छुटेका अनुहार संग एक एडिक
- सुरेन्द्र कार्की
छुट्टिनु अघि भेटीनु जरूरी छ र त छुटाइहरु सम्भव हुन्छन ।
ओहो ! म कति ठाँउमा छुटिएँ होला कति ठाउँमा भेटिएँ होला । को को संग भिटिँए होला को को संग छुटिएँ होला ।
भेटिनु जरूरी छ छुटिनु अगाडी ।
छुटेका अनुहार र रमेश सायन
म पहिलो दृष्य सम्झिरहेको छु सायन संग भेटिदाको । उ संग भेटिनु केही दिन पहिले उस्को एउटा कविता पढेको थिएँ ‘ बुख्याँचा ‘ । उसो त भागेर भूगोलभरि मैले पढि सकेको कविता कृती थियो । त्यो क्षण उस्को शरिरमा नर्थफेसको ज्याकेट थिएन यदी हुन्थ्यो भने त्यो कविता उस्कै ऐना हुन्थ्यो । तर त्यो नर्थफेसको ज्याकेट लगाउने समय थिएन ।
ऊ संगको पहिलो दृष्य ऊ बुख्याँचा थिएन तर उस्को पछाडी एउटा ल्याप्टपको झोला हातमा कालो पोलेथिन र पोलेथिन भित्र बियरका बोतल । समय रातको थियो हामीले बाटामै अंकमाल गर्यौ ।
त्यो पल साँच्चै एउटा स्वर्गिय पल थियो । यो भन्दा पहिले मैले पढेका किताबका लेखकहरुसंग मेरो भेट भएको थिएन । ठ्याक्कै त्यो अनुभूती अहिले यहाँ अभिव्यक्त गर्न मेरो शब्दकोशमा शब्दहरुनै निर्माण भइ सकेको छैन सायद ।
म सायनको लेखन कलाको पारखी हुँ । उसो त उनका शब्दहरु पढ्ने सबै पारखी हुन्छन । सायनको लेखनमा छनै त्यस्तो जादुयी चमत्कार ।
मलाइ लागेको थियो ऊ गमक्क परेर बस्ला नबोल्ला खानेकुरामा परपरेज गर्ला
बियर खाने हो की नखाने हो , कि सोजुपो खाने हो की ! मैले दुवै चिज लिएँ
तर उनी आफैंले बियर बोकेर आए बाटैमा अंकमाल गरे साथीहरु खालानकी नखालान थाहा भएन पहिलो पल्ट भेटहुदैछ जान्नु कसरी आफुलाई चाहिने चिज त लिएर आउनु पर्यो उन्ले बोलेको कुरानै यहि थियो । सायन संगको सामिप्यता त्यही बाट सुरु भयो ।
लेखकहरु प्राय अरुकै लागी लेख्छन यस्तै छाप थियो जस्तो की अपवाद बाहेक शिक्षकहरु पढाउनका लागी पढाइ रहेका हुन्छ मात्रै किताब पढाइ रहेका हुन्छन जीवन पढाउदैनन ब्यबहार पढाउदैनन दैनिकी पढाउदैनन समय पढाउदैनन मात्रै किताब पढाउछन किताब ।
हाम्रो समाजमा डाक्टरहरु स्वयम् के छन के छन तर बिरामीलाई धुम्रपान मद्यपान नगर्न सुझाउछन
तर सायन जे थिए त्यही लेख्ने जे लेख्ने त्यही हुने । सायन बोल्दै गर्दा लाग्छ गहिरो साधनाबाट कोही माहात्मा बोलि रहेछ
उ आफ्नै कुरा बोल्छ अरुको बोल्दैन ऊ आफ्नै कुरा लेख्छ अरुको लेख्दैन । ऊ जे बोल्दा पनि कविताको लयमा बोल्छ
ऊ जे लेख्दा पनि कविताको लयमा लेख्छ पुरा पुरा ऊ एउटा कविताको प्याकेज हो ।
छुटेका अनुहार र रमेश सायन
यो एक निबन्ध कृति हो तर यो कवितै कविताले सजिएको कृती हुनु पर्छ ऊ कविता भन्दा पर बाच्नै नसक्ने मान्छे ।
छुटेका अनुहार भित्रका धेरै निबन्ध प्राय सबैले पढीसकेकै हुनु पर्छ पत्र पत्रीका र अनलाइनमा मैले पनि त्यही पढेको छु ।
आप्रवासी मजदुरका हिसाबले सायन कोरियामा तिन वर्ष बसे । हाम्रो भेट कोरियामै भएको हो । दक्षिण कोरियाबाट सायनको अनुहार छुट्नु अगाडी धेरै कुरा भेटिए र उनले कोरियाको नेपाली साहित्यीक माहोलमा आफ्नो उपस्थिती नमेटिने अक्षरले दर्ज गराए । सम्झिनु पर्ने केही नाम छन त्यसमा सायन एउटा मजबुत नाम हो ।
सायनले कर्म भूमीलाई राम्रो संग भोगे जोखे तौलिए बुझे हर शब्दहरु मार्फत अरुलाई बुझाए मोटीभेट गराए । सायनका शब्दमा त्यो पावर छ जो शब्द र साहित्य मन पराउनेहरु सहजै आक्रषित हुन्छन् । उनका पाठकहरुलाई उनका शब्दको लत छ उनका शब्दहरुले औषधिको काम गर्छन ।
उनि आफ्नो मूर्खतालाई पनि सिंगारेर लेख्छन जस्तोकी एक घटना तलब थापेको दिन उस्ले संसारका तमाम् महाजनलाई भुलेर आफैंलाई महाजन बनायो अनि ट्याक्सी नचड्दा पनि हुने ठाउँमा ट्याक्सी समात्यो र बजार बाट बास स्थान फर्किदै गर्दा बिचबाटोमै टियाक्सी रोकेर कफि सप छिर्छ र तातो क्यापाचिनो लिन्छ । पैसा फिर्ता नपाउदै उस्ले सुइरोबाट एक सुइरो कफी स्वाट्ट तान्छ तातो कफीले उस्का सबै भ्रमहरु पोल्दीन्छ । ऊ छिनमै महाजनबाट ओर्लेर मजदुरको हैसियतमा आइ पुग्छ । कफि सप छिर्दा जुन ताज उ संग थियो कफी सपबाट निस्कीदा सबै स्खलन भइ सकेको देखिन्छ । उ ट्याक्सीमा चुपचाप बस्छ अघि बस्दा महाजन बसेको थियो उ संग अहिले बस्दा मजदुर बसेको छ उ संग ।
यस्ता थुप्रै घट्नाहरुमा शब्दहरु मार्फत छरिएका छन सायन । कहिले कहिं त पत्याउनै नसकिने कुरा पनि गरिदीन्छ सायनले । चपस्टिक चलाउन नजानेर भोकै उठेर हिंडे पनि भन्छ । के साँच्चै कोही चपस्टिक चलाउन नजानेकै भरमा भोकै उठेर हिंड्छ होला त पक्कै पनि जो कसैले त्यसो गर्दैन होलान मैले त्यसो गरिन ।
ऊ काँक्रा र खोर्सानी टिप्दा घन्टौ घन्टा कैंचीको संगीतमा रमाउन थाले हराउन थाले भन्छ । अरे बाफ्रे ! कैंचीको संगीत त्यो पनि घण्टौँ घण्टा ? संगीतका महाज्ञानीहरुलाई पनि मात दिने कुरा गर्न कहिं मिल्छ तर उ गरिदीन्छ गर्न पनि यति मनमोहक तरिकाले की एक पल्ट कैंची हातमा लिएरै परिक्षण गरी हालौ जस्तो । तर म कैंचीको संगीतमा त्यसरी डुबेको भए म पागल भइ सक्थे ।
रमेश सायन र छुटेका अनुहार
उस्ले तिन वर्ष केरियालाई कर्म भूमी बनायो कर्म भूमीबाट कर्मका धेरै कुराहरु पाठक समक्ष ल्याइ सकेको छ र तिनै सामाग्रीहरुको पुर्ण संकलन हो छुटेका अनुहार भन्दा खासै फरक नपर्ला ।
एक रात हामी हान नदिको किनार ताकेर हिंडेका थियौ । रहर थियो नदिकिनारमा सायनसंग त्यो रात साटौ हान नदिको संगीतमा केही हर्कतहरु गरौ र जीवनको इतिहासमा त्यो रातलाई अमर बनाउ । तर त्यस्तो बिलकुल भएन । ओपन ग्यांग्नाम स्टाइलको त्यो ग्यांग्नाम सहरमा हामी मजदुरहरुलाई सुहाउने होटलनै भेटिएन । झोला बोकेरै हाननदिका किनारमा बरालिनु उति शोभनिय कुरा छदैँ थिएन । त्यो रात सायनले हर्कत चै हर्कतनै गरेको हो । त्यो नजानिदो सहरमा होटल खोज्न झन्डै दुइ घन्टा लाग्यो र पनि भेटिएन । दुइ घण्टा सम्म मलाइ थाहा छ मलाइ थाहा छ फ्लो मि फ्लो मि भन्दै घुमाइ रहे अन्तयमा थाहा भयो त्यो ठाउँको बिषयमा उनलाई केही थाहै रहेनछ ।
उ अरुको मनोविज्ञान एकदमै छिटो बुझ्छ । आइ पर्ने आफ्ठ्यारा र समस्याहरु प्रती डराएर कहिल्यै भाग्दैन । ऊ संग हुदैन गर्दिन र असम्भव भन्ने शब्द नै छैन । जीवनमा आफैं संग आफैं तल पर्ने काम उस्लाई कदापी स्विकार्य छैन त्यसैले ऊ अरु भन्दा फरक छ रूखो छ । त्यसैले त्यो रात फ्लो मी भनेरै गलायो हामीलाई ।
साँच्चै एक कवितामा उनकी प्रेमिकाले भने झैं ऊ एउटा पूर्ण मान्छे हो । पूर्ण मान्छे हुनु पूर्व ऊ केही अशल हो केही खराब हो केही मूर्ख हो केही विद्वान हो केही दानी हो केही नादानी हो केही घमण्डी हो केही स्वार्थी हो केही भोगी हो केही जोगी हो केही पागल हो केही सद्दे हो र यि सबै हो पछाडी ऊ एउटा पूर्ण मान्छे हो ।
तर प्रेमिका ? मलाई लाग्छ कुनै एक व्यक्ती विशेष मात्रै उस्को प्रेमिका हुदै होइन उस्का तमाम पाठकहरु तमाम हितैषीहरु तमाम चाहानेवालाहरु सबै सबै उस्का प्रेमीका हुन । उस्ले जीवनमा कमाउन बाकी र उ संग नभएको एउटै चिज त्यो शत्रु हो यदि शत्रु भए शत्रुले पनि प्रेम गर्छन उस्लाई । ऊ जिनिसै अनौठो छ मानिसै अनौठो छ ।
जस्तो उस्का पाठकहरुलाई उस्का शब्दको लत छ त्यस्तै उस्का हितैषीहरुलाई उस्को संगतको लत । उ कुनैपनि उमेर समुहको हदबन्दीमा कैद छैन उस्का हितैषीहरु सबै उमेर समुहका छन । हुन त ऊ एक हो तर ऊ सबैको हो ।
भेट हुँदा खुशी हुने बानी हो हाम्रो
छुटे पछी मुटु दुख्ने बानी नराम्रो ।
साँच्चै साच्चै को को संग भेट भयो को को संग बिछोड भयो हुन त सबै भेटहरु अमर हुदैनन सबै छुटाइहरु मुनामदन हुदैनन ।
ओ फकिर तिम्रो लत साँच्चै कति नमिठो कहिल्यै पनि मटक नमर्ने कहिल्यै पनि चाहाको घडा नभरिने । ऊ फकिर हो फकिर नयाँ नयाँ ठाउँ घुमीरहनु पर्ने डिलिरहनु पर्ने एक घुमन्ते हो ऊ एक फिरन्ते हो ऊ त्यसैले त ऊ एक जोगी हो ऊ साधु हो ऊ सन्त हो ऊ र पुरा पुरा एक मुसाफिर हो ऊ ।
मुसाफिरको कुनै ठेगना हुदैन कुनै गन्तब्य हुदैन । यो सारा संसार उस्को ठेगना हो यो सारा जगत उस्को गन्तब्य हो । तर ऊ अब फकिर बाट मान्छे तिर फर्किएको छ । कहिँ टाढा टाढा पुग्दा फर्किने ठेगना बनाएको छ इटहरीमा 90ml फुड क्याफे ।
अहिले ऊ जीवन तिर फर्किएको छ बिहे गरेको छ उ अब फकिर मात्रै भएर हिडी रहन सुहाउदैन । ऊ जीवनका कुनै पनि चुनौतीहरुसंग हार्ने मान्छे हैन उस्लाई आफैं संगको हार कदापी स्विकार्य छैन । उस्लाई जीवन भरि जीवन जितीरहने शुभकामना उस्लाई उस्को दोस्रो सन्तान ‘ छुटेका अनुहार ‘ को सफलताको शुभकामना ।
अब छिट्टै छुटेको अनुहार मेरो हातमा पर्दै छ अर्थात सायन हरपल हरक्षण म संगै रहने छ । ऊ के हो के हो भनि रहनु पर्दैन जगजायर छ तर म उस्का शब्दहरुको र संगतको लत लागेको एक एडिक हूँ एडिक ।
छुटेका अनुहार र रमेश सायन
एक एडिकको शुभकामना छुटेका अनुहार माथी रमेश सायनलाई ।