को दाह्री काट्ने मिसीन पहिलो नम्बरमा पर्छ । बा ले भाटोलाई काटेर गजबको छुरा बनाउनु हुन्थ्यो । त्यतिबेला टोपाजको ब्लेडलाई छुराको तल माथी आयु सकिएका जनैले कसरे बाँध्नु हुन्थ्यो एकदम टाइट । तर खै किन हो एकदम आक्रषक टलक्क टल्किने बट्टाको दाँदे जस्तो मिसीन त्यती चलाउनु भएन ।

अर्को थियो घरको मूल थाममा कपडाको सिक्स एब्सवाला झोलामा झुण्डिएर बोली रहने रेडीयो । बहुत आक्रशक मिसीन लागेको हो रेडीयो । यति सानो रेडीयो भित्र मान्छे कसरी अटाएका होलान ? एउटै मान्छे फरक फरक तरीकाले बोल्छ गाउँछ भन्ने सच्थ्यो त्यो बाल मस्तिष्क ।

र अन्तिम मिसीनका रुपमा आमाको गलामा झुण्डिएको साँचोको झुप्पोमा थियो एउटा बुडो रंग रोगन खुइलिएको नैनी । बुडो यस अर्थमा पनिकी बोरु कर्द धारिलो हुन्थे नैनी नैनी जस्तो मात्रै थियो । म हेर्थे गाउघरमा काकी बडेमाहरुको गलामा पनि साँचोको झुप्पो हुन्थ्यो तर नैनी हुदैन थियो त्यो बेला अर्कै आनन्द हुन्थ्यो ।

मिसीन नै मिसीन चै त्यतीबेला देखिन्थ्यो जती बेला तोरी पेल्न धान कुट्न मिल जानु पर्थ्यो । मिल चै पुरै मिसीन थियो । लामा लामा फित्ता द्वारा चुइ चुइ गटक्टक्टक् गर्दै कराउदै घुम्थ्यो । नजिकै बसेर हेर्न खुब रमाइलो लाग्ने । मिल बाट निस्केको गन्ध र धुवाँ बहुत मिठो लाग्थ्यो । मिठो लाग्नुको कारण अहिले मिसीन चलाउनु रहेछ ।

मान्छेहरु मिसीन भए देखी र मिसीनहरु मान्छे भएदेखी संसार मेशिनरी चरणमा यात्रारत छ ।
मान्छेहरुले मिसीन बनाए अब मिसीनहरु मान्छे बनाउदै छन
जस्तोकी भगवानले मान्छे बनाए मान्छेले भगवान बनाए ।

मान्छेले बनाएको भगवानबाट मान्छे मान्छे बिचमै बिभाजीत छ मान्छे अब मान्छेले बनाएको मिसीनबाट मान्छेकै अस्तित्व धरापमा पर्दै छ । तर म मिसीन चलाउन पाएकोमा खुब आनन्दित छु ।

मिसीनले पुरानो कुरा याद दिलाई रहेछ । म कल्पना भन्दा बाहीरको त्यो संसारमा छु जो सपनामा पनि यसरी मिसीन चलाउने कुरा सोचिएको थिएन ।
सपनामै नसोचेका कुरा पुरै अनौठा लाग्छन । जीवन एउटा अनौठो प्रक्रिया हो ।

मैले अगि भर्खरै साथी संग बातैबातमा छन्योंगीको कसम खाएँ । उ बेला कलकल धाराको पानी पिएर नजिकैका वायुथान देवीथानको कसम खाइन्थ्यो । हामी कसम खानु पर्ने समाजमा हुर्केका मान्छे हौ ठाउ अनुसार कसम खाइयो । काम गर्दै गरेको मिसीनको कसम । मिसीनहरु झुट बोल्दैनन भगवान पनि झुट बोल्दैनन । भगवान बोल्छन या बोल्दैनन थाहा छैन, छन या छैनन थाहा छैन तर मिसीन छ मिसीनकै कसम खाइयो । हामी कसम खाइ रहनु पर्ने परिबेशका मान्छे । हामीलाई हाम्रै बोलिमा भरोसा छैन जति कसममा हुन्छ ।

मिसिनमा हात बसे पछि सजिलो हुन्छ । मेरो हात बस्न छ महिना लाग्यो । छ महिनामा मैले रेन्ची हम्मर नट बोल्टु पिलास प्रजातीका नाम र नम्बर कण्ठै पारे । यि सबै चिजबिज मिसिनलाई आवस्यक पर्ने कुरा हुन । मैले छ महिनामा यि कुराहरु थाहा पाएँ थाहा पाउन अझै हजार छन ।

थाहा पाउनु बडो मुस्कील काम हो । थाहा भएको हरेक चिजलाई दिमागमा जतन गरिएको हुनुपर्छ मैले पनि जतन गरें जुन जुन चिज मिसिनलाई आवस्यक पर्छन ।

त्यसोत आवस्यक नपर्ने चिज पनि जतन छन दिमागमा जस्तो की यो बयालिस नम्बरको स्पाना मिसीनमा प्रयोग भएको छैन तर टुल बक्समा सधैँ सुरक्षित छ । मेरो दिमाग पनि एउटा टुल बक्सनै त हो ।
जस्तो कि पाइथागोरसको साध्य घोकियो अहिले कहाँ काम लागी रहेको छ थाहा छैन
जस्तो की ए पलस बि को होल स्क्वायर जीवनको कुन अध्यायमा देहोरियो थाहा छैन
जस्तो की हरिभक्त कटुवाल ले भनेझै मान्छे मारेको इतिहास पढेर जीवनमा के लच्छार पाटो लाइयो
जस्तो की त्यो मितआमाको घर जाने बाटो अब कहिल्यै काम लाग्दैन त्यहाँ बाट उहाँहरु बसाइ सरि सक्नु भयो । जीवन चाहिने चिजहरुको मात्रै संग्रह हैन दिमाग चाहिने चिजहरुको मात्रै संग्राहलय हैन ।

म विस्वमै नाम चलेको यल्जी कम्पनी माताहतको कम्पनीमा काम गर्छु । मैले ठूलो कम्पनी भनेर गर्ब गर्नु पर्ने कुनै बिषय छैन । फगत म एउटा मजदुर हुँ आप्रबासी मजदुर । मजदुरमा पनि आप्रबासी मजदुर त्यो पनि सबै भन्दा तल्लो स्तरको काम जो देसी मजदुरहरु गर्न चाहदैनन त्यो काम गर्छु म । तर पनि आनन्द छ , जीवनमा सोच्दै नसोचेको काम गर्न पाइएको छ ।

मन दुखको सागर हो सुखको सागर हो सागरबाट हामीलाई के आवस्यक पर्छ त्यही झिक्ने हो त्यही लाउने हो त्यही खाने हो त्यही हिँड्ने हो त्यही बल्ने हो त्यही निभ्ने हो । हाम्रो मन सागर हो, दु:ख र सुख त फगत रंग हुन सागरका अब कुन रंग चुन्ने त्यसैको असर हामीमा देखिन्छ ।

यल्जी ब्राण्डाका सयकडौ हजारौ थरिका सामनहरु बजारमा उपलब्ध छन । त्यस मध्यमा सन २०१२ पछाडीबाट हाल सम्ममा मेड बाइ कोरिया लेखेको वासिङ मिसीन तपाइको घरमा छ भने त्यस्को इन्जीनमा फिट भएको एउटा सामनमा मैले प्रेमले रोपेको मेरो पसिनाको गन्ध मिसीएको छ ।
त्यहा तपाइले देख्न सक्नु हुने छ मेरा हातका धमिला चक्र हुन सक्छन
मेरो मनमा शिशिर जागेका बेला बहेका आँशुका डोब हुन सक्छन
मन भरी भरी वसन्त र शरद फुलेका बेला बहेका आँशुका रेखाहरु हुन सक्छन
हुन सक्छ त्यहा मैले हेरेको मेरो भविष्यको चित्र
मैले हिंडेको मेरो आरोह अबरोह
हुन सक्छ अवस्य हुन सक्छ मेरो जीवनकै सबै भन्दा गोल्डेन युग
तपाइले चलाइ रहेको वासिङ मिसीनमा हुन सक्छ ।

बिगत छ वर्ष देखि वर्षको नौ महिना प्रत्यक दिन दुइटा मिसीनबाट  छब्बीस सय पिस सामन निस्की रहेको छ । छब्बिस सय पिस वासिङ मिसीन प्रत्यक दिन । बाकी तिन महिना मिसीनले बडो प्रेमले जीवनको तत्वबोध दिलाउछ ।
मिसीन चलि रहनु जीवनको एक गति हो
मिसीन बिग्रीनु बनाउनु र चल्नु र फेरी अर्को गति हो । मिसिन चलिरहदाँ एक थट उत्पन्न हुन्छ मिसिन बिग्रीदा अर्कै थट उत्पन्न हुन्छ ।

कहिले कहीँ कम्पनीमा कामको गति सुस्त हुन्छ । ओहो ! जीवनमा पनि कहिले कहीँ जीवनको गति सुस्त हुन्छ थकानहरु हुन्छन चौतारीहरु चाहिन्छ शितल चाहिन्छ शान्ती चाहिन्छ । कम्पनी एउटा जीवन हो मिसिन एउटा जीवन हो ।

कहिले कहिँ जीवन साच्चै नमजाले बिग्रीन्छ मिसिन नमजाले बिग्रीन्छ । जुरुक्क उठेर एक कदम चाल्न जसरी शरिरका सबै पार्टहरु सक्रिय हुन्छन तियसरीनै मिसीनका पनि सयकडौँ पाट पुर्जा स्वस्थ्य तन्दुरुस्त हिसाबले सक्रिय हुनु पर्छ ।

मैले चलाउने दुइटा छन्योंगी मिसिनबाट एकै साथ एउटा सामन निस्कीन चालिस वटा मोटर  ९४ वटा सेन्सर १३२ वटा हावाका पाइपहरु ३६ वटा क्ल्याम्प र २२ वटा स्लिण्डरहरु स्वस्थ्य तबरले चल्नु पर्छ यि सामन एकै पटक चल्दा दुइटा मिसिनका बिभिन्न दस इन्जीनले पच्चिस सेकेण्डमा एक पिस सामन काट्ने तास्ने ड्रिल गर्ने र चुरी पार्ने काम गर्छ ।

कहिले कही कुन सामन कहा बिग्रीयो पत्तो पाउनै मुस्कील । जीवनमा यस्ता मुस्कील क्षणहरु कति आए गए होला । बाहीरबाट मेकानिकल इन्जीनियर नआए सम्म मिसीन बन्द हुन्छ तर सिस्टम साच्चै लोभलाग्दो छ खबर पुग्ने साथ मान्छे तु आइ पुग्छन । कहिले कही डाक्टरलाई पनि रोग पत्ता लगाउन गाह्रो परेझै मिसिनका पनि रोगहरु त्यस्तै हुदा रहेछन ।

मिसिनका सबै अंग प्रत्यंगहरु दिमागमा फिट गर्नु पर्ने काम निकै गाह्रो हो जस्को बिषयमा पूर्ब जीन्दगी कालो अक्षर भैंसी बराबर छ । मिसिनका बिशेस पाट पुर्जा छुने अधिकार छैन जस्तो हुर्केका छोरा छोरीको सबै अंगमा बिशेस मान्छे भन्दा बहेक बा आमालाई पनि छुने र नजर पुर्याउने अधिकार हुदैन ।

सम्झिनुस त मिसिनका नाममा बा को रेजर आमाको गलामा झुण्डिएको नेलकटर र घरको मूल थाममा बडो सानले बजी रहने रेडीयो सिबाय अरु थाहा नपाएको मान्छेलाई सयौं मिसीन नै मिसिन भएको कम्पनीमा काम गर्न पाउँदा कस्तो आनन्दभूती भयो होला । जहा हावा पनि प्रकास पनि मान्छे सम्म आइ पुग्न मिसिन संग मित लगाएर आउनु पर्छ ।

अहिले मिसिनहरु घर घरमा हात हातमा किचन किचनमा बाटोमा यात्रामा क्षितिजमा गन्तव्यमा जहाँ सुकै जता सुकै मिसिननै मिसीन छन ।
मान्छे मिसिन बिना हिंड्न सक्दैन बोल्न सक्दैन खान सक्दैन गाउन सक्दैन लाउन सक्दैन उठ्न सक्दैन बस्न सक्दैन सुत्न सक्दैन । हुदा हुदा दिमागमा पनि मिसिन शरिरमा पनि मिसिन मुटुमा पनि मिसिन धन्न मनमा मिसिन छैन र मान्छे अहिले सम्म मान्छे छ ।
ओहो केके सोच्नु के के बुझ्नु कहिले कहिं मिसिनको घानिमा बस्दा बस्दा आफैंलाई मिसिन जस्तो लाग्छ हेर्छु बिपनमा पनि मिसिन सपनामा नि मिसिन जीवनको प्रथम चरणमा पनि मिसिन अन्तिम चरणमा पनि मिसिन जता सुकै मिसिन जताततै मिसिन जीवनमा मिसिन नै मिसिन ।
मिसिनले मेरो जिन्दगीलाई सुन्दर बनायो बिरह बनायो वसन्त बनायो शिषिर बनायो बनाउने बनायो नबनाउने बनायो असल बनायो खराब बनायो बैलाहा झैं बनायो पागल झैं बनायो स्वार्थी बनायो निस्वार्थी बनायो आफ्नो बनायो पराया बनायो भनेनी बनाउने बनायो नबनाउने बनायो ।

मैले हिजो मात्रै समाचारमा सुने विस्वमा एक अरब चालिस करोड मानिस शारीरिक परिश्रम नगरी बसी रहेका छन ।
एक अरब चालिस करोड मानीसको ठाउँमा मिसीन हावी भएको छ ।
हाय ! मिसिनमय जीन्दगी, सलाम तँलाइ ।

२०१८/९/८
-सुरेन्द्र कार्की

Sunday, November 4, 2018

छुटेका अनुहार अनुभूति

यात्रा ‘छुटेका अनुहार’संग

-सुरेन्द्र कार्की

पहिले त म यो बताइदिउकी म एकदमै सामन्य पाठक हूँ र तल उल्लेख सबै कुराहरु सामन्य हुने छन  । यहाँ कुनै वाद वा वाद विशेस हुने छैनन ।

रमेश सायनको किताब माथी अझ भनौ कुनै किताब माथी लेखी हाल्ने मेरो त्यो ल्याकत छैन तर पनि मलाइ जे लाग्छ त्यही लेख्छु । लेख्दा लेख्दै लाग्न सक्छ सायनका हितैषी र फ्यानहरुलाई यो पनि सायनको फ्यान रहेछ ।
लाग्न सक्छ छुटेका अनुहार माथी सबैको आ-आफ्नै धारणा रहेछ आ-आफ्नै अनुहार रहेछ ।

पहिलो पल्ट भेट्दा जुन अनुभूती सायन माथी भयो छुटेका अनुहार हात पर्दा र पढ्दा उही अनुभूती सक्कल बमोजीम नक्कल दुरुस्तै रहयो ।

सायन संग नजिकै रहेर उठबस गरेको हिसाबले म जे लेख्दै छु त्यो निष्पक्ष नहुन सक्छ । भेटेजती ठाउँमा गाली गरौँला नभेटे पनि बेप्रसंग तानेर गाली गरौंला । आज म उस्लाई गाली गर्ने मुडमा छु । उ संग आलोचना सुन्ने कान छन । म सुध्रिनु पर्छ भन्ने उस्को चेतना छ । मतलब उ बिग्रेको कुरा उस्लाई थाहा छ । म आज उस्लाई बेस्मारी गाली गर्ने छु

प्रिय सायन, एउटा पाठकले एक लेखकलाई तिमी या तँ भनेर सम्बोधन गर्नु साह्रै छाडा प्रबृति हो । म सबै लेखकहरुसंग क्षमा प्रार्थी छु । अलिकती छाडा प्रबृति हावी भयो भने हिम्मत आउने छ गाली गर्न । म गाली गर्दै छु र गर्ने वाला छु ।वास्तबमा यो लेखिरहने कुरा हैन लेख्दा लेख्दै देखिनु पर्ने कुरा हो । तर गाली गर्नु पूर्ब जे छ त्यही हेरौँ छुटेका अनुहारमा एउटा सामन्य पाठकको धारणा ।

किताब छिर्नु पहिले एउटा प्रसंग उजागर गरौँ लाग्यो

म्यासेन्जरको कल रिसिभ भयो ।
म- सायन सर नमस्कार
ऊ- नमस्कार सर मैले दुख दिएँ है तपाइलाई
म- हैन हैन दुख हैन खुशी भन्नुस् खुसी छु म तपाइ संग जोडीन पाउनु खुसीको कुरा हो मेरो
ऊ- हा हा सर पनि धन्यवाद यार ।
म- दुख भन्दा पनि एउटै बेग्लै अनुभूती भइ रहेको छ तर मलाई तपाइले जस्तो लेख्न आउदैन महशुसहरु अभिब्यक्त गर्न आउदैन
ऊ- हैन सर तपाइ लेख्नु हुन्न र पो त लेख्नु न आइ हाल्छ नी ।
अहिले म लेख्दै छु अब लेख्दा लेख्दै नलेखिने कुराहरु पनि लेखिन सक्छन । साह्रै झिँजाकुराहरु पढ्दा तपाईहरुलाई बोर हुन सक्छ ।

छुटेका अनुहार मेरो ठेगना पहिल्याउदै दक्षिण कोरिया आइ पुग्यो । कोरिया सायनले पनि तिन वर्ष मजदुरी गरेको देस हो । मेरो डबल भयो । मेरो निम्ति मात्रै थिएन किताब कोरिया भरी सबै पाठक माझ पुर्याउनु पनि थियो ।
किताब आउँदा सायन आए झैं भयो । उस्को एकलहर महकता किताब संगै आयो । उस्का यादहरु पुनर्ताजगी भए । म अहिले जुन कम्पनीमा काम गर्दै छु सायन धेरै पटक आइ सकेको ठाउँ हो ।

इनबक्समा साथीहरुको म्यासेजको चाङ लागेको छ । किताब पढ्ने हतारो सबैमा छ । मध्यान्न १२ बजे मैले किताब बुझे । मध्यरात १२ बजे सम्म काम छ मेरो । काम सकेर म्यासेजबाट साथीहरुको ठेगना कलेक्ट गर्दै गए ।
यो डिजीटल प्रबृतिले मान्छेलाई निकै अल्छि बनाएको छ । साथीहरु सिधै आइडि कार्डको , कम्पनीको होडिङ  बोर्ड र भिजीटिंग् कार्डको फोटो खिचेर फोटो म्यासेज गर्नु हुन्छ । पानी बिनाको कूलो जस्तो कूलो बिनाको पानी जस्तो । कतै पानी छैन कतै कूलो छैन कतै नाम छैन कतै नम्बर छैन ।

ठेगना मिलाउँदा मिलाउँदै दुइ बजेछ । दुइ बजे पछि शरिर मात्रै हैन दिमाग पनि पुरै लाटो हुने पुरै गल्ने । कतै नाम दुइ पल्ट लेख्ने कतै नम्बर नलेखी किताब प्याक गर्ने कतै एकै ठेगना तिन पटक सम्म लेखि रहने । दिमागको सेन्सरले काम गर्न छोडे पछि शरिरको लय बेलय बन्दो र’छ । आधी पनि काम नसकी सुते दिमागले रेस्ट खोज्यो ।
कसो कसो पाँचै बजे निन्द्रा भंग भयो । करिब सात बजे पछी होस भन्ने मेरो चाहना थियो । केहि बेर प्रयास जारी रहयो काम लागेन । टाउको आधा रन्थनिएको आधा नरन्थनिएको अबस्थामा छ । बल गरेर खाँदा शरिरलाई असर बल गरेर सुत्दा ओच्छ्यानलाई असर । दिमाग भरी छुटेका अनुहार र ठेगनहारु सल्बलाइ रहेका छन । छ बजे पछि दिमाग मिलाउन थाले ठेगना मिलाउन थाले । बिहानको सात चालीस सम्म एकानब्बे वटा किताब प्याक भयो आठ बजे काम सुरु । दिमाग आधा अच्कल्टो आधा काँचो छ ।
मध्यान्न १२ बजे एक घण्टाको रेस्ट टाइममा किताब पठाउन हुलाक घर गएँ । किताब पठाए पछी बल्ल आनन्दको मिठो स्वास भित्रै बाट स्खलित भएर निस्कियो एउटा चरमोत्कर्ष । तर आज दिनै भरि टाउको आधा काँचो आधा अच्कल्टो रहयो । काम मध्यराती सम्मै छ । अहिले कम्पनीमा पुरै असार साउन लागेको छ । असार साउनमा किसानले थकाइ मार्न पाउँदैन असार साउनमा कूलोले बिरामी हुन पाउँदैन ।

ऊ म स्वार्थी छु भन्छ । ऊ कुनै एंगलबाट पनि स्वार्थी छ जस्तो लाग्दैन । पत्याउने कुरा गरेपो पत्याउनु सबैले नपत्याउने कुरा कस्ले पत्याउछ ? यो कुरा नपत्याउनुस ऊ स्वार्थी हो । यो कुरा चाहीँ पत्याउनुस ऊ महास्वार्थी हो ।  मलाई लाग्छ बिना प्रसंग ऊ आफ्ना बाउ आमालाई पनि सम्झिदैन । सम्झिदा पनि ऊ संग भूमिका हुदैन सिधै मेरो यो काम गरिदीनु पर्‍यो भन्छ । उस्को यही बानी ले सबैलाई मोहोनी लाउछ । कम्तिमा ऊ यही दुनियामा छ यही साथी सर्कलमा छ उस्को खोपडीको कुनै तहमा सबैको नाम लेखेर राखेको छ । जो कुनै दिन उस्लाई स्वार्थी मात्रै हैन महास्वार्थी हुन अभिप्रेरित गराउँछ । उस्ले सम्झेका दिन साँच्चै मनको सगर उज्यालो हुन्छ । उस्ले हामी केही साथीलाई कोरियामा किताब बेच्न एकै साथ सम्झियो । मनको सगर उज्यालो भयो ।

आउनुस अब उज्यालो मन बोकेर छुटेका अनुहार तिर लागौँ ।
उस्को किताब छिर्नु अघि आफ्नै दिमागको पाना पल्टाएँ को को कता कता छुटे । एक पटक स्मृतिपटलमा भूमरी चल्यो यादहरु तितर बितर भए । यादहरुको आलाप गुन्जियो यादहरुको बिलाप पोखियो । यादहरुको पोखरीमा ढुंगा खस्यो यादहरु छचल्किए ।

म उस्लाई भंयकर गाली गर्छु । अरुलाई के लाग्छ त्यो हैन, बस्तुगत या बिषयगत तथ्य र सिद्धान्त के हुन त्यसका बिषयमा बहस गर्न म आफुलाई योग्य मान्दिन । तर एक सरल पाठकलाई उस्का सरल नजरले के देख्यो त्यो मात्रै लेख्छु त्यो लेख्न मलाइ कुनै वाद या सिद्धान्त जानी रहनु आवश्यक छैन ।

किताब हातमा परेको तिन दिन पछि मैले किताब खोले । वाह ! किताब क्या गजव छ । पाना पल्टाउन के सुरु गरेको ( एक झमट गाली दिइ हालौ ) खोइ भूमिका ?
क बाट कछुवा ख खरायो खरायोको सिङ छैन कता हरायो भनेझैं । सिङनै रहेनछ भेटियोस कहाँ बाट । फेरि अर्को पाना पल्टाए । (ऊ आफूलाई रुखो मनुवा हुँ भन्छ किताब भित्र पनि भेटिन्छ । ) खोइ बिषय सुची ? सिङ त छैन छैन पुच्छर पनि छैन ।

मेरो बानी छ किताब पढ्नु पूर्ब भूमिका पढ्ने । खयर पछिल्लो समय भूमिका लेखन विवादित बन्दै गइ रहेको कुरा पनि आइ रहेछन । निष्पक्ष छैनन भन्ने कुरा पनि छ । तर सबै भूमिका लेखकलाई एकै तराजुमा जोख्न भने हुदैन ।

सहि मुल्यंकनका साथ लेखिएको भूमिकाले किताबको ओज बढाउछ । भूमिका समग्र किताबको निचोड हो सारंस हो । भूमिका किताबको मूल ढोका हो । पुरै किताबलाई हेर्ने आँखा हो । पुरै किताबको मन मुटु हो । मन र मुटु बिनाको मान्छे कस्तो हुन्छ ? आँखा बिनाको यात्रा पक्कै सहज हुदैन । ढोका बिनाको घर मूर्खताको परकाष्ट हो । ऊ आफुलाई पट मुर्ख हूँ भन्दै गर्दा यो स्वत: साबित हुन्छ ।

कस्तो गाली गरौँ गरौँ भइ रहेछ । गालीको पुरै फ्लोमा गइ रहेको छु म ।

किताबको अन्तयमा लेखको भनाइ छ ‘ मेरा गाली सुन्ने कान छन ‘ । यो गालीले लेखकको आँखा चुमुस । उनले भनेका छन ‘ यो अब मेरो मात्रै किताब भएन पाठकको पनि हो ।’  यदि पाठकको पनि किताब हो भने खोइ त भूमिका ? अघिल्लो किताबमा पनि कुनै भूमिका थिएन प्राय सबै चुपै रहे । र अब यस्मा पनि छैन । यो त सुनियोजीत नै भयो ।

यदि यो किताब पाठकको पनि हो भने पाठकको पनि चाह हुन्छ किताब प्रति विश्लेसकहरुको के कस्तो दृष्टिकोण छ भनेर थाहा पाउने । साहित्यको पनि आफ्नै मूल्य मान्यता विधा र आधारहरु होलान र हुन्छन यस्लाई जो कसै लेखक संम्पादक प्रकाशक या पाठकले तोडी हाल्न मिल्दैन । हामी दैनिक जीवनमा सिस्टमको रट लगाइ रहेका हुन्छौ तर समाज र साहित्यका अगुवा या सचेतकहरुले नै सिस्टमलाई नपच्छ्याउने हो भने बोली र रट ले मात्रै समाज सुध्रिदैन ।

यदि लेखकले अरु भन्दा आफुलाई फरक धारमा उभ्याउन खोजेका हुन भने यो चलाखी उति चलाख पुर्ण भएन । कोही अरु भन्दा फरक देखिनकै हिसाबले खुल्ला सडकमा बिना पहिरन साल्सा डान्स गर्दै हिंड्न मिल्दैन । यदि हिंड्छ भने उस्लाई त समाजले पक्कै पनि स्विकार गर्दैन ।

भूमिका र विषय सूची नहुनुको पछाडी लेखकलाई मात्रै दोष देखाउनु पक्कै न्यायिक नहोला । यस्मा संम्पादक र प्रकाशकको पनि उतिकै हात छ । यो कुरा उनिहरुले सुझाउनु पर्थ्यो र सुल्झाउनु पर्थ्यो । लु मानौ लेखक संपादक र प्रकाशकलाई अरुसंग झुक्न नसक्ने बानीले या ज्यू ज्यू गर्दै नहिंड्ने नेचरले भूमिका लेखन हुन सकेन होला । ( यसरी पन्छिन मिल्दैन । समाजका वुद्धिजीवि र अग्रजहरुले नै गलत संस्कारको डोर बसाले भने समाज कुन दिशा तिर अग्रसर हुन्छ ? यो कुराको हेक्का राख्नु पर्छ । उनिहरुसंग अरुसंग भन्दा बडी जिम्मेवारी छ यो कुरा बुझ्नु जरुरी छ ।)
तर विषय सूची चै के कति कारणले राखिएन ? मात्रै एक पेज विषय सूची राख्न तिनै पक्षलाई के को महाभारत भयो ? सबै पाठक संग फुर्सदै फुर्सद हुन्छ भन्ने छैन । कुन शिर्षक कति पेजमा छ भन्ने कुरा उल्लेख हुनु पर्थ्यो । यो विषय सूची नराख्नलाई महाकाव्य खण्डकाव्य नाटक या उपन्यास हैन । शुरुमै भनिएको छ यो निबन्ध संग्रह हो भनेर । यदि संग्रह हो भने के के संग्रह गरिएको छ त्यो उल्लेख हुनु पर्दैन ? समिक्षकहरुलाई त झन जटिल र झन्जटिलो बनाएको छ । कुनै लाइनले टच गरेको हुन्छ शिर्षक याद छ पेज अन्योल । फेरि पुरै किताब यता र उता पल्टाउनु पर्छ । यो पाठक माथीको अन्याय हो ।
पाठक एक क्रेता र उपभोक्ता पनि हो । उस्ले आफ्नो खल्तीको मूल्य लगाएर किताब किनेको हुन्छ । लेखक संपादक र प्रकाशकहरु ब्राण्ड र डिलर । हामीले कुनै ब्राण्डको ज्याकेट कुनै डिलरबाट लिदै गर्दा यदि फस्नरै छैन भने, गोजीनै छैन भने, बाहुलानै अपुरो छ भने, या कतै ड्यामेज छ भने के हामी त्यो ज्याकेट लिन्छौ ? यो एउटा सरल प्रश्न हो र गम्भिर त्रुटी । यदि उनिहरुले भूमिका र विषय सूची राख्न सक्दैनन भने पाठक र समिक्षकहरुबाट प्रतिक्रिया खोज्नु पनि बेकार हो ।

अब आउनुस् विषय प्रवेश गरौं।
यहाँ जति शिर्षकहरु छन साह्रै सुन्दर छन । म यति छन भनेर भन्दिन । ब्राण्डहरु रुखो हुन मिल्छ भने उपभोक्तालाई पनि त्यो छुट छ ।
एकबाइ एक क्रमश पढ्दै गए । वास्तवमै सायनलाई पढ्नु साह्रै मजा आउछ । अझ सित्तैमा पढ्दा त मजा आउँथ्यो भने उस्लाई किनेर पढ्नु झनै मजाको कुरा । पढ्दै जाँदा अल्छि लगेर बिसाइ हालौँ एउटा लामो थकाइ मारौँ भयो बन्द गरेर दुइ चार दिन नै नपढौँ, यस्तो कहिं कतै हुदैन । किताब संग मिसिए पछि क्युरोसिटीको कतै अपमान हुदैन । एकदमै लयात्मक एकदमै बिम्बात्मक जताततै आफुनै आफु भेटिन्छ किताबमा । सायद लेखकको अशल धर्म यहि नै हो । जहाँ हरेक शब्दहरुमा शिर्षकहरुमा पाठकले आफुलाई भेटोस आफुनै महशुस गरोस र आफुनै हिंडोस आफुनै डुलोस स्वयमलाई रुवास स्वयमलाई हँसावोस स्वयमलाई स्पर्ष गरोस स्वयमलाई अलग्यायोस । यो सबै सबै लहरहरु छुटेका अनुहार भित्र मनग्य पाइन्छ । पढ्दै जाँदा आफैँ संग छुटेको आफ्नै समय आफैँ सामू आएर उभिन्छ । यो नै लेखकको सबै भन्दा कुशल क्षमता हो ।

करिब पाँच घण्टाको अबधीमा किताबको यात्रा सकिन्छ । सामाजीक संजालमा छुटेका अनुहार प्राय एकै बसाइमा सकेको प्रतिक्रिया पाठकहरुबाट प्रशस्तै आएको छ । यस्ले दुइ कुरा सहजै दर्साउछ । एक किताब पढ्न योग्य छ । दुइ सायनको किताब पर्खि बस्नेहरुको भोक । भोक सबै भन्दै महत्व पुर्ण कुरा भोक मेटिनु चरम आनन्दको कुरा ।

छुटेका अनुहारका सम्बन्धमा अहिले लेखि रहँदा मलाइ एक प्रकारको डर लागि रहेको छ । सायन शब्दका माली हुन पुजारी हुन खेलाडी हुन । उनका सुन्दर शब्दहरु माथी मेरो सस्तो टिप्पणीले कतै दाग पो लाग्ने हो की ? यो डर म भित्र मडारि रहेको छ र पनि म लेख्ने जमर्को गरि रहेको छु । डर एक सम्मान पनि हो उनलाई ।

कला सबै संग हुन्छ तर शब्द सिंगार्न सक्ने कला सबै संग हुदैन । पाखामा लडेको पत्थरलाई पनि एउटा कालीगढले मुर्तिमा परिणत गरिदीन्छ । यो हो कलाको ताकत। छुटेका अनुहार सरसर्ति पढे पछि रमेश सायनमा त्यो ताकत अथाहा रहेछ भन्ने चेत जो कोही पाठकमा सहजै पर्छ ।

किताब एकदमै सरल विषय वस्तुमाथी सरल भाषा शैली र आक्रषक प्रस्तुतिले साह्रै सुन्दर र सहजै बुझ्न सकिने बनाइएको छ । पुरै किताब पढि सक्दा कहिं पनि क्लिस्ट भाषा शैली र शब्दको प्रयोग पाइदैन । यो म जस्ता सामन्य पाठकको लागी एकदमै स्वस्थ्य कुरा हो । डक्टरी कुरा हैन ।

समाजको एक तप्का र तह माथी लेखकले सुन्दर र व्यंग्यात्मक शैलिको माध्यमबाट निरन्तर प्रहार गरेको प्रशस्तै अनुभूत गर्न सकिन्छ । हुन त उनले अघिल्लो कृतिमा पनि त्यो झल्को दिएका थिए । किसोर वयमा रुसी र चिनीयाँ लेखकहरुका संघर्ष शिल तथा क्रान्तीकारी पुस्तकहरुको प्रभाव पनि परेको हुन सक्छ । उनले ‘फेल’ शिर्षकमा आफुलाई यस्तै चित्रण गराएका छन । त्यो तह र तप्का भनेको मालिक र शासक वर्ग हो ।

किताबको ओपनिंग्मै तलतलको मात्रा ज्वरो बढ्दै गएको थर्मोमिटर झै निरन्तर बढ्दै जान्छ । नेपीली युग भर्चुअल युगमा पाइला राख्दै गर्दाको सुरुवाती काल खण्ड हुबहु चित्रित छ ‘सिमकार्ड’ शिर्षकमा । उसो त रानी ‘खान’की छोरी हो मा लेखकले आफुलाई निचोरेर पगालेर लेखेका छन । एउटा कविताको अंश बारबार दोहोरीन्छ शिर्षक भरि जस्ले यो निबन्ध हैन कविता पढिरहेको भान दिन्छ । जस्तै
‘ रानीसंग मेरो केही हुनेवाला थिएन । उस्की आमाले मलाई आमा भन भनेकी छे ।
तर ऊ खानकी छोरी हो । रक्षा बन्धनमा उस्ले मेरो हातमा डोरी बाँध्दिन । भाइटिकामा मेरो नाममा ओखर फोर्दिन ।
तर उस्की आमाले मलाई आमा भन भनेकी छन ।’
यति कवितांसले पुरै पाठ कवितामय लाग्छ । यो निबन्ध निकै मार्मीक छ तर अझै गहिराइमा पुग्न सक्नु पर्थ्यो । आफु जसरी पग्लिएर लेखे पाठकलाई पनि उसै गरी पगाल्न सक्थे । तर पग्लिनु खोज्दा खोज्दै निबन्ध सकिन्छ । यस्तै पाठकलाई पगाल्न सक्ने शिर्षक ‘ रामलाल केही हैन’ र ‘ अर्गानिक मान्छे ‘ पनि हो । यस्मा पनि लेखक धेरै गहिराइमा छलाङ नमारी अरु शिर्षकमा मोडिएका छन ।

रामलाल दुखको एक बिम्ब हो जो हाम्रो टोल छिमकको दर्पण । रामलालमा रामलाललाई लेखेकले साँच्चै सुन्दर आक्रसक तरिकाले टिपेका छन ‘ ‘ उस्ले सिधै गफ गर्न सक्ने त टोलका भुस्याहा कुकरसंग मात्रै रहेछ ।’ यो सिंगो समाज प्रतिको धारिलो ब्यंग्य पनि हो । कुलिन वर्ग र न्युन वर्गको फराकिलो अन्तर यहाँ प्रस्टै झल्किन्छ ।
‘ अर्गानिक मान्छे’ मा दिपक जस्तो पात्र गाउ तप्कामा छ्याप्छ्याप्ती मौलाएका छन । सडक र बिजुली पुगेका सुदुर गाउँहरुमा अहिले मल्टिनेस्नल कम्पनिहरुको आतंक थामी नसक्नु हिसाबले छापामार शैलीमा पुगेका छन । सहर त यस्ता कम्पनिहरुको चंगुलमा फसेको जुग भयो अब गाउँ पनि गाउ रहेनन । आज भोली घरमा पाकेको खाना बारीमा फलेको तुलफुल कसैलाई मन नपर्ने भइ सक्यो । यो सबै असर मल्टिनेस्नल कम्पनिहरुकै आतंक हो । यस्मा लेखकले भनेका छन ‘ दलाल शब्दको ठाउमा अरु थुप्रै नेपाली शब्दहरु छन तर उस्को लागी दलाल शब्दनै ठिक छ । उनि हरेक चिजमा दलाली हान्दिन्थे जस्तो ‘ जमिन बेच्ने धनि माथी खाडी जाने मजदुर माथी बजारमा साग बेच्ने किसान माथी गाडी किन्ने ग्रहाकमाथी ।’  यो अहिले समाजमा फस्टाइ रहेको अशली चित्र हो । सायन वास्तवमै शब्दका जादुगर हुन । बेठिक ठाउ र बिना प्रसंगमा उनि कुनै शब्द खर्चनै गर्दैनन । यो एक अशल लेखकको सबै भन्दा उत्तम गुण हो ।

जब पढ्दै डटपेनमा पुगिन्छ । डटपेन शिर्षकमा पनि निबन्ध लेख्न सकिन्छ भनेर सोचेकै रहेनछ । ऊ नसोचेका कुरा सजिलै लेखिदीन्छ । सिंगो शिक्षक जमातलाई उनले तिखो ब्यंग्य बाण साँधेका छन जस्तै ‘ हाम्रा शिक्षक भन्नु तेल निथ्रिएका सुक्खा पिना जस्ता प्रेम निथ्रिएका रुखा जिनिस थिए । जस्ले मास्टरको हात भेट्यो उस्ले कट्टु मुत्यो ।’ यो वाक्यंशले एक दुइ शिक्षकको मुहार ताजा गराइदियो । अहिले पनि यो प्रबृति निर्मूल भइ सकेको छैन । यहि शिर्षकको अर्को कवितांशले दुर्गम गाँउको मुहार सर्लक्कै उतारेको छ ‘त्यो दुर्गम गाउँ जहाँ नुन हिंडेर दाल तरकारी सम्म आउँथ्यो । जहाँ वर्षमा एकाध पटक नयाँ कमिज हिंडेर ज्यान सम्म आउँथ्यो । चाडपर्व लाहुरेको काँधमा चढेर गाउँसम्म आउँथ्यो ।’ यो शिर्षकमा एक फन्टुस पात्रलाई राम्रो संग चित्रण गरिएको छ ।

चकचक शिर्षकमा बालापनका सानामसिना हर्कतहरु दुरुस्तै उतार्नु लेखकको खुबि हो । सरलकुरा उठाएर उतिनै लयमा मिलाएर राख्नु एकदमै मुस्किल काम हो । मुस्किल मान्छेहरुले मात्रै यस्तो चुनौती सहजै पार गर्छन । अन्तिममा एक शिक्षकको चकचक साँच्चै नमिठो छ । मन चसक्क हुन्छ थाहा नहुने ठाउमा बिझाउछ नदुख्ने ठाउमा दुख्छ । उनि हर घटना सहजै लेख्न सक्ने मान्छे हुन । महशुस लेख्न सक्ने मान्छे हुन भाव लेख्न सक्ने मान्छे हुन । सबै लेखकका आ आफ्नै शैली छन तर मलाई भाव र फिल पनि सहजै सरल तबरबाट लेख्न सक्नेमा कवि मनु मञ्जिल पछि रमेश सायन लाग्छ ।

उन्ले आफ्नो प्रेम लेखे साथी लेखे देस लेखे परदेस लेखे । उनले आफुलाई लेख्न मिल्ने सम्म लेखे । एउटा कवि जो मुलधारमा उभिएर बहस गर्ने हिम्मत राख्छ ऊ पनि आप्रबासी मजदुरको नाममा देश बाहीरिनु साँच्चै देसको युवा उत्पादन निकै जर्जर अवस्थामा पुगेको देखिन्छ ।

किताब भरि सायन साह्रै मजाले पोखिएका छन साह्रै नमजाले पोखिएका छन । उनि शब्दका कुशल कालीगढ हुन । उनि प्रशंसाका अति नै योग्य पात्र हुन । उनको किताब पढे पछाडी अर्का झनै प्रसिद्ध लेखकको किताब मेरो हातमा छ ‘ यार’ । इमान्दारिका साथ भन्नु पर्दा ( मलाई यहा बैइमान हुनु पर्ने कारण छैन तर तुलना नगर्दै पनि हुने कुरा हो ) छुटेका अनुहारमा जुन कलात्मक साहित्य प्रवाह छ ‘यार’मा कलात्मकताको त्यो चरम उचाइ त्यती छैन तर यारको बेग्लै मिठास र लय चै अवश्य छ । त्यसैले पनि सायन प्रसंसाका योग्य पात्र हुन ।
करिब छ वर्षदेखी म संगै काम गर्ने पूर्ब विराटनगरका एक भाइ छन उनले कोर्सका किताब पढ्न छोडे देखि कुनै किताब नपढेको कुरो बताइ रहदा उनले छुटेका अनुहार किनेर पढ्न थाले । उनि बताउछन सायनदाईको किताब साँच्चै रहर लाग्दो र’छ पढ्न थाले पछि नसकी उठ्नै मन नलाग्ने । कहिल्यै किताब नपढ्ने मान्छेले पनि किताब पढ्दा आफुलाई भेट्यो आफ्नो बिम्बलाई भेट्यो आफ्नो परिबेसलाई भेट्यो । जब किताबमा आफुलाई भेट्दा आफ्नो परिवेसलाई भेट्दा उस्को चेहरामा जुन प्रकारको हार्मोनको महकता देखिन्छ त्यो मैले देखे । सायन त्यो स्तरमा लेख्छन त्यो स्तरका प्रसंसाका पात्र हुन ।

किताब निकै लयात्मक छ यो एउटा लामो कविता जस्तो पनि हो । किताब एकै बसाइमा सकिन्छ । किताब पढ्दै जादा अरु लामो हुनु पर्ने महसुस हुन्छ । पाठकहरुलाई सहजै किताब तर्फ खिच्न सक्नु यो बिल्कुलै सकरात्मक पक्ष हो । सकरात्मक पक्ष नव्वे प्रतिशत भए पनि बाँकी पक्षमा केही त्रुटि छ । उनले लभ लक र अनलक एकै किताबमा राख्नु यो उनको कम्जोरी हो । यहाँ प्रश्न र उत्तर खेले जस्तो छनक भेटिन्छ ।

किताब एकदमै तथ्यगत विषय वस्तुमा मात्रै टिकेर अगाडी गएको अनुभूत प्रशस्तै गर्न पाइन्छ । अझै त्यसमा मसला स्वरुप काल्पनिक शिलता कारुणिक रस र दार्शनिक चेतको भरपुर प्रयोग गर्न सकेको भए सुनमा सुगन्ध हुने कुरा नकार्न सकिन्न ।

किताब भरि उनले आफुलाई लेखेका छन आफ्नै घट्ना परिघट्नाहरुलाई लेखेका छन । आफुलाई प्रथम पात्रमा उभ्याएर राखेका छन । यसो गरि रहँदा उनको दोहोरो चरित्र सहजै देख्न सकिन्छ । उनले धेरै ठाउँमा आफुलाई हार नमान्ने पात्रको रुपमा चित्रित गरेका छन । आफैं संग हार्ने कुरा आफैं संग डराउने कुरा उनलाई कदापी स्विकार छैन तर म पात्रको मनोबिज्ञान केलाउदा सबै ठाउँमा त्यस्तो भेटिदैन । जस्तो लभलक जागिर तिन उपशीर्षकमा  ऊ मनग्य डराएको छ आफैं संग भागेको छ । अर्गानिक मान्छेमा त म पात्र मल्टिन्श्नसल कम्पनिको सुत्रनै भूलेर निकै बिचलित बाटो हुदै गुज्रिएको छ । यसरि उनका दोहोरो चरित्रले पाठकलाई केही अलमल पार्न सक्छ । तर जीवन प्रतिको सहि तत्व बोधले नै लभलक मा ऊ भागेको कुरा चाही सहि हो । यहाँ ऊ वर्तमानमा मात्रै रमाउने हैन भविष्य प्रति पनि उतिनै चिन्तित छ भन्ने कुरा आकंलन गर्न गाह्रो छैन ।

जस्तो एक दुइ उनका वाक्यहरु साँच्चै नमिलेको जस्तो साँच्चै नसुहाएको जस्तो लाग्छ । जस्तै उनि हरेक ठाउमा आफ्नो बाको घर भन्छन बाको घरमा बस्छु भन्छन । यो कति नमिल्दो वाक्य कति नसुहाउदो वाक्य । एक अशल मान्छेलाई एक अशल लेखकलाई यसो भन्नु शोभा दिन्छ ? कि गाँउको घर भन्नु अलि मिल्छ । सकेसम्म घर भन्नु यो पो मिल्ने वाक्य हो । जब बा आमा आफ्ना हुन भने घर कसरी अर्काको भयो । कि उस्को बा आमा प्रतिको मोह भंग भएको हुनु पर्यो । यस्तो पनि किताब भरि या किताब बाहिर उनको जीबनमा पनि देखिदैन । यो सरासर गलत वाक्य मन्त्र झैँ जपि रहन्छन किताबमा पनि किताब बाहिर पनि । उनि आफैंले क्रेट गरेको एउटा समाज छ जहाँ समाजको पनि उनि प्रती केही दृष्टान्त होलान त्यस्लाई पनि उनले मध्यनजर गर्नु जरुरी छ ।

जस्तै अर्को प्रसंग नभनि मैले यतिकैमा अन्तय गरे भने मेरो मन अमिलो भइ रहने छ । किताब सरसर्ति यात्रा गर्दा यो निबन्ध नभएर संस्मरणात्मक कृति भन्नु पर्थ्यो की ? कि त कथा संग्रह भन्नु पर्थ्यो । विषय बस्तुको ठेहेराबले मात्रै यो निबन्ध संग्रह हो भन्न सकिएला । नभए त लेखक स्वयमले पनि हरेक शिर्षकमा यो कथा हो भनेर बगि रहेकाछन । सरसर्ति पढ्दा गैरआख्यान हैन आख्नकै  तिर्खा मेटाउछ आख्यनकै भोक मेटाउछ सिवाय बाको घडी क्रान्ति बाहेक । किताब भरिमा निबन्ध छ भने त्यो बाको घडी क्रान्ति हो जो साँच्चीकै निबन्ध हो । जस्मा सायनको दार्शनिक चेत भरपुर मात्रामा देख्न सकिन्छ । जस्तै ‘ तँ यो सेकेण्ड सुई जस्तै चलाख हुनु पर्छ टाठो बन्नु पर्छ घण्टा सुई जस्तो जिन्दगीको काम छैन ‘  जस्तै ‘ घडीले अर्ध क्रान्ति गर्यो मलाई मात्र सेकेण्ड सुई जस्तै चलाख हुनु पर्छ भन्यो । एक घण्टाको अघि पछि जन्मेका दिदी भाइलाई बाको घडी क्रान्तिले छुट्यायो ।’ यो चेतनाको उच्च स्तरबाट लेखिएको निबन्ध हो ।
बाकी सबैमा आख्यनको स्वाद ब्यापक मात्रामा छ । यो हिसाबले हेर्दा साँच्चीकै निबन्धका पाठकहरुलाई यो कृतिले अन्याय गरेकै छ यो नितान्त मेरो धारणा हो । यहाँ मलाइनै लागेका कुराहरु मात्रै मैले लेखि रहेको हुँ ।

यहाँ मैले केही शिर्षकहरु मात्रै लेखें । अरु राम्रा शिर्षकहरु पनि छन । पुरै किताबमा प्रयोग भएका शबदहरु लोभ लाग्दा छन । दुइसय पचास थुँगामा फूलेको यो किताब साँच्चै राम्रो फूलबारी हो भन्न मैले कुनै पनि हालतमा कन्जुस्याँइ गर्नु हुदैन । र उनि एक पोख्त माली । सम्भवत मान्छे बत्तिसै लक्षणले परिपुर्ण कोही पनि हुदैन कहिन कहि साना मसिना खोट हुदै गर्छन । राम्रो केही गर्दै छ र गल्ती पनि केही हुदै छन भन्ने कुरा सबैले बुझ्न जरुरी छ । हिड्ने मान्छेनै लड्छ नहिंड्ने मान्छै हैन रमेश सायनलाई अझै लामो यात्राको शुभकामना ।

पुस्तक पढ्नै पर्छ भन्ने छैन नपढ्दा पनि हुन्छ । नपढ्दा के बिग्रिन्छ भन्दा एउटा सुन्दर किताब सजिब अक्षरहरु पढिएन भन्ने कुरो बिग्रिन्छ । किताब पढि रहदा हाम्रो समयको साँच्चिकै सम्मान भएको महशुस हुन्छ । त्यसको लागी पनि सायनलाई बधाई ।

जाँदा जाँदै सम्पादन पक्षलाई पनि बधाई उस्को मौलिक स्वाद ठाँउ ठाँउमा राम्रै भेटिन्छ । सायन शब्दका कालिगढ त हुन तर अशुद्ध लेखनका महारथी पनि हुन । उनको अशुद्धपनलाई निफनेर शुद्ध बनाउन जोतारे धाइबाले ठूलै मेहनत खर्च गरेको आभास हुन्छ । लिपि बुक्सलाई पनि बधाई जस्ले एउटा राम्रो लेखकलाई साथ दियो ।

र, धन्यवाद ‘किताब यात्रा’लाई जस्ले दक्षिण केरियासम्म किताबको यात्रा सहज गराइदियो । अन्तयमा धन्यवाद कोरिया भित्र साथीहरुले जसरी छुटेका अनुहार पढ्ने उत्साहा ब्यापक देखाइदिनु भयो ।

पून: जाँदा जाँदै छुटेका अनुहारलाई सफलताको शुभकामना ।